Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • राजनीति
  • कृषि
  • आर्थिक
  • शिक्षा
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • अन्य
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरञ्जन
    • पत्रपत्रिकाबाट
    • शुभकामना
    • साहित्य
    • आजको राशीफल
  • विज्ञान तथा प्रबृद्धि
  • समसामयिक बिचार/लेख
मंगलबार, जेठ २३, २०८० १०:३६:१२ युनिकोड
  • गृहपृष्ठ
  • समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • राजनीति
  • कृषि
  • आर्थिक
  • शिक्षा
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • अन्य
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरञ्जन
    • पत्रपत्रिकाबाट
    • शुभकामना
    • साहित्य
    • आजको राशीफल
  • विज्ञान तथा प्रबृद्धि
  • समसामयिक बिचार/लेख
शुभकामना
  • Home
  • शुभकामना
  • नेमकिपाद्वारा चिनियाँ कम्युनिस्ट पार्टीको बीसौँ अधिवेशनलाई शुभकामना सन्देश
नेमकिपाद्वारा चिनियाँ कम्युनिस्ट पार्टीको बीसौँ अधिवेशनलाई शुभकामना सन्देश
64x64
बुधवार, आश्विन २६, २०७९ कञ्चन खवर

२६असोज,काठमाडौँ

नेपाल मजदुर किसान पार्टी र चीनको सत्तारुढ चिनियाँ कम्युनिस्ट पार्टीबीच धेरै दशकदेखि मित्रवत् सम्बन्ध रहिआएको छ । दुई मित्र पार्टीहरूबीच विभिन्न अवसरमा शुभकामना सन्देशहरू, दुःखद घडी र सङ्कटमा समवेदना आदानप्रदान हुँदै आएको छ । नेपाल मजदुर किसान पार्टीका महाधिवेशनको अवसरमा चिनियाँ कम्युनिस्ट पार्टीले नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँको नाममा पत्र पठाएर शुभकामना व्यक्त गरेको छ ।
चिनियाँ कम्युनिस्ट पार्टीको बीसौँ महाधिवेशन यही अक्टोबर १६ देखि चीनको राजधानी पेइचिङमा हुन गइरहेको छ । सोही अवसरमा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव एवम् चीनका राष्ट्रपति सी चिनफिङलाई एक शुभकामना सन्देश पठाउनुभएको छ । सन्देशमा अध्यक्ष बिजुक्छेँले चिनियाँ कम्युनिस्ट पार्टीको आसन्न महाधिवेशनले विश्वका न्यायप्रेमी र साम्राज्यवादविरोधी जनसमुदायमाझ आशाको नयाँ सन्देश सञ्चार गर्ने विश्वास व्यक्त गर्नुभएको छ । अङ्ग्रेजी भाषामा पठाइएको सन्देशको नेपाली भावानुवाद निम्नानुसार रहेको छ –

कामरेड सी चिनफिङ
महासचिव, चिनियाँ कम्युनिस्ट पार्टी
नेपाल मजदुर किसान पार्टी यही अक्टोबर १६ मा पेइचिङमा सुरु हुने चिनियाँ कम्युनिस्ट पार्टीको बीसौँ महाधिवेशनको पूर्ण सफलताको हार्दिक कामना गर्दछ ।
अध्यक्ष माओ त्सेतुङले चिनियाँ कम्युनिस्ट पार्टीको बलियो जग बसाल्नुभयो । लगातारको अथक प्रयास तथा अविचलित सङ्घर्षबाट त्यो जग अझ बलियो बन्दै गयो । ‘नयाँ युगका लागि चिनियाँ विशेषतासहितको समाजवादबारे सी चिनफिङ विचारधारा’ ले चिकपालाई वैचारिकरूपमा अझ दरिलो बनाउँदै छ । चिनियाँ कम्युनिस्ट पार्टीको गौरवशाली लामो इतिहासले चिनियाँ इतिहास, चिनियाँ जनता तथा चिनियाँ राष्ट्रमात्र नभई विश्व मजदुर वर्गीय आन्दोलनलाई नै प्रज्ज्वलित पार्दै छ । चिकपाकै नेतृत्व पाएर चीनले १४ वटा साम्राज्यवादी देश र जापानी उपनिवेशवादविरुद्ध विजय हासिल ग¥यो† करोडौँ चिनियाँ जनताले मुक्तिको सास फेर्न पाए तथा आधुनिक समाजवादी चीनको स्थापना गर्न सफल भए । चिकपाको यो महान् सफलता हो ।

सी चिनफिङ

चिकपाको नेतृत्वमा भएको चिनियाँ क्रान्ति मानव सभ्यताकै महान् युगान्तकारी परिवर्तनको जिउँदो प्रमाण हो । चिनियाँ समाजलाई गरिबीबाट मुक्त गर्दै ‘हरेक हिसाबले मध्यमस्तरको समृद्धशाली समाज निर्माण’ को ‘पहिलो शताब्दीको लक्ष्य’ हासिल गर्नु विश्व इतिहासकै अभूतपूर्व उपलब्धि हो जसले समाजवाद अझ उन्नत व्यवस्था हो भन्ने पुष्टि गर्दछ । चिकपा र सिङ्गो चिनियाँ राष्ट्र ‘शक्तिशाली, प्रजातान्त्रिक, सभ्य तथा आधुनिक समाजवादी राज्य’ निर्माणका महान् यात्रामा लम्किरहेकोमा हामी गौरव अनुभव गर्छौँ । यो ‘दोस्रो शताब्दी लक्ष्य’ पनि समयमै हासिल हुनेबारे हाम्रो दृढ विश्वास छ ।
कामरेड सी चिनफिङले अघि सार्नुभएको ‘क्षेत्र तथा मार्ग अगुवाइ’ (बीआरआई) र ‘विश्व सुरक्षा अगुवाइ’ (जीएसआई) साना तथा विकासशील देशहरू र भोक, गरिबी एवम् अन्धकारविरुद्ध लडिरहेका विश्वका देशवासीहरूको निम्ति आशाको किरण बन्दै छ । निश्चय पनि यो बाटो सहज छैन ¤ निःसन्देह विश्वका जनताले बीआरआई र जीएसआई शान्ति, समृद्धि तथा समानतातर्फका मार्ग हुन् भन्ने महसुस गर्नेछन् । विश्व मानचित्रमा ‘एक चीन’ हेर्ने चिनियाँ जनता र शान्तिकामी जनताको सपना निकट भविष्यमा साकार हुने निश्चित छ ।
आर्थिक समानतासहितको समाजवाद निर्माण गर्दै साम्राज्यवादविरोधी, फासीवादविरोधी र विश्वका मजदुर वर्गीय आन्दोलन थप तीव्र पार्न चिकपाको २० औँ महाधिवेशन ऐतिहासिकरूपमा सफल हुने हाम्रो विश्वास छ ।
विश्व राजनीतिको यो महत्वपूर्ण मोडमा विश्वको आवश्यकता, नयाँ शीत युद्धको अन्त्य तथा शान्ति, सुरक्षा र समृद्धिको सुनिश्चितताका लागि अनुभवी, विचारवान् एवम् दूरदर्शी नेतृत्वलाई विश्वासका साथ विश्वका जनता उत्साहपूर्वक प्रतिक्षारत छन् ।
हाम्रा दुई पार्टीबीचको मित्रता समयसँगै अझ प्रगाढ बन्दै जाने गहिरो विश्वास व्यक्त गर्दछौँ ।
नारायणमान बिजुक्छेँ (रोहित)
अध्यक्ष, नेमकिपा


प्रकाशित मिति: बुधवार, आश्विन २६, २०७९, ०३:०८:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
जसपा नेपाल लुम्बिनी प्रदेशद्वारा दशैं, शुभ दिपावली तथा छठ पर्वको शुभकामना व्यक्त
विजयनगर गाउपालिकाका अध्यक्ष गोपाल थापाद्धारा शुभकामना ब्यक्त
कञ्चन गाउपालिकाका उपाध्यक्ष तरामुद्धारा शुभकामना
गैडहवा गाउपालिकाका अध्यक्ष केवटद्धारा शुभकामना ब्यक्त
ताजा समाचार
बलिउडकी दिग्गज अभिनेत्री सुलोचनाको ९४ वर्षको उमेरमा निधन मंगलबार, जेठ २३, २०८०
गएको शुक्रवार सुनकोशी नदीमा खसेको जीप संगै २ जनाको शव भेटियो
युक्रेनको काखोभ्का जलविद्युत् बाँधमा विस्फोट, मानववस्ती जोखिममा
२० वर्षमुनिको महिला एसियन कप छनोटको खेलमा नेपाल म्यानमारसँग पराजित
नवनिर्वाचित मगर महिलाहरुलाई मगर संघद्वारा सम्मान
भारतका एउटा बाबा, जो ५० वर्षदेखि दाहिने हात उचालेर बसिरहेका छन् !
स्थानीय तह दलित जनप्रतिनिधि राष्ट्रिय महासंघ गठन
देवदहमा स्थापित लायन्स आँखा अस्पताल भवनको उद्घाटन
बंगलादेशको शरणार्थी शिविर उच्च जोखिममा
स्वास्थ्य
नेपालमा कोरोना सङ्क्रमण दर शून्यमा झर्यो कञ्चन खवर
पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सरको निःशुल्क उपचार कञ्चन खवर
महिलाको प्रजनन स्वास्थ्य समस्या सम्बन्धि शिविर सौनहवामा हुदै कञ्चन खवर
पत्रपत्रिकाबाट
अचम्मको कुरा डोल्पामा अझै पनि जेठो दाइले बिहे गरेपछि सबै भाइको पनि साझा श्रीमती बुधवार, भदौ १०, २०७७
समाजवादी व्यवस्थाको अपरिहार्यता पुष्टि हुँदै आइतवार, चैत्र २३, २०७६
जतिबेला चीन काेराेना महामारीसँग लडिरहेको थियो, तेस्बेला युरोप र अमेरिका ठट्टा गर्दैथिए बुधवार, चैत्र १२, २०७६
शुभकामना
नेमकिपाद्वारा चिनियाँ कम्युनिस्ट पार्टीको बीसौँ अधिवेशनलाई शुभकामना सन्देश बुधवार, आश्विन २६, २०७९
जसपा नेपाल लुम्बिनी प्रदेशद्वारा दशैं, शुभ दिपावली तथा छठ पर्वको शुभकामना व्यक्त शुक्रवार, आश्विन २९, २०७८
विजयनगर गाउपालिकाका अध्यक्ष गोपाल थापाद्धारा शुभकामना ब्यक्त शुक्रवार, आश्विन २९, २०७८
साहित्य
भगवान् सँग के मागूँ मैले
हरैया बहुमुखी क्याम्पसमा साहित्य समाज गठन
तिम्रो सुन्दरताको बयान गर्न...............
सम्पर्क ठेगाना

डिजिटल अनलाइन पत्रिका कञ्चन खवरका लागि

प्रधान कार्यालय
कञ्चन सूचना तथा संचार केन्द्र
कञ्चन-४,अस्नैया,रुपन्देही
द्धारा संचालित
कञ्चन खवर

प्रकाशक/प्रधान सम्पादक :

जगिलाल थापा

सम्पादक :

तारा पौडेल

प्रबन्धक:

शेखर अर्याल

ठेगाना:

कञ्चन-४,अस्नैया,रुपन्देही

सम्पर्क:

+९७७-९८५७०३११२०र ९८५७०३७७२५

कम्पनी दर्ता :

२२७७८२/०७६/०७७

सूचना विभाग दर्ता :

२८७९/२०७८/७९

ईमेल:

[email protected]
हाम्रो बारेमा समृद्ध नेपाल,खुशी नेपालीका लागि सूचना र संचारको पहुच हरेक नागरिकमा पुर्याई सामाजिक, आर्थिक, नैतिक, राजनैतिक, शैक्षिक, सांस्कृतिक शसक्तिकरण गर्न,देश र जनता प्रति उत्तरदायी बनाई देशभक्त नागरिक बनाउन कञ्चन सूचना तथा संचार केन्द्र द्वारा संचालित अनलाइन डिजिटल पत्रिका कञ्चन खवर डटकम (Kanchankhabar.com) हो। यस अनलाईन पत्रिका मार्फत राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका राजनैतिक, आर्थिक, खेलकुद, कृषि, शिक्षा, उत्पादन, सामाजिक र बिज्ञान , प्रबृद्धि लगायतका खोजमुलक समाचार प्रकाशन र प्रसारण हुनेछ।
मेनु
  • समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • राजनीति
  • कृषि
  • आर्थिक
  • शिक्षा
  • अन्य
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • हाम्रो टीम
फेसबुक पेज
Nagarik Online Patrika
©Kanchan Khabar-2023 All rights reserved.
Site by: SoftNEP
Notifications
New
एक सय भेडा चराउने दस वर्षीय यमराज भन्छन्-अब पढ्न जादिनँ 2 mins ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago
Earlier
सिन्डिकेटको समर्थनमा ट्याङ्कर व्यवसायी, इन्धन ढुवानी ठप्प पार्ने चेतावनी 40 mins ago
सिन्डिकेट हटाएको विरोधमा यातायात व्यवसायीले देशव्यापी आन्दोलन गर्ने 1hr ago
चौथो खेलबाट मुम्बई इन्डियन्सको पहिलो जित, बैंलोर पराजित 2hrs ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago