Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • राजनीति
  • कृषि
  • आर्थिक
  • शिक्षा
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • अन्य
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरञ्जन
    • पत्रपत्रिकाबाट
    • शुभकामना
    • साहित्य
    • आजको राशीफल
  • विज्ञान तथा प्रबृद्धि
  • समसामयिक बिचार/लेख
सोमवार, चैत्र १३, २०७९ ०९:३३:०५ युनिकोड
  • गृहपृष्ठ
  • समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • राजनीति
  • कृषि
  • आर्थिक
  • शिक्षा
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • अन्य
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरञ्जन
    • पत्रपत्रिकाबाट
    • शुभकामना
    • साहित्य
    • आजको राशीफल
  • विज्ञान तथा प्रबृद्धि
  • समसामयिक बिचार/लेख
कृषि
  • Home
  • कृषि
  • उखु किसान आन्दोलन तराईका जिल्लाहरूमा पु¥याउनुपर्छ
उखु किसान आन्दोलन तराईका जिल्लाहरूमा पु¥याउनुपर्छ
64x64
बिहिवार, पुष ९, २०७७ कञ्चन खवर

किसानले आफ्नो फसलको रकम लिनसमेत राजधानीमा पटक–पटक आन्दोलन गर्नुपरेको खेदको विषय हो । उखु किसानले उखु लगाउन लिएको ऋण तिर्न घरखेत बेच्नुपर्ने अवस्था आउँदासमेत सरकार उखु मिलबाट किसानलाई उखुको मूल्य भुक्तानी गराउन असफल भयो ।
उखु नगदेबाली भएपनि किसानको हातमा नगद परेको छैन । चिनी मिलसँग किसानको ९० करोड रकम असुल गर्न बाँकी छ । बाँकी रकम समयमै उपलब्ध गराउने गरी गत वर्ष पुस १८ गते सरकारको रोहबरमा सम्झौता भएको थियो । सम्झौता भएको एक वर्ष पुग्न लाग्दासमेत रकम नपाएपछि किसानहरूले २९ कार्तिकसम्म रकम उठाई दिन उद्योगमन्त्रीलाई लिखित अनुरोध गरे । तर, उद्योगमन्त्रीबाट कुनै पहल नहुँदा आज उखु किसान बाध्य भएर काठमाडौँको सडकमा छन् ।
‘काँक्रोलाई थाँक्रो दियो थाँक्रै धनी’ भनेजस्तै किसानहरूको उखुले अर्बपति र खर्बपति भएका उद्योगपतिहरूले सरकारमा गएका पार्टीहरूलाई मोटै रकम चन्दा र कमिसन दिएकाले सरकारले किसानको पक्षमा एक शब्द बोलेको छैन । आफ्नो फसल उखुको बाँकी रकम लिनसमेत सडक सङ्घर्षको सहारा लिनुपर्ने भएपछि कृषिप्रधान देशमा कृषकको स्थिति कस्तो छ ? घाम जत्तिकै छर्लङ्ग भयो !
चुनावमा एमाले र माओवादीले किसान–मजदुरको पसिना पुच्छौँ भनेका थिए । तर, व्यवहार ठीक उल्टो छ । अर्बपति र खर्बपतिहरूले भनेजस्तै काम गर्ने नेकपा सरकार कम्युनिस्ट नभएको यसबाट पनि स्पष्ट हुन्छ । धेरै उखु उत्पादन हुने सर्लाहीका किसानहरू साहुसँग ३६ प्रतिशत ब्याजमा ऋण लिन बाध्य छन् । ऋण तिर्न नसक्दा घर–खेत लिलाम हुने अवस्थामा पुगिसक्दा पनि किसानलाई दिनुपर्ने रकम दिन उद्योगपतिहरू आलटाल गरिरहेका छन् । कृषिमा लगानी बढाई आत्मनिर्भर हुने सपना देखेका किसानहरू दैनिक काम छाडेर काठमाडौँको सडकमा नाराबाजी र अनसनमा बस्दा देश कृषिमा आत्मनिर्भर हुने दिन अभैm धेरै टाढा भएको स्पष्ट हुन्छ । ‘बहिरो’ सरकार र उद्योगीलाई निन्द्राबाट बिउँझाउन उखु किसानहरू लाठीमुङ्ग्री लिएर सडकमा आऊन् भनी के सरकारले चाहेको हो ?
सरकारको रोहबरमा भएको सम्झौता एक वर्षसम्म कार्यान्वयन नहुँदासमेत सरकार मुकदर्शक भएको हुँदा किसान सडक आन्दोलनमा उत्रन बाध्य छन् । किसानहरूको उखुबाट चिनी उत्पादन गरी उद्योगीले अर्बाैँ रूपैयाँ कमाए । सरकारबाट अनुदान लिने तर किसानको बाँकी रकम नदिने उद्योगीहरूलाई कानुनअनुसार पक्राउ गर्न र उनीहरूको जायजेथाबाट असुलउपर गर्न सरकार किन डराएको हो !?
‘समृद्ध नेपाल’ को नारा दिने सरकारले किसानहरूलाई समयमा गुणस्तरीय रासायनिक मल, उन्नत बिउ–बिजन, आधुनिक कृषि औजार र सहुलियत ऋण दिनसकेको छैन । प्रधानमन्त्रीका नाममा घोषणा भएको कृषि कार्यक्रम टाठाबाठा र नेकपाका आउरे–बाउरेहरूको कमाई खाने भाँडो भइरहेको छ ।
उखु किसानहरूलाई बाँकी रकम नदिई भारतबाट उखु र चिनी भित्याएका दलालहरूबाट देशको अर्थतन्त्र उभो लाग्नेछैन । देशमै उद्योगधन्दाको विकास गर्नुपर्नेमा विदेशबाट सामान ल्याएर दलाली भाग खान पल्केकाहरूको चङ्गुलमा आजसम्मका सरकार फसेका छन् ।
भारतमा किसानविरोधी कानुन निर्माण गर्दा आज लाखौँ किसान सडक आन्दोलनमा छन् । विश्वमा भएका किसान र मजदुरको आन्दोलनबाट पाठ सिकेर नेपालमा पनि किसान आन्दोलन अगाडि बढ्ने निश्चित छ । सर्लाहीका उखु किसानहरूको काठमाडौँकेन्द्रित आन्दोलनलाई तराईका जिल्लाहरूमा पु¥याउनसके ऋणको बोझ बोकेका किसानहरूको जनमतले देशभरि आन्दोलन उठ्ने थियो ।

  •  

प्रकाशित मिति: बिहिवार, पुष ९, २०७७, ०८:२०:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यस्ता छन् विश्वलाई चकित पार्ने फलफूल र तरकारी
बेमौसमी बर्षा : कञ्चनमा करिब २२५२ हेक्टर क्षेत्रफलमा लगाईएको धानखेतीमा क्षती
सत्यवतीका ५६ बर्षिय भिम बहादुरसँग तरकारी खेतीका कुरा
सियारीमा आर्थिक वर्ष ७७\७८ को स्वीकृत वार्षिक गाई प्रवर्द्धन कार्यक्रम अन्तर्गत अनुदान वितरण
ताजा समाचार
भारतीय पाइलटलाई नेपाल उडानमा प्रतिबन्ध आइतवार, चैत्र १२, २०७९
स्पेनको भ्यालेन्सिया क्षेत्रमा भीषण आगलागी, ३ हजार हेक्टर क्षेत्रफल जङ्गल नष्ट
३ खेलाडीलाई तिलोत्तमामा नगदसहित सम्मान
भोजपुरी नायिका आकांक्षा दुबे होटलमा मृत फेला
उत्तराखण्डमा चट्याङमा परेर ३५० भेडा बाख्राको मृत्यु
आईपीएलमा नयाँ नियम : टसपछि सुरुवाती ११ चुन्न सकिने, इम्प्याक्ट प्लेयरलाई साट्न सकिने
रक्सी खाने मान्छे एमाले हुन नसक्ने अध्यक्ष ओलीको भनाई
भैरहवामा नयाँ वर्षको अवसरमा सडक खाना महोत्सव हुँदै
माओवादीसहित ६ दलद्धारा लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता
स्वास्थ्य
युवापुस्ता विवाह गर्न र बच्चा जन्माउन अनिच्छुक हुँदा दक्षिण कोरियाको प्रजनन दर घट्दै कञ्चन खवर
मेस्सीको फ्रिकिकमा पीएसजी विजयी, नेयमार घाइते कञ्चन खवर
अब चीनमा ईच्छा अनुसार सन्तान जन्माउने अधिकार दिइयो कञ्चन खवर
पत्रपत्रिकाबाट
अचम्मको कुरा डोल्पामा अझै पनि जेठो दाइले बिहे गरेपछि सबै भाइको पनि साझा श्रीमती बुधवार, भदौ १०, २०७७
समाजवादी व्यवस्थाको अपरिहार्यता पुष्टि हुँदै आइतवार, चैत्र २३, २०७६
जतिबेला चीन काेराेना महामारीसँग लडिरहेको थियो, तेस्बेला युरोप र अमेरिका ठट्टा गर्दैथिए बुधवार, चैत्र १२, २०७६
शुभकामना
नेमकिपाद्वारा चिनियाँ कम्युनिस्ट पार्टीको बीसौँ अधिवेशनलाई शुभकामना सन्देश बुधवार, आश्विन २६, २०७९
जसपा नेपाल लुम्बिनी प्रदेशद्वारा दशैं, शुभ दिपावली तथा छठ पर्वको शुभकामना व्यक्त शुक्रवार, आश्विन २९, २०७८
विजयनगर गाउपालिकाका अध्यक्ष गोपाल थापाद्धारा शुभकामना ब्यक्त शुक्रवार, आश्विन २९, २०७८
साहित्य
तिम्रो सुन्दरताको बयान गर्न...............
तिम्रो मायामा मन.........
गोबिन्द राज ओझा (राजन)को "रिस सबै त्याग गरेर"
सम्पर्क ठेगाना

डिजिटल अनलाइन पत्रिका कञ्चन खवरका लागि

प्रधान कार्यालय
कञ्चन सूचना तथा संचार केन्द्र
कञ्चन-४,अस्नैया,रुपन्देही
द्धारा संचालित
कञ्चन खवर

प्रकाशक/प्रधान सम्पादक :

जगिलाल थापा

सम्पादक :

तारा पौडेल

प्रबन्धक:

शेखर अर्याल

ठेगाना:

कञ्चन-४,अस्नैया,रुपन्देही

सम्पर्क:

+९७७-९८५७०३११२०र ९८५७०३७७२५

कम्पनी दर्ता :

२२७७८२/०७६/०७७

सूचना विभाग दर्ता :

२८७९/२०७८/७९

ईमेल:

[email protected]
हाम्रो बारेमा समृद्ध नेपाल,खुशी नेपालीका लागि सूचना र संचारको पहुच हरेक नागरिकमा पुर्याई सामाजिक, आर्थिक, नैतिक, राजनैतिक, शैक्षिक, सांस्कृतिक शसक्तिकरण गर्न,देश र जनता प्रति उत्तरदायी बनाई देशभक्त नागरिक बनाउन कञ्चन सूचना तथा संचार केन्द्र द्वारा संचालित अनलाइन डिजिटल पत्रिका कञ्चन खवर डटकम (Kanchankhabar.com) हो। यस अनलाईन पत्रिका मार्फत राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका राजनैतिक, आर्थिक, खेलकुद, कृषि, शिक्षा, उत्पादन, सामाजिक र बिज्ञान , प्रबृद्धि लगायतका खोजमुलक समाचार प्रकाशन र प्रसारण हुनेछ।
मेनु
  • समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • राजनीति
  • कृषि
  • आर्थिक
  • शिक्षा
  • अन्य
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • हाम्रो टीम
फेसबुक पेज
Nagarik Online Patrika
©Kanchan Khabar-2023 All rights reserved.
Site by: SoftNEP
Notifications
New
एक सय भेडा चराउने दस वर्षीय यमराज भन्छन्-अब पढ्न जादिनँ 2 mins ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago
Earlier
सिन्डिकेटको समर्थनमा ट्याङ्कर व्यवसायी, इन्धन ढुवानी ठप्प पार्ने चेतावनी 40 mins ago
सिन्डिकेट हटाएको विरोधमा यातायात व्यवसायीले देशव्यापी आन्दोलन गर्ने 1hr ago
चौथो खेलबाट मुम्बई इन्डियन्सको पहिलो जित, बैंलोर पराजित 2hrs ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago