Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • राजनीति
  • कृषि
  • आर्थिक
  • शिक्षा
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • अन्य
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरञ्जन
    • पत्रपत्रिकाबाट
    • शुभकामना
    • साहित्य
    • आजको राशीफल
  • विज्ञान तथा प्रबृद्धि
  • समसामयिक बिचार/लेख
सोमवार, असार २०, २०७९ ०२:३०:३० युनिकोड
  • गृहपृष्ठ
  • समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • राजनीति
  • कृषि
  • आर्थिक
  • शिक्षा
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • अन्य
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरञ्जन
    • पत्रपत्रिकाबाट
    • शुभकामना
    • साहित्य
    • आजको राशीफल
  • विज्ञान तथा प्रबृद्धि
  • समसामयिक बिचार/लेख
कृषि
  • Home
  • कृषि
  • सत्यवतीका ५६ बर्षिय भिम बहादुरसँग तरकारी खेतीका कुरा
सत्यवतीका ५६ बर्षिय भिम बहादुरसँग तरकारी खेतीका कुरा
64x64
सोमवार, भदौ १४, २०७८ कञ्चन खवर
#जगिलाल थापा
भिम बहादुर फौंजा गुल्मी जिल्ला सत्यवती गाँउपालिका वडा नं. ३ ठूलो लुम्पेकका हुन। उनले आफ्नो उर्वर जवानी उमेर भारतको मुम्बैमा बिताए । २२ बर्ष सम्मको मुम्बै बसाई पछि आफ्नै जन्मभुमी ठूलो लुम्पेकमा फर्किए अनि सामाजिक क्षेत्रमा हातेमालो गर्दै आए ।
उनलाई तेश्रो पुस्ताका युवाहरुले अभिभावकको रुपमा सम्झिएर स्थानिय आदर्श समाज  ब्यवस्थापन समूहको अध्यक्ष त्यसपछि सल्लाहकार बनाए । उनि उक्त समूहको नेतृत्वमा नभएपनि उनकै सल्लाह र सुझाव अनुसार आदर्श समाज निर्माण गर्नमा त्यो समाजको तेश्रो पुस्ता तल्लिन छन।  गाँउमा  लामो समयसम्म उत्पादनबिहिन बसाई पछि उनले  ब्यवसायिक रुपमा तरकारी खेती गर्न तिर लागे । यसै क्रममा २० बर्षपछि नयाँ संरचना सहितको स्थानिय सरकारको रुपमा स्थानिय तह ब्युतिएपछि  गाँउमै केही गर्नुपर्छ भन्ने सोंच लिएका युवाहरुलाई राहत मिल्न थालेको उनले बताए।
भिम बहादुर फौजा  गाँउमा रहने युवाहरुलाई ब्यवसायिक कृषि तर्फ लाग्ने प्रेरणा लिने मध्येका एक हुन।  गाँउमा   ४/५ बर्ष अगाडी देखि  ब्यवसायिक तरकारी खेती गर्ने चलन शुरु भएको भएपनि युवाहरुले उति चासो दिएका थिएनन।  गाँउमा ब्यवसायिक तरकारी खेतीको शुरुवात गर्ने सत्यवती  गाँउपालिका   वडा नं.३ साविक ठूलो लुम्पेक टेकका बोमबहादुर थापा हुन। उनकै सिको गदै अहिले ठूलो लुम्पेकका प्राय युवाहरुले टनेल खेती गर्न थालेका छन। यसैको शिलशिला हुन टनेल खेती गर्न थालेका ठूलो लुम्पेक भञ्ज्याङ्गका भिम बहादुर फौजा।
बिगत ३ बर्षदेखि टनेल भित्र तरकारी खेती गर्दै आएका भिम बहादुरले एउटा टनेलबाट २५ देखि ३० हजार रुपैँयासम्म  आम्दानी गर्दै आएका छन। ४०/१० हातको लम्बईको ३ वटा टनेलका मालिक भिम बहादुरले यतिबेला बेमौसमी टमाटरको खेती गर्नमा ब्यस्त छन । एक भरकन बन्दा गोभी उत्पादन गरी बेचेर सकेका छन। बमौसमी बन्दा गोभी लगाउदा राम्रै कमाए छन। उनले बजारको अभाव झेल्नु परेन। टनेल भित्र अहिले लगाइएको टमाटरको एउटा बोटबाट कम्तीमा ३ किलो देखि १० किलो सम्म उत्पदान हुने र त्यसबाट अहिलेको बजार भाउ अनुसार २ सय देखि ७ सय रुपैया सम्म कमाइ हुने उनको भनाइ छ।
यदि टनेल बनाएको बारीमा मकै छरेको भए जम्मा एक डोको मकै उत्पादन हुने र त्यसले पुग नपुग दुई दिनलाई खान पुग्ने उनले बताए । तर टनेलबाट एक सिजनमा ३० देखि ४० हजार रुपैँयासम्म  आम्दानी हुने भएपछि भिम बहादुरले सबै बारीमा टनेल खेती गर्ने योजना बनाएका रहेछन। उनले एउटा टनेलमा २ सय वटा टमाटरको बिरुवा लगाएका छन । उमेरका हिसाबले ५६ बर्ष पुगिसकेका भिम बहादुरले यहि तिज सम्म टमाटर उत्पादन हुने बताए। जब   मनमा केही गर्ने उत्साहले भरिएर आउछ तब उमेरले कुनै हदबन्दी लगाउन सक्दैन भन्ने सोंच भएका भिम बहादुरको तनमा उत्तिकै उर्जा छ। यदि यस्तो अवसर पहिल्यै मिलेको भए आफु लगायत अन्य युवाहरु बिदेशमा गुलामी गर्न जानु पर्ने परिस्थिती आउने थिएन भन्दै उनले बारीको जस्तो बनावट छ त्यस्तै टनेल बनाईदिन स्थानिय सरकारलाई उनले उनले अनुरोध गरेका छन ।  साविक ठूलो लुम्पेकलाई तरकारी ब्लकको रुपमा बिकास गरिएको र सोही अनुसार स्थानिय सरकारले टनेल बनाउन सहयोग गर्दै आएको उनले बताए ।
स्थानिय रुपमा उत्पादन भएको उत्पादनहरुलाई बजारसम्म पुर्याउन स्थानिय संस्था आदर्श समाजले गाडी किनेर कृषि गाडीको रुपमा सुविधा दिदै आएको कृषक भिम बहादुरले बताए । जसले गर्दा आफुहरुले उत्पादन गरेको कुनै पनि उत्पादनको बजारको अभाव नहुने उनको भनाई छ। खेती गर्न गर्न सके राम्रो उत्पादन गर्न सकिने बताउदै टनेल खेतीमा लाग्ने बिभिन्न रोगहरुको रोकथामका लागि उनले गाई भैसीको पिसाबमा बनमारा झार र तितेपाती मिसाएर बिषादी बनाई प्रयोग गर्दै आएका छन।  
टनेल खेती गर्न उनकी श्रीमतीले पनि सघाउदै आएकी छिन । उनका ३ भाई छोराहरु पनि आ आफ्नो पेशा गर्दै आएका छन। जेठो छोराले ब्यवसायिक बाख्रा पालन गर्दै आएका छन भने बाकी दुई छोराले सिकर्मीको काम गरेर आत्म निर्भर बन्दै आएका छन। ठूलो लुम्पेकको हरेक सुर्का बारीहरुमा मकै खेती भन्दा तरकारी खेती गर्न सके आत्म निर्भर भइने उनको अनुभव छ । बिषादी रहित तरकारी खेतीबाट प्राप्त अम्दानीले आफ्नो परिवारलाई सजिलै पाल्दै आएका भिम बहादुरले अबका दिन टनेल खेतीलाई अझ  ब्यवस्थित बनाउदै जाने योजना समेत बनाएका छन।

प्रकाशित मिति: सोमवार, भदौ १४, २०७८, ०६:२२:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यस्ता छन् विश्वलाई चकित पार्ने फलफूल र तरकारी
बेमौसमी बर्षा : कञ्चनमा करिब २२५२ हेक्टर क्षेत्रफलमा लगाईएको धानखेतीमा क्षती
सियारीमा आर्थिक वर्ष ७७\७८ को स्वीकृत वार्षिक गाई प्रवर्द्धन कार्यक्रम अन्तर्गत अनुदान वितरण
कञ्चनमा महिलाहरुलाई उधमशिल र आत्म निर्भर बनाउन उन्नत बाख्रा बितरण
ताजा समाचार
लुम्बिनीस्थित मायादेवी मन्दिरको दानपेटिका खोलियो, ४ दिन सम्म पैसा गनिने आइतवार, असार १९, २०७९
२४ घण्टामा ५३ जनामा कोरोना सङ्क्रमण
अब सूचना विभागका सम्पूर्ण सेवा अनलाइनबाटै
श्रीलंकामा इन्धन भण्डारण खालि भयो
बिहारमा गुडिरहेको रेलमा लाग्यो आगो
दाँत कोट्याउने सिन्कामा नेपालीले सके २ करोड ५३ लाख रुपैयाँ
नेपालमा ओमिक्रोन भेरियन्ट पुष्टि
कपिल शर्माविरुद्ध अमेरिकी कोर्टमा उजुरी
चिलीको संविधानसभाले एक वर्षमा लेख्यो संविधान, सेप्टेम्बर ४ मा संविधानलाई लिएर जनमतसंग्रह हुने
स्वास्थ्य
अव हरेक महिना टाईफाइड बिरुद्धको खोप स्थानीय स्वास्थ्य केन्द्रहरुबाट कञ्चन खवर
थप ३३ जनामा कोरोना सङ्क्रमण, ८९ जना निको कञ्चन खवर
कोरोनाभाइरसको नयाँ ‘रिकम्बिनेन्ट’ भेरियन्ट फेला : डब्लूएचओ कञ्चन खवर
पत्रपत्रिकाबाट
अचम्मको कुरा डोल्पामा अझै पनि जेठो दाइले बिहे गरेपछि सबै भाइको पनि साझा श्रीमती बुधवार, भदौ १०, २०७७
समाजवादी व्यवस्थाको अपरिहार्यता पुष्टि हुँदै आइतवार, चैत्र २३, २०७६
जतिबेला चीन काेराेना महामारीसँग लडिरहेको थियो, तेस्बेला युरोप र अमेरिका ठट्टा गर्दैथिए बुधवार, चैत्र १२, २०७६
शुभकामना
जसपा नेपाल लुम्बिनी प्रदेशद्वारा दशैं, शुभ दिपावली तथा छठ पर्वको शुभकामना व्यक्त शुक्रवार, आश्विन २९, २०७८
विजयनगर गाउपालिकाका अध्यक्ष गोपाल थापाद्धारा शुभकामना ब्यक्त शुक्रवार, आश्विन २९, २०७८
कञ्चन गाउपालिकाका उपाध्यक्ष तरामुद्धारा शुभकामना शुक्रवार, आश्विन २९, २०७८
साहित्य
तिम्रो साथ पाईयो जिन्दगीको.......................
कविता
यो दिलबाट मैले तिमीलाई....
सम्पर्क ठेगाना

डिजिटल अनलाइन पत्रिका कञ्चन खवरका लागि

प्रधान कार्यालय
कञ्चन सूचना तथा संचार केन्द्र
कञ्चन-४,अस्नैया,रुपन्देही
द्धारा संचालित
कञ्चन खवर

प्रधान सम्पादक :

जगिलाल थापा

सम्पादक :

तारा पौडेल

ठेगाना:

कञ्चन-४,अस्नैया,रुपन्देही

सम्पर्क:

+९७७-९८५७०३११२० र ९८०४४१४४०८

कम्पनी दर्ता :

२२७७८२/०७६/०७७

सूचना विभाग दर्ता :

२८७९/२०७८/७९

ईमेल:

[email protected]
हाम्रो बारेमा समृद्ध नेपाल,खुशी नेपालीका लागि सूचना र संचारको पहुच हरेक नागरिकमा पुर्याई सामाजिक, आर्थिक, नैतिक, राजनैतिक, शैक्षिक, सांस्कृतिक शसक्तिकरण गर्न,देश र जनता प्रति उत्तरदायी बनाई देशभक्त नागरिक बनाउन कञ्चन सूचना तथा संचार केन्द्र द्वारा संचालित अनलाइन डिजिटल पत्रिका कञ्चन खवर डटकम (Kanchankhabar.com) हो। यस अनलाईन पत्रिका मार्फत राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका राजनैतिक, आर्थिक, खेलकुद, कृषि, शिक्षा, उत्पादन, सामाजिक र बिज्ञान , प्रबृद्धि लगायतका खोजमुलक समाचार प्रकाशन र प्रसारण हुनेछ।
मेनु
  • समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • राजनीति
  • कृषि
  • आर्थिक
  • शिक्षा
  • अन्य
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • हाम्रो टीम
फेसबुक पेज
Nagarik Online Patrika
©Kanchan Khabar-2022 All rights reserved.
Site by: SoftNEP
Notifications
New
एक सय भेडा चराउने दस वर्षीय यमराज भन्छन्-अब पढ्न जादिनँ 2 mins ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago
Earlier
सिन्डिकेटको समर्थनमा ट्याङ्कर व्यवसायी, इन्धन ढुवानी ठप्प पार्ने चेतावनी 40 mins ago
सिन्डिकेट हटाएको विरोधमा यातायात व्यवसायीले देशव्यापी आन्दोलन गर्ने 1hr ago
चौथो खेलबाट मुम्बई इन्डियन्सको पहिलो जित, बैंलोर पराजित 2hrs ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago