Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • राजनीति
  • कृषि
  • आर्थिक
  • शिक्षा
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • अन्य
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरञ्जन
    • पत्रपत्रिकाबाट
    • शुभकामना
    • साहित्य
    • आजको राशीफल
  • विज्ञान तथा प्रबृद्धि
  • समसामयिक बिचार/लेख
सोमवार, चैत्र १३, २०७९ ०९:२७:१५ युनिकोड
  • गृहपृष्ठ
  • समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • राजनीति
  • कृषि
  • आर्थिक
  • शिक्षा
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • अन्य
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरञ्जन
    • पत्रपत्रिकाबाट
    • शुभकामना
    • साहित्य
    • आजको राशीफल
  • विज्ञान तथा प्रबृद्धि
  • समसामयिक बिचार/लेख
शिक्षा
  • Home
  • शिक्षा
  • अक्सफोर्ड कलेजद्वारा स्नातक तहका विद्यार्थीलाई स्वागत, सम्मान तथा विदाई कार्यक्रम
अक्सफोर्ड कलेजद्वारा स्नातक तहका विद्यार्थीलाई स्वागत, सम्मान तथा विदाई कार्यक्रम
64x64
मंगलबार, फाल्गुन २, २०७९ कञ्चन खवर

२ फागुन, बुटवल/झविन्द्र देवकोटा
बुटवल सुख्खानगरमा रहेको अक्सफोर्ड कलेजले स्नातकतहका विद्यार्थीलाई स्वागत, सम्मान तथा विदाई कार्यक्रम गरेको छ । कार्यक्रममा नव आगन्तुक विद्यार्थीलाई स्वागत तथा स्नातक तहमा दिक्षित भएका पुराना विद्यार्थी तथा पढाई सकेका र परीक्षाको तयारीमा रहेका विद्यार्थीलाई अक्सफोर्ड कलेजले सम्मान तथा पुरस्कार वितरण कार्यक्रम गरेको हो । कलेजले मंगलबार भैरहवामा विशेष कार्यक्रम गरेर बीबीएस, बीएड प्रथम वर्ष, बीएचएम, बीआइएम प्रथम सेमेष्टरमा आगन्तुक २७५, विद्यार्थीहरुलाई स्वागत तथा बीबीएस, बीएड चौथो वर्षका १५८ जना र बीएचएम, बीआइएम आठौं सेमेष्टरबाट दिक्षित भएका ४१ जना विद्यार्थीहरुलाई सम्मान तथा विदाई गरेको हो । बीएचएम छैठौं सेमेष्टरमा अध्ययनरत नेपाल प्रथम हुन सफल विद्यार्थी लक्ष्मण थापाको अध्यक्षतामा भएको कार्यक्रमको कलेज सञ्चालक समितिका अध्यक्ष अजित खनाल, अक्सफोर्ड माध्यमिक विद्यालयका अध्यक्ष दुर्गादत्त भण्डारी र अक्सफोर्ड कलेजका प्रमुख मनोज मरासिनी र अक्सफोर्ड माविका प्राचार्य दिनेश भुसालले संयुक्त रुपमा उद्घाटन गर्नु भएको हो । कार्यक्रमको उद्घाटन गर्दै कार्यक्रममा प्रमुख अतिथी कलेज संचालक समितिका अध्यक्ष खनालले गुणस्तरीय र सीपमुलक शिक्षा आजको आवश्यकता रहेको उल्लेख गर्नुभयो । विद्यार्थीलाई सिकाईसँगै टिक्न सक्ने उपयोगि शिक्षाप्रदानका लागि अक्सफोर्ड संस्थागत विद्यालयका रुपमा अग्रसर रहेको बताउनुभयो। उहाँले संस्थागत शिक्षालयहरुले ठुलो शैक्षिक जनशक्ति उत्पादनमा उल्लेखनीय योगदान दिने गरेको भएतापनि राज्यबाट हुने सहकार्यमा निजी शैक्षिकसंस्थाहरु सधैव उपेक्षामा परेको बताउनुभयो। उहाँले विगतका वर्षहरुमा स्वागत तथा विदाई कार्यक्रमहरु कोभिडका कारण गर्न नसकिएको स्मरण गर्दै यस वर्षसँग आगामि वर्षमा कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो।
कार्यक्रममा क्याम्पस प्रमुख मनोज मरासिनीले वि।सं। २०६२ सालमा स्थापित अक्सफोर्ड कलेजले स्नातक तहतर्फका संकायहरुमा नेपालमै उत्कृष्ट नतिजा ल्याउन सफल भएको दावी गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिष्पर्धी जनशक्ति उत्पादन गर्न अक्सफोर्ड सफल बनेको बताउनुभयो। यस्तै कार्यक्रममा अक्सफोर्ड माविका प्राचार्य दिनेश भुसालले अक्सफोर्ड एकेडेमिक इन्ष्टिच्युटले शैक्षिक गुणस्तरीयतासँगै सीपमुलक र संस्कारमुलक शिक्षालाई प्राथमिकता दिदै आएको बताउनुभयो। विद्यार्थी दीक्षा भट्टराईको स्वागत तथा सुरज रिजाल र सपना भुसालको सञ्चालनमा सम्पन्न कार्यक्रममा शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा सफलता हासिल गरेका विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको कलेजका प्राध्यापक विष्णु खनालले जानकारी दिनुभयो । त्यस्तै कार्यक्रममा निजामति सेवा, प्रहरी, सेना, उद्यमशिलता, वित्तीय संस्था, शैक्षिक संस्था, कलाकारिता र शिक्षा सेवामा सफलता हासिल गरेका कलेजका पूर्व विद्यार्थीहरुलाई सम्मान समेत गरिएको थियो भने विद्यार्थीहरुले आआफ्नो साँस्कृतिक प्रस्तुती समेत देखाएका थिए । बीबीएम, बीएड, बीएचएम, बीआइएमका कक्षाहरु सञ्चालनमा रहेको यो कलेजमा १ हजार २ सय ६५ जना विद्यार्थीहरु अध्ययनरत रहेको अक्सफोर्ड एकेडेमिक इन्ष्टिच्युट अन्तरगतकै अक्सफोड कलेजका प्राध्यापक सुमन भुसालले जानकारी दिनुभयो।


प्रकाशित मिति: मंगलबार, फाल्गुन २, २०७९, ०८:२६:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
क्याननले मनायो २६औं बार्षिकोत्सव
देवदह माध्यामिक विद्यालयको अविभावक भेला सम्पन्न, विव्यस अध्यक्षमा सुरज खरेल निर्वाचित
कान्ति माध्यामिक विद्यालयकाे ६९ ओैं वार्षिकोत्सब तथा अभिभावक दिवस सम्पन्न
बुटवल कालिका क्याम्पसमा वार्षिकोत्सव सुरु
ताजा समाचार
भारतीय पाइलटलाई नेपाल उडानमा प्रतिबन्ध आइतवार, चैत्र १२, २०७९
स्पेनको भ्यालेन्सिया क्षेत्रमा भीषण आगलागी, ३ हजार हेक्टर क्षेत्रफल जङ्गल नष्ट
३ खेलाडीलाई तिलोत्तमामा नगदसहित सम्मान
भोजपुरी नायिका आकांक्षा दुबे होटलमा मृत फेला
उत्तराखण्डमा चट्याङमा परेर ३५० भेडा बाख्राको मृत्यु
आईपीएलमा नयाँ नियम : टसपछि सुरुवाती ११ चुन्न सकिने, इम्प्याक्ट प्लेयरलाई साट्न सकिने
रक्सी खाने मान्छे एमाले हुन नसक्ने अध्यक्ष ओलीको भनाई
भैरहवामा नयाँ वर्षको अवसरमा सडक खाना महोत्सव हुँदै
माओवादीसहित ६ दलद्धारा लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता
स्वास्थ्य
युवापुस्ता विवाह गर्न र बच्चा जन्माउन अनिच्छुक हुँदा दक्षिण कोरियाको प्रजनन दर घट्दै कञ्चन खवर
मेस्सीको फ्रिकिकमा पीएसजी विजयी, नेयमार घाइते कञ्चन खवर
अब चीनमा ईच्छा अनुसार सन्तान जन्माउने अधिकार दिइयो कञ्चन खवर
पत्रपत्रिकाबाट
अचम्मको कुरा डोल्पामा अझै पनि जेठो दाइले बिहे गरेपछि सबै भाइको पनि साझा श्रीमती बुधवार, भदौ १०, २०७७
समाजवादी व्यवस्थाको अपरिहार्यता पुष्टि हुँदै आइतवार, चैत्र २३, २०७६
जतिबेला चीन काेराेना महामारीसँग लडिरहेको थियो, तेस्बेला युरोप र अमेरिका ठट्टा गर्दैथिए बुधवार, चैत्र १२, २०७६
शुभकामना
नेमकिपाद्वारा चिनियाँ कम्युनिस्ट पार्टीको बीसौँ अधिवेशनलाई शुभकामना सन्देश बुधवार, आश्विन २६, २०७९
जसपा नेपाल लुम्बिनी प्रदेशद्वारा दशैं, शुभ दिपावली तथा छठ पर्वको शुभकामना व्यक्त शुक्रवार, आश्विन २९, २०७८
विजयनगर गाउपालिकाका अध्यक्ष गोपाल थापाद्धारा शुभकामना ब्यक्त शुक्रवार, आश्विन २९, २०७८
साहित्य
तिम्रो सुन्दरताको बयान गर्न...............
तिम्रो मायामा मन.........
गोबिन्द राज ओझा (राजन)को "रिस सबै त्याग गरेर"
सम्पर्क ठेगाना

डिजिटल अनलाइन पत्रिका कञ्चन खवरका लागि

प्रधान कार्यालय
कञ्चन सूचना तथा संचार केन्द्र
कञ्चन-४,अस्नैया,रुपन्देही
द्धारा संचालित
कञ्चन खवर

प्रकाशक/प्रधान सम्पादक :

जगिलाल थापा

सम्पादक :

तारा पौडेल

प्रबन्धक:

शेखर अर्याल

ठेगाना:

कञ्चन-४,अस्नैया,रुपन्देही

सम्पर्क:

+९७७-९८५७०३११२०र ९८५७०३७७२५

कम्पनी दर्ता :

२२७७८२/०७६/०७७

सूचना विभाग दर्ता :

२८७९/२०७८/७९

ईमेल:

[email protected]
हाम्रो बारेमा समृद्ध नेपाल,खुशी नेपालीका लागि सूचना र संचारको पहुच हरेक नागरिकमा पुर्याई सामाजिक, आर्थिक, नैतिक, राजनैतिक, शैक्षिक, सांस्कृतिक शसक्तिकरण गर्न,देश र जनता प्रति उत्तरदायी बनाई देशभक्त नागरिक बनाउन कञ्चन सूचना तथा संचार केन्द्र द्वारा संचालित अनलाइन डिजिटल पत्रिका कञ्चन खवर डटकम (Kanchankhabar.com) हो। यस अनलाईन पत्रिका मार्फत राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका राजनैतिक, आर्थिक, खेलकुद, कृषि, शिक्षा, उत्पादन, सामाजिक र बिज्ञान , प्रबृद्धि लगायतका खोजमुलक समाचार प्रकाशन र प्रसारण हुनेछ।
मेनु
  • समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • राजनीति
  • कृषि
  • आर्थिक
  • शिक्षा
  • अन्य
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • हाम्रो टीम
फेसबुक पेज
Nagarik Online Patrika
©Kanchan Khabar-2023 All rights reserved.
Site by: SoftNEP
Notifications
New
एक सय भेडा चराउने दस वर्षीय यमराज भन्छन्-अब पढ्न जादिनँ 2 mins ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago
Earlier
सिन्डिकेटको समर्थनमा ट्याङ्कर व्यवसायी, इन्धन ढुवानी ठप्प पार्ने चेतावनी 40 mins ago
सिन्डिकेट हटाएको विरोधमा यातायात व्यवसायीले देशव्यापी आन्दोलन गर्ने 1hr ago
चौथो खेलबाट मुम्बई इन्डियन्सको पहिलो जित, बैंलोर पराजित 2hrs ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago