३० असार,कञ्चन
रुपन्देहीको कञ्चन गाउपालिका वडा नं.४ स्थित थाकालीमा रहेको एलाका प्रहरी कार्यलय,रुद्रपुर सारेर अन्तै स्थानान्तरण गर्न खोज्ने प्रहरी निरीक्षक देवेन्द्र कुमार मल्लको बुधवार कञ्चनको थकालीचौकमा बिरोध भएको छ। भौतिक संरचना बनेर ईलाका पहरी कार्यलय स्थापित भइसकेको अवस्थामा भवन बनाउने ठाउको अभाव भएको बहानामा ई प्र.का. सार्न खोज्निे इलाका प्रहरी कार्यलय देवेन्द्र कुमार मल्लको बिरोधमा गाउपालिकाका अध्यक्ष तथा उपाध्यक्ष सहितले प्रहरी निरीक्षक मल्लाको तत्काल सरुवा हुनुपर्ने धारणा राखेका छन।
कञ्चन गाउपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले कञ्चनका केही व्यक्तिहरुले इलाका प्रहरी कार्यलय,रुद्रपुरको कार्यलय भवन बनाउने स्थानको आव देखाउदै मौजुदा स्थानबाट कञ्चन ३ को हरैया प्रतापपुरमा स्थानान्तरण गर्नको लागि गाउपालिकाको सिफारिस लिन आएको भएपनि सबैको सहमती विना आफुले कुनै पनि कार्य अगाडी बढाउन नसक्ने भनि सो सम्बन्धी फाइल आफुसंगै राखेको बताए । कञ्चनको शान्ती सुरक्षाको दृष्टिले केन्द्रमा रहेको ईलाका प्रहरी कार्यलय कसैको निजी स्वार्थ पुरा गर्न नदिने अध्यक्ष क्षेत्रीले बताए ।
यस्तै उपाध्यक्ष गोमा तरामुले सुरक्षा जस्तो बिषय कुनै कुनामा नभई सबै नागरिकको पहुंच र सेवा दिन सक्ने स्थानमा राख्नु पर्ने बताए । बरु सुरक्षा घेरा बिस्तार गरी कञ्चनवासीको शान्ती सुरक्षाको प्रत्याभुति दिन कञ्चनका बिभिन्न स्थानहरुमा प्रहरी विट,अस्थाई चौकी र स्थाई चौकी स्थापनामा जोड दिन गाउपालिका सकारात्मक हुने बताउदै उपाध्यक्ष तरामुले कञ्चन ४ मा भएको ई प्र.का. कञ्चन गाउपालिकाको केन्द्रमा रहेकोले अन्य स्थानमा सार्न नसकिने बताए ।
कञ्चन गाउपालिका वडा नं. ५ का वडा अध्यक्ष कृष्ण प्रसाद अधिकारीले कञ्चनमा लागु औषध नियन्त्रण,काठ चोरी निकासी र तस्कर अनि चोरी नियन्त्रणमा प्रहरी प्रशासनको ध्यान जानु पर्नेमा त्यसो नभएको आरोप लगाए । वडा अध्यक्ष अधिकारीले बरु प्रहरी प्रशासन तिनै अबैध कृयाकलापमा संलग्न व्यक्तिहरुसंगको मिलेमतोमा पैसा कमाउने ध्याउन्नामा लागेको जिकिर गरे । यसैगरी वडा नं. ४ का वडा अध्यक्ष दुर्गा सिंह क्षेत्रीले इलाका प्रहरी कार्यलय,रुद्रपुरका कार्यलय प्रमुख तथा प्रहरी निरीक्षक देवेन्द्र कुमार मल्लले ई प्र.का.मा आएका स साना बिषयहरुलाई समेत समाधानको उपाय नखोजी उजुरी पर्नासाथ सालझण्डी पठाउने गरेको बताए । कम से कम यही समाधान हुने बिषयहरुलाई अध्ययन अनुसन्धान गरी छलफल गराई समाधान गर्न सकिने मुद्धा मामिलालाइृ नजर अन्दाज गर्दै सिधै इलाका प्रहरी कार्यलय सालझण्डीमा पठाउनु भनेको उामा निर्णय गर्ने क्षमता नभएको आरोप लगाए ।
नेपाली कांग्रेसका नेता डोल बहादुर थापाले कुनै पनि स्थानमा प्रहरी चौकी स्थापना गर्नु भनेको त्यो क्षेत्रको सुरक्षा प्रत्याभुति गराउन हो तर कसैको निजी स्वार्थलाई सुरक्षा दिन मात्र सुरक्षा प्रशासन स्थापना नहुने बताए । नेता थापाले सुरक्षाको दृष्टिकोणले कञ्चन सम्बेदनशिल क्षेत्र भएकोले कञ्चनका मुख्य मुख्य स्थान र प्रबेश क्षेत्रहरुमा सुरक्षाको पहुंच पुर्याउन आवस्यक रहेको बताए ।
नेकपा ईलाका प्रहरी कार्यलय व्यबस्थापन समितिका अध्यक्ष समेत रहेका एमाले,कञ्चन गाउ कमिटिका अध्यक्ष भरतमणी सापकोटाले इलाका प्रहरी कार्यलय सार्न खोज्ने र चौक चोकमा गएर प्रहरी कार्यलय बाड्दै हिड्ने ईलाका प्रहरी कार्यलय,रुद्रपुरका प्रहरी निरीक्षक देवेन्द्र कुमार मल्ललाई तत्तकाल सरुवा भई जान आग्रह गरे। सानो मेहनत र कसैको हातबाट उपहार स्वरुप ल्याएको नभई स्थानिय जनताहरुको सुक्षाको लागि स्थानिय जनताहरुले एक एक रुपैया र मेहनत गरेर स्थापना गरेको सुरक्षा प्रशासन भएकोले बदनियत पुर्वक पशुले झैं जहाँ पायो त्यही खाने अनि त्यही त्यही ठाउहरुमा इलाका प्रहरी कार्यलय स्थापना गर्छु भन्दै हिड्ने बदमास प्रहरी निरीक्षक यस ठाउमा आवस्यक नभएको नेता सापकोटाले उल्लेख गरे ।
प्रहरीको काम नागरिकको शान्ती सुरक्षाको व्यबस्था गर्ने मुख्य काम भएको भन्दै नेपाली कांग्रेसका जिल्ला सदस्य देबिराम रेग्मीले कुन कुन ठाउमा इलाका प्रहरी कार्यलय आवस्यक छ,कुन ठाउमा प्रहरी चौकी वा विट आवस्यक छ भन्ने कुरा अध्ययन हुनु कार्यलय प्रमुखको नैतिक जिम्मेवारी भएपनि भइरहेको सुरक्षा प्रशासन एक ठाउबाट अर्को ठाउ सार्ने अधिकार नभएको बताए ।