Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • राजनीति
  • कृषि
  • आर्थिक
  • शिक्षा
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • अन्य
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरञ्जन
    • पत्रपत्रिकाबाट
    • शुभकामना
    • साहित्य
    • आजको राशीफल
  • विज्ञान तथा प्रबृद्धि
  • समसामयिक बिचार/लेख
सोमवार, असार २०, २०७९ ०८:१७:४५ युनिकोड
  • गृहपृष्ठ
  • समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • राजनीति
  • कृषि
  • आर्थिक
  • शिक्षा
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • अन्य
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरञ्जन
    • पत्रपत्रिकाबाट
    • शुभकामना
    • साहित्य
    • आजको राशीफल
  • विज्ञान तथा प्रबृद्धि
  • समसामयिक बिचार/लेख
आर्थिक
  • Home
  • आर्थिक
  • शाइन आर्थिक पत्रकारिता पुरस्कार राज्य टेलिभिजनका भुसाललाई
शाइन आर्थिक पत्रकारिता पुरस्कार राज्य टेलिभिजनका भुसाललाई
64x64
बिहिवार, फाल्गुन १२, २०७८ कञ्चन खवर

१२ फागुन, कञ्चन
शाइन आर्थिक पत्रकारिता पुरस्कारका लागि पाँच लाख रुपैयाँको अक्षयकोष स्थापना गर्दै शाइन आर्थिक पत्रकारिता पुरस्कार–२०७८बाट शाइन रेसुंगा डेभलपमेन्ट बैंक लिमिटेडले बुधवार पत्रकार यमलाल भुसाललाई प्रदान गरेको छ । यस अघि नै नेपाल पत्रकार महासंघ रुपन्देहीसंगको सहकार्यमा ३ लाख रुपैयाको अक्षयकोष स्थापना गरेको थियो भने १४ औं बार्षिक उत्सवको अवसरमा बैंकले सो राशीमा २ लाख थप गरेर ५ लाख बनाएको हो।
बैंकको १४औं वार्षिकोत्सवको अवसरमा बैंकको केन्द्रीय कार्यालय बुटवलमा बुधबार आयोजित कार्यक्रममा बैंकका अध्यक्ष थानेश्वर पौडेल, बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेल, लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थी, पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले भुसाललाई संयुक्त रुपमा पुरस्कार प्रदान गर्नु भएको छ। राज्य टेलिभिजन बुटवलका समाचार प्रमुख समेत रहनु भएका भुसाल २८ वर्षदेखि निरन्तर रुपमा पत्रकारिता गर्दै आउनु भएको छ। बैंकको बार्षिक उत्सवको अवसरमा ५१ हजार पुरस्कार राशी सहितको पुरस्कार पत्रकार भुषालले प्राप्त गर्नु भएको हो
बैंकले स्थापना गरेको अक्षयकोषको ब्याजबाट प्रत्येक वर्ष एक जना पत्रकारलाई ५१ हजार रुपैयां राशीको शाइन आर्थिक पत्रकारिता पुरस्कार वितरण गर्दै जाने बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले बताउनु भयो।बार्षिक अवसरमा बोल्दै नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले रुपन्देहीमा सबैभन्दा ठूला नगद राशी भएको पत्रकारिता पुरस्कार भएको उल्लेख गर्नु भयो। बैंकले सामाजिक उत्तरदायित्वका क्षेत्रमा समेत उल्लेख्य काम गरेको बताउदै महासंघका अध्यक्ष पोख्रेलले लुम्बिनी प्रदेशका अन्य विकास बैंकहरु अरुमा बिलय भएर गएका तर शाइन रेसुंगाले आफ्नो पहिचानलाई जोगाउंदै प्रदेशकै अग्रणी बैंकका रुपमा उभ्याउन सफल भएको समेत बताउनु भयो ।
यसैगरी आफ्नो बार्षिक उत्सवको अवसरमा बैंकले आईटी विभागका प्रितेश सिंहलाई शाइन इन्नोभेसन अवार्ड, शंकरनगर शाखालाई शहरी क्षेत्रको उत्कृष्ट शाखा र प्युठानको भिङग्री शाखालाई ग्रामीण क्षेत्रको उत्कृष्ट शाखाका रुपमा पुरस्कृत गरेको छ ।
कार्यक्रममा बैंकका अध्यक्ष थानेश्वर पौडेलले २०६५ साल फागुन ११ गते तीन जिल्ला कार्यक्षेत्रसहित शुरु भएको बैंकको पुँजी ५ अर्ब, चुक्ता पूँजी ३ अर्व ७८ करोड, लुम्बिनी प्रदेशका रोल्पा र रुकुम बाहेक १० जिल्लामा ७१ वटा शाखा कार्यालय र एउटा एक्सटेन्सन कार्यालय सहित कूल ८३ वटा शाखा कार्यालय र ७ वटा एटिएम सञ्चालनमा रहेको जानकारी गराउनु भयो ।
यस्तै अध्यक्ष पौडेलले बैंकले पुस मसान्तसम्म ४१ अर्ब १६ करोड निक्षेप संकलन गरी ३७ अर्ब ३२ करोड कर्जा प्रवाह गरेको र ५ लाख भन्दा बढी ग्राहकहरु रहेको जानकारी गराउनु हुदै बैंकले २०७८ पौष मसान्त सम्ममा कृषि क्षेत्रमा ७.८५ प्रतिशत, पयर्टन क्षेत्रमा १४.०६ प्रतिशत र लघु, घरेलु तथा साना उद्यम÷ब्यवसाय क्षेत्रमा ९.८४ प्रतिशत गरी प्राथमिकताप्राप्त क्षेत्रमा कूल कर्जाको ३१.७५ प्रतिशत लगानी गरिरहेको पौडेलले जानकारी गराउनु भयो ।
समाजसंगै बैंक भन्ने अभियान अन्तर्गत बैंकले संस्थागत सामाजिक क्षेत्र अन्तर्गत दुर्घटना न्यूनीकरण, सरसफाई तथा वातावरणको संरक्षण, शैक्षिक क्षेत्र, वित्तीय जागरण, दन्त स्वास्थ्य उपचार शिविर लगायतका क्षेत्रहरुमा काम गरेको अध्यक्ष पौडेलले बताउनु भयो ।बैंकले नगदरहित कारोबारलाई प्रोत्साहन गर्न चालु आ.व. मा बैंकको शाखा कार्यालयहरु सञ्चालनमा रहेका बिभिन्न जिल्लामा सञ्चालित २६ वटा शैक्षिक संस्थामा डिजिटल बैंकिङ्ग साक्षरता कार्यक्रम सञ्चालन गरेको र आगामी आर्थिक बर्षमा १४ वटा सरकारी बिद्यालयहरुलाई डिजिटलमैत्री बनाउन डिजिटल बैंकिङ्ग सम्बन्धी साक्षरता अभियान सञ्चालन गर्ने अध्यक्ष पौडेलले जानकारी गराउनु भयो ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले इथिकल बैंकिङलाई केन्द्रमा राखेर लुम्बिनी प्रदेशको आर्थिक विकास र समृद्धिका लागि दरिलो खम्बाको रुपमा प्रदेशको पहिलो रोजाईको बैंक बनाउन अग्रसर रहेको बताउनु भयो ।
गत वर्षदेखि राष्ट्रियस्तरमा स्तरोन्नति भएको बैंकले आगामी दिनमा नेपाल धितोपत्र बोर्डवाट अनुमति लिई मर्चेन्ट बैकिङ्ग सम्बन्धी काम गर्ने सहायक कम्पनी स्थापना गर्ने लक्ष्य लिएको सीईओ पौडेलले बताउनु भयो।a


प्रकाशित मिति: बिहिवार, फाल्गुन १२, २०७८, ०८:१६:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
शेयर बजार १० महिनामा १२ सय अङ्कले घट्यो
पेट्रोलियम पदार्थको लोड–अनलोड ठप्प
नेप्से ४१ अङ्कले घट्यो, झन्डै ५ पाँच अर्ब रुपैयाँको कारोबार
राष्ट्रउत्थान लघुवित्त र इमर्जिङ नेपालको शेयर १० प्रतिशतले बढ्याे
ताजा समाचार
दोश्रो कञ्चन व्यापार तथा सांस्कृतिक महोत्सव समापन हुदै सोमवार, असार २०, २०७९
लुम्बिनीस्थित मायादेवी मन्दिरको दानपेटिका खोलियो, ४ दिन सम्म पैसा गनिने
२४ घण्टामा ५३ जनामा कोरोना सङ्क्रमण
अब सूचना विभागका सम्पूर्ण सेवा अनलाइनबाटै
श्रीलंकामा इन्धन भण्डारण खालि भयो
बिहारमा गुडिरहेको रेलमा लाग्यो आगो
दाँत कोट्याउने सिन्कामा नेपालीले सके २ करोड ५३ लाख रुपैयाँ
नेपालमा ओमिक्रोन भेरियन्ट पुष्टि
कपिल शर्माविरुद्ध अमेरिकी कोर्टमा उजुरी
स्वास्थ्य
अव हरेक महिना टाईफाइड बिरुद्धको खोप स्थानीय स्वास्थ्य केन्द्रहरुबाट कञ्चन खवर
थप ३३ जनामा कोरोना सङ्क्रमण, ८९ जना निको कञ्चन खवर
कोरोनाभाइरसको नयाँ ‘रिकम्बिनेन्ट’ भेरियन्ट फेला : डब्लूएचओ कञ्चन खवर
पत्रपत्रिकाबाट
अचम्मको कुरा डोल्पामा अझै पनि जेठो दाइले बिहे गरेपछि सबै भाइको पनि साझा श्रीमती बुधवार, भदौ १०, २०७७
समाजवादी व्यवस्थाको अपरिहार्यता पुष्टि हुँदै आइतवार, चैत्र २३, २०७६
जतिबेला चीन काेराेना महामारीसँग लडिरहेको थियो, तेस्बेला युरोप र अमेरिका ठट्टा गर्दैथिए बुधवार, चैत्र १२, २०७६
शुभकामना
जसपा नेपाल लुम्बिनी प्रदेशद्वारा दशैं, शुभ दिपावली तथा छठ पर्वको शुभकामना व्यक्त शुक्रवार, आश्विन २९, २०७८
विजयनगर गाउपालिकाका अध्यक्ष गोपाल थापाद्धारा शुभकामना ब्यक्त शुक्रवार, आश्विन २९, २०७८
कञ्चन गाउपालिकाका उपाध्यक्ष तरामुद्धारा शुभकामना शुक्रवार, आश्विन २९, २०७८
साहित्य
तिम्रो साथ पाईयो जिन्दगीको.......................
कविता
यो दिलबाट मैले तिमीलाई....
सम्पर्क ठेगाना

डिजिटल अनलाइन पत्रिका कञ्चन खवरका लागि

प्रधान कार्यालय
कञ्चन सूचना तथा संचार केन्द्र
कञ्चन-४,अस्नैया,रुपन्देही
द्धारा संचालित
कञ्चन खवर

प्रधान सम्पादक :

जगिलाल थापा

सम्पादक :

तारा पौडेल

ठेगाना:

कञ्चन-४,अस्नैया,रुपन्देही

सम्पर्क:

+९७७-९८५७०३११२० र ९८०४४१४४०८

कम्पनी दर्ता :

२२७७८२/०७६/०७७

सूचना विभाग दर्ता :

२८७९/२०७८/७९

ईमेल:

[email protected]
हाम्रो बारेमा समृद्ध नेपाल,खुशी नेपालीका लागि सूचना र संचारको पहुच हरेक नागरिकमा पुर्याई सामाजिक, आर्थिक, नैतिक, राजनैतिक, शैक्षिक, सांस्कृतिक शसक्तिकरण गर्न,देश र जनता प्रति उत्तरदायी बनाई देशभक्त नागरिक बनाउन कञ्चन सूचना तथा संचार केन्द्र द्वारा संचालित अनलाइन डिजिटल पत्रिका कञ्चन खवर डटकम (Kanchankhabar.com) हो। यस अनलाईन पत्रिका मार्फत राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका राजनैतिक, आर्थिक, खेलकुद, कृषि, शिक्षा, उत्पादन, सामाजिक र बिज्ञान , प्रबृद्धि लगायतका खोजमुलक समाचार प्रकाशन र प्रसारण हुनेछ।
मेनु
  • समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • राजनीति
  • कृषि
  • आर्थिक
  • शिक्षा
  • अन्य
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • हाम्रो टीम
फेसबुक पेज
Nagarik Online Patrika
©Kanchan Khabar-2022 All rights reserved.
Site by: SoftNEP
Notifications
New
एक सय भेडा चराउने दस वर्षीय यमराज भन्छन्-अब पढ्न जादिनँ 2 mins ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago
Earlier
सिन्डिकेटको समर्थनमा ट्याङ्कर व्यवसायी, इन्धन ढुवानी ठप्प पार्ने चेतावनी 40 mins ago
सिन्डिकेट हटाएको विरोधमा यातायात व्यवसायीले देशव्यापी आन्दोलन गर्ने 1hr ago
चौथो खेलबाट मुम्बई इन्डियन्सको पहिलो जित, बैंलोर पराजित 2hrs ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago