Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • राजनीति
  • कृषि
  • आर्थिक
  • शिक्षा
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • अन्य
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरञ्जन
    • पत्रपत्रिकाबाट
    • शुभकामना
    • साहित्य
    • आजको राशीफल
  • विज्ञान तथा प्रबृद्धि
  • समसामयिक बिचार/लेख
सोमवार, चैत्र १३, २०७९ १०:४८:३२ युनिकोड
  • गृहपृष्ठ
  • समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • राजनीति
  • कृषि
  • आर्थिक
  • शिक्षा
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • अन्य
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरञ्जन
    • पत्रपत्रिकाबाट
    • शुभकामना
    • साहित्य
    • आजको राशीफल
  • विज्ञान तथा प्रबृद्धि
  • समसामयिक बिचार/लेख
कृषि
  • Home
  • कृषि
  • साढे चार करोड एकल लगानिमा लेयर्स पालन
साढे चार करोड एकल लगानिमा लेयर्स पालन
64x64
आइतवार, पुष १९, २०७७ कञ्चन खवर

१९ पौष,प्युठान बिमल प्रसाद पोख्रेल
जिल्लाको झिमरुक गाउँपालिका वडा नं ६ चिसाबाङ्गका ईश्वरीप्रसाद पोख्रेलले जिल्लामै ठूलो लगानीमा व्यवसायिक रुपमा लेयर्स जातको कुखुरा पालन गर्दै आउनुभएको छ । भारतीय आर्मीको जागिरका क्रममा खुट्टामा गोली लागेपछि ७ वर्षकै अवधिमा ०६१ सालमा एकमुष्ट रकम लिई जागिरबाट अवकाश लिई नेपाल फर्र्किएको बताउनुभयो । नेपालमा फर्किएपछि यही भूमिमा केही गर्नुका साथै बेरोजगारीलाई रोजगारी दिन सकिन्छ भन्ने उदेश्यले व्यवसायमा जोडिएको पोख्रेलले बताउनुभयो ।
पोख्रेलले प्रिसा पशुपंक्षी तथा कृषि फर्म मार्फत ०७५ मंसीर २४ गतेबाट लेयर्स कुखुरा पालन सुरु गरेको बताउनुभयो । हाल फर्ममा ७ हजार लेयर्स जातका कुखुरा रहेका छन् । पालेको साढे ५ महिनामा लेयर्स जातको कुखुराले अण्डा दिन सुरु गर्दछ । सोही अनुसार यस फर्ममा दैनिक २८ पेटी (५८८ गोटा) अण्डा उत्पादन हुने गरेको फर्मका व्यवस्थापक वियजकुमार गुप्ताले बताउनुभयो ।
यहाँ उत्पादन भएको अण्डा जिल्लासंगै छिमेकी जिल्ला अर्घाखाँची, गुल्मीसंगै भैरहवा, नेपालगंज र काठमाडौंमा पनि खपत हुने गरेको उहाँले बताउनुभयो । बन्दाबन्दीको समयमा बजारका लागि केही समस्या भएपनि हाल धेरै ठाउँबाट माग हुने हुँदा अण्डा पु¥याउन धौ–धौ भएको उहाँको भनाई छ ।


साढे चार करोड लगानीमा लेयर्स कुखुरा फर्मसंगै तरकारी खेती समेत गरेको व्यवस्थापक गुप्ताले बताउनुभयो । सुरुमा १० हजार कुखुरा फर्ममा हालेका थियौ, गुप्ताले भन्नुभयो, –‘हाल ७ हजार छन् ।’ अबको केही समयमा कुखुरा थप्ने योजनामा रहेको उहाँले बताउनुभयो । कुखुरा थप्नका लागि ६ करोड लगानीमा संरचना निर्माण हुदैँ गरेको उहाँले बताउनुभयो । जुन संरचना निर्माण पश्चात २ लाख कुखुरा अट्नेछन् ।
२२ रोपनी क्षेत्रफल जग्गामा फर्म सञ्चालन गरिएको छ जसमा ७ रोपनी जग्गा वार्षिक ६० हजार तिर्ने गरी लिजमा लिएको समेत व्यवस्थापक गुप्ताले बताउनुभयो । फर्म सञ्चालनका लागि आफ्नै लगानीमा लिफ्ट मार्फत खानेपानी, बिजुलीको ट्रान्समिटर, ७ सय मिटर सड्क निर्माण समेत गरिएको छ । त्यस्तै ढुवानीका लागि १ पिकअप, १ कार र १ टेक्टर समेत रहेको उहाँले बताउनुभयो । कुखुरालाई दाना भैरहवाबाट खरिद गर्ने गरिएको व्यवस्थापक गुप्ताले बताउनुभयो । फर्म सञ्चालनका लागि १८ जना कर्मचारी समेत राखेको उहाँको भनाई छ । फर्मबाटै विभिन्न क्षेत्रको खर्च कटाएर बार्षिक ५० लाख रुपियाँ आम्दानी समेत हुदैँ आएको व्यवस्थापक गुप्ताले बताउनुभयो ।
०७६ साल साउन २ गते आएको अविरल वर्षातले पहिरोले कुखुरा राखेको टहरा पुर्दा फर्ममा रहेका १२ सय कुखुरा नष्ट हुनुका साथै टहरा भताभुङ्ग हुदाँ करिब ५० लाख बराबरको क्षती भएको फर्म सञ्चालक पोख्रेलले बताउनुभयो । हालसम्म पोख्रेलले कुनै पनि निकायबाट फर्म सञ्चालनका लागि सहयोग नपाएको र जिल्ला स्थित स्थानीय निकाय, सरकारी तथा गैर सरकारी संस्थाबाट सेवा सुविधा नपाएको दुखेसो पोख्नुभयो ।
उहाले लेयर्ससंगै तरकारी खेती पनि गर्दै आउनुभएको छ । गत वर्षको मंसीरदेखी ९ वटा टनेलमा टमाटर, भाण्टा, करेला, गोपी संगै मौषमी बेमौषमी तरकारी उत्पादन हुदैँ आएको छ । यहाँ उत्पादित तरकारी जिल्लामै बिक्रि हुदैं आएको छ । हालसम्म १० लाख रुपियाँ बराबरको तरकारी विक्रि समेत गरेको व्यवस्थापक गुप्ताले बताउनुभयो । त्यस्तै नर्सरीका लागि ग्रिन हाउस समेत निर्माण हुदैं गरेको गुप्ताले बताउनुभयो ।
जिल्लासंगै अन्य जिल्लामा पनि व्यवसाय
४० वर्षिय पोख्रेलले ०६३ सालदेखी विभिन्न क्षेत्रमा व्यवसाय गर्दै आउनुभएको छ । मकवानपुरको सित्लाङ्गमा बाख्रापालन, चितवनमा गाईफर्म र कपिलबस्तुमा ४० हजार लेयर्स कुखुरापालन गर्दै आएको पोख्रेलले बताउनुभयो । विभिन्न क्षेत्रमा गरेर तीन सय ५० जना व्यक्तिलाई रोजगारी समेत दिएको पोख्रेलले बताउनुभयो ।


प्रकाशित मिति: आइतवार, पुष १९, २०७७, ०७:५८:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यस्ता छन् विश्वलाई चकित पार्ने फलफूल र तरकारी
बेमौसमी बर्षा : कञ्चनमा करिब २२५२ हेक्टर क्षेत्रफलमा लगाईएको धानखेतीमा क्षती
सत्यवतीका ५६ बर्षिय भिम बहादुरसँग तरकारी खेतीका कुरा
सियारीमा आर्थिक वर्ष ७७\७८ को स्वीकृत वार्षिक गाई प्रवर्द्धन कार्यक्रम अन्तर्गत अनुदान वितरण
ताजा समाचार
भारतीय पाइलटलाई नेपाल उडानमा प्रतिबन्ध आइतवार, चैत्र १२, २०७९
स्पेनको भ्यालेन्सिया क्षेत्रमा भीषण आगलागी, ३ हजार हेक्टर क्षेत्रफल जङ्गल नष्ट
३ खेलाडीलाई तिलोत्तमामा नगदसहित सम्मान
भोजपुरी नायिका आकांक्षा दुबे होटलमा मृत फेला
उत्तराखण्डमा चट्याङमा परेर ३५० भेडा बाख्राको मृत्यु
आईपीएलमा नयाँ नियम : टसपछि सुरुवाती ११ चुन्न सकिने, इम्प्याक्ट प्लेयरलाई साट्न सकिने
रक्सी खाने मान्छे एमाले हुन नसक्ने अध्यक्ष ओलीको भनाई
भैरहवामा नयाँ वर्षको अवसरमा सडक खाना महोत्सव हुँदै
माओवादीसहित ६ दलद्धारा लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता
स्वास्थ्य
युवापुस्ता विवाह गर्न र बच्चा जन्माउन अनिच्छुक हुँदा दक्षिण कोरियाको प्रजनन दर घट्दै कञ्चन खवर
मेस्सीको फ्रिकिकमा पीएसजी विजयी, नेयमार घाइते कञ्चन खवर
अब चीनमा ईच्छा अनुसार सन्तान जन्माउने अधिकार दिइयो कञ्चन खवर
पत्रपत्रिकाबाट
अचम्मको कुरा डोल्पामा अझै पनि जेठो दाइले बिहे गरेपछि सबै भाइको पनि साझा श्रीमती बुधवार, भदौ १०, २०७७
समाजवादी व्यवस्थाको अपरिहार्यता पुष्टि हुँदै आइतवार, चैत्र २३, २०७६
जतिबेला चीन काेराेना महामारीसँग लडिरहेको थियो, तेस्बेला युरोप र अमेरिका ठट्टा गर्दैथिए बुधवार, चैत्र १२, २०७६
शुभकामना
नेमकिपाद्वारा चिनियाँ कम्युनिस्ट पार्टीको बीसौँ अधिवेशनलाई शुभकामना सन्देश बुधवार, आश्विन २६, २०७९
जसपा नेपाल लुम्बिनी प्रदेशद्वारा दशैं, शुभ दिपावली तथा छठ पर्वको शुभकामना व्यक्त शुक्रवार, आश्विन २९, २०७८
विजयनगर गाउपालिकाका अध्यक्ष गोपाल थापाद्धारा शुभकामना ब्यक्त शुक्रवार, आश्विन २९, २०७८
साहित्य
तिम्रो सुन्दरताको बयान गर्न...............
तिम्रो मायामा मन.........
गोबिन्द राज ओझा (राजन)को "रिस सबै त्याग गरेर"
सम्पर्क ठेगाना

डिजिटल अनलाइन पत्रिका कञ्चन खवरका लागि

प्रधान कार्यालय
कञ्चन सूचना तथा संचार केन्द्र
कञ्चन-४,अस्नैया,रुपन्देही
द्धारा संचालित
कञ्चन खवर

प्रकाशक/प्रधान सम्पादक :

जगिलाल थापा

सम्पादक :

तारा पौडेल

प्रबन्धक:

शेखर अर्याल

ठेगाना:

कञ्चन-४,अस्नैया,रुपन्देही

सम्पर्क:

+९७७-९८५७०३११२०र ९८५७०३७७२५

कम्पनी दर्ता :

२२७७८२/०७६/०७७

सूचना विभाग दर्ता :

२८७९/२०७८/७९

ईमेल:

[email protected]
हाम्रो बारेमा समृद्ध नेपाल,खुशी नेपालीका लागि सूचना र संचारको पहुच हरेक नागरिकमा पुर्याई सामाजिक, आर्थिक, नैतिक, राजनैतिक, शैक्षिक, सांस्कृतिक शसक्तिकरण गर्न,देश र जनता प्रति उत्तरदायी बनाई देशभक्त नागरिक बनाउन कञ्चन सूचना तथा संचार केन्द्र द्वारा संचालित अनलाइन डिजिटल पत्रिका कञ्चन खवर डटकम (Kanchankhabar.com) हो। यस अनलाईन पत्रिका मार्फत राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका राजनैतिक, आर्थिक, खेलकुद, कृषि, शिक्षा, उत्पादन, सामाजिक र बिज्ञान , प्रबृद्धि लगायतका खोजमुलक समाचार प्रकाशन र प्रसारण हुनेछ।
मेनु
  • समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • राजनीति
  • कृषि
  • आर्थिक
  • शिक्षा
  • अन्य
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • हाम्रो टीम
फेसबुक पेज
Nagarik Online Patrika
©Kanchan Khabar-2023 All rights reserved.
Site by: SoftNEP
Notifications
New
एक सय भेडा चराउने दस वर्षीय यमराज भन्छन्-अब पढ्न जादिनँ 2 mins ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago
Earlier
सिन्डिकेटको समर्थनमा ट्याङ्कर व्यवसायी, इन्धन ढुवानी ठप्प पार्ने चेतावनी 40 mins ago
सिन्डिकेट हटाएको विरोधमा यातायात व्यवसायीले देशव्यापी आन्दोलन गर्ने 1hr ago
चौथो खेलबाट मुम्बई इन्डियन्सको पहिलो जित, बैंलोर पराजित 2hrs ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago