Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • राजनीति
  • कृषि
  • आर्थिक
  • शिक्षा
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • अन्य
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरञ्जन
    • पत्रपत्रिकाबाट
    • शुभकामना
    • साहित्य
    • आजको राशीफल
  • विज्ञान तथा प्रबृद्धि
  • समसामयिक बिचार/लेख
सोमवार, असार २०, २०७९ ०३:२३:४६ युनिकोड
  • गृहपृष्ठ
  • समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • राजनीति
  • कृषि
  • आर्थिक
  • शिक्षा
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • अन्य
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरञ्जन
    • पत्रपत्रिकाबाट
    • शुभकामना
    • साहित्य
    • आजको राशीफल
  • विज्ञान तथा प्रबृद्धि
  • समसामयिक बिचार/लेख
पत्रपत्रिकाबाट
  • Home
  • पत्रपत्रिकाबाट
  • समाजवादी व्यवस्थाको अपरिहार्यता पुष्टि हुँदै
समाजवादी व्यवस्थाको अपरिहार्यता पुष्टि हुँदै
64x64
आइतवार, चैत्र २३, २०७६ कञ्चन खवर

अनुदीप
‘लक डाउन भनेको जनता कफ्र्यू नै हो । र यो अझ कडा हो ।’ मङ्गलबार भारतीय प्रधानमन्त्री मोदीले तीन – तीन पटकसम्म बिन्ति गरेर भारतीय जनतालाई भन्दै थिए । कारोना सङ्क्रमण रोकथामसम्बन्धी आफ्नो दोस्रो सम्बोधनमा मोदीले भारतभर २१ दिन लक डाउन घोषणा गरे । २१ दिन सम्हालिन सके सारा जनता कोरोनाबाट जोगिने तर २१ दिन संयमित हुन नसकेको अवस्थामा कोरोना सङ्क्रमण नियन्त्रण बाहिर जाने मोदीले जोड दिए । मोदीले राज्यको हरेक निर्देशन मान्ने जनता भएको देशमा कोरोना सङ्क्रमण पूर्णरूपमा नियन्त्रण भएको उदाहरण पनि दिए । मोदीले कोरोना सङ्क्रमण नियन्त्रण गरेको देश चीनको नाम नलिकन ‘कुनै देशमा’ मात्र भने । लक डाउनमा बस्दा आउने समस्या समाधान र कोरोना सङ्क्रमित बिरामी उपचारको लागि केन्द्र, प्रदेश र स्थानीय निकाय तीनै तहका अधिकारीहरू सक्रिय हुने पनि मोदीले आश्वस्त पार्न खोजे ।
नेपालमा पनि लक डाउन छ । लक डाउन र कफ्र्यू एउटै त होइन तर कफ्र्यूमा जस्तै लक डाउनमा पनि मानिस घर बाहिर निस्कन मिल्दैन । कफ्र्यू तोडेर सडकमा आउनेलाई निर्भयी मानिन्थ्यो । कफ्र्यू अवज्ञा गर्नेलाई कतै प्रहरी वा सेनाले हात हालेको बेलामा घरभित्र बसेका मान्छेहरूको पनि रगत उम्लिन्थ्यो । किनभने, त्यो राज्यविरुद्धको आन्दोलन दबाउन लागू गरिएको हुन्थ्यो । तर, लक डाउनमा ठीक उल्टो देखियो । लक डाउनको वास्ता नगरी सडकमा आउने मानिसलाई समाजले राम्रो मानेको देखिएन । लक डाउनका बेला सडकमा आउने मान्छेलाई यातना दिएको देख्दा घरभित्र बस्ने मानिसले दया देखाउनु बदला अझै पुगेन भन्दै खुचिङ गरेको देखियो । कोरोना भाइरसको सङ्क्रमण मान्छेबाट नै मान्छेमा सर्ने भएको हुँदा एक अर्को मान्छेबीचमा सम्पर्क नहोस् भनेर नै लक डाउन गरिएको हो । घरबाहिर कोही सङ्क्रमित होला र सम्पर्कमा नआओस् भनेर नै लक डाउनमा घरभित्र थुनिएर बस्नुपरेको हो । जरुरी कामको लागि बाहिर निस्कँदा पनि मानिस मानिसबीच दूरी राख्नु परेको हो । सामाजिक पृथकता कायम गर्नु परको हो । त्यसैले दैनिक उपभोग्य वस्तु किनमेल गर्न जाँदा पनि मानिस उभिनलाई गोलो घेरा बनाइएका छन् । कतिपय बजारका गल्लीहरूमा आवागमन रोक्न बाँसको तगारो हालिएका छन् । गाउँका कति बाटाहरूमा रुखै ढालेर पनि बाटो छेकिएका छन् । भारतबाट आउने मानिस क्वारेन्टिनमा नबसी सिधै गाउँमा आएकाले पनि गाउँघरमा छेकबार हालेका हुन् । सुदुरपश्चिम प्रदेशका नाकाहरू हुँदै मात्र डेढ लाख मानिस भारतबाट फर्किएको जनाइएको छ ।

जनता झन् भयावह समस्यामा कुँजिनेछन् भन्दै पाकिस्तानले लक डाउन लगाएको छैन । चीनमा जस्तै जनतालाई घर – घर खानेकुरा पु¥याउन नसक्ने भन्दै पाकिस्तानी प्रधानमन्त्री इमरान खानले २५ प्रतिशतभन्दा बढी गरिबीको रेखामुनि जनता रहेको देशमा लकडाउन लगाउँदा तिनीहरू भोकभोकै मर्ने बताए । भारतमा भन्दा पाकिस्तानमा कोरोनाबाट मृत्यु सङ्ख्या कम भए पनि सङ्क्रमितको सङ्ख्या पाकिस्तानमै बढी छन् । कोरोनाको कारण मृत्यु भए पनि सङ्क्रमितको सङ्ख्या बढे पनि बेलारुसले पनि लकडाउन गरेको छैन । आर्थिक कारोबारलाई नियमितता दिन उद्दत देश संरा अमेरिका पनि हो । न्युयोर्क सिटीका मेयर बिल दि ब्लाजिओले समस्या नियन्त्रण बाहिर जाने भनी पटक –पटक याचना गर्दा पनि कोरोना ‘सामान्य स्वास्थ्य’ समस्या मात्र हो भन्ने ट्रम्प प्रशासनको कारण संरा अमेरिकामा एक लाखभन्दा बढी सङ्क्रमितको सङ्ख्या पुगिसकेको छ । कोरोना सङ्क्रमणको महामारी ट्रम्प प्रशासनको नियन्त्रणबाहिर गएकैले होला ट्रम्पले चिनियाँ राष्ट्रपति सी चिङ फिङलाई फोन गरेका छन् ।
लकडाउन नै कोरोना सङ्क्रमण रोक्ने अचुक औषधी हो ।

मुलुकभर लक डाउन सामान्य घटना होइन । यो असामान्य अवस्थामा पनि मानिस सडकमै देखिएका छन् । कतिपय लक डाउनको अर्थ नबुझेर घर आँगनमा, चौतारीमा सधैँझैँ जम्मा भई बसेका छन् । कतिले त लक डाउनमा मान्छे बाहिर निस्केका छन् कि छैनन् भन्ने हेर्न पनि भिडभाड बनाएका छन् । दैनिक उपभोग्य वस्तु किनमेल गर्न पनि एकैपटक धेरै जना निस्केका छन् । सधैँजस्तै कुम जोडेरै हिँडेका छन् । व्यक्ति व्यक्तिबीचको दूरी बनाउन लगाएको चिन्ह प्रवाह नगरी पसल चहारेका छन् । यसले गर्दा अर्को नयाँ व्यक्तिमा कोरोना भाइरस सङ्क्रमित नहोस् भन्ने लक डाउनको लक्ष्य प्राप्त हुन दिँदैन । त्यसैले कोरोना सङ्क्रमण रोकथाम र उपचारमा संलग्न बाहेक घरबाट बाहिर नै नजानु र अरूलाई पनि घरमै बस्न उत्प्रेरित गर्नु सबै सचेत नागरिकको कर्तव्य हो । यसैबीच नागरिकलाई घरमै बसाल्न सन्देश दिने नाममा प्रधानमन्त्री केपी ओलीको फोटोसहित सामाजिक सञ्जालमा सन्देश आएको छ, “म पनि घरमै बसेर सरकार सञ्चालन गरिरहेको छु । तपाईंहरू पनि घरमै बस्नुहोस् ।” प्रधानमन्त्रीले जनतालाई घरमै बस्न आह्वान गर्नु लक डाउन उद्देश्य पूरा गर्नको लागि अत्यन्त जरुरी विषय हो । तर, प्रधानमन्त्री आफै घर बसेर सरकार सञ्चालन गरिरहेको दाबी गर्नु गौरवको विषय कसरी हुन सक्छ ? लकडाउनमा घर बस्दा भरे के खाने पीरमा परेका मजदुरको खान्की कसरी मिलाउने मेसो छैन । कोरोना शङ्कास्पद बिरामीको ल्याब परीक्षण सहज हुन सकेको छैन । छ – सात दिनसम्म पनि ल्याब रिपोर्ट नआउँदा कोरोना शङ्कास्पद बिरामी र बिरामीका परिवार अनावश्यक चिन्तामा डुब्नु परेको छ । उपचारमा प्रत्यक्ष संलग्न हुनुपर्ने चिकित्सक र स्वास्थ्यकर्मीहरूको सुरक्षाको प्रबन्ध भइसकेको छैन । सरकारका मन्त्री र अधिकारीहरूको स्वभाव र व्यवहारले जनता झन् चिढिएका छन् । तैपनि प्रधानमन्त्रीले ‘घरमै बसी सरकार सञ्चालन गरेको’ धक्कू लगाउनु जिम्मेवारीबोधको द्योतक हुन सक्दैन । देशले अरबी घोडाजस्तै दौडाहा प्रधानमन्त्री खोजेको छ । तर, प्रधानमन्त्री खोपीमा बसेर औपचारिकरूपमा मुख्तियार नपाएकाहरूबाट सरकार चलाउन खोज्दा देश कसरी उँभो लाग्छ ?¤
लक डाउनले देश अस्तव्यस्त छ । घरभित्र बस्नेको पनि मन घरभित्र छैन । भरे के खाने ? दिनभरि कमाउन पाइनँ भन्नेहरू त छँदै छन् । मासिक तलब बुझ्ने रोजगारी गरिरहेको छु भन्नेहरूलाई पनि पिरलो सुरु भइसकेको छ । जरुर पनि पुँजीवादी व्यवस्था सामन्ती व्यवस्थाभन्दा खुल्ला समाज र प्रगतिशील व्यवस्था हो तर कम्युनिस्ट घोषणापत्रमा भनेजस्तै पुँजीवादी व्यवस्था झन् कामदार जनताको निम्ति निर्मम हुन्छ । सामन्ती व्यवस्थामा पछि काम लिनको लागि पनि गोरुलाई जस्तै खान त दिइन्छ । पुँजीवादी व्यवस्थामा काम नगर्नासाथ माम दिँदैन । क्रुरतापूर्वक मजदुरहरूलाई कामबाट निकालिन्छ । त्यसकारण लक डाउनमा घर बस्नुपर्छ भन्ने चेतना हुँदा हुँदै पनि, कोरोना कहरभन्दा पनि पेटको आगोले घरबाहिर निकाल्ने खतरा त्यत्तिकै बढ्दै गएको छ । डाक्टरलाई दिनुपर्ने ५ वटा मास्क पनि लुकाउने सरकारी अधिकारीहरूलाई संरक्षण गर्ने यो पुँजीवादी व्यवस्थामा राहत घोषणा नै भए पनि वास्तविक पीडितहरूले कहिले पाउने ? अहिलेसम्म सरकारसँग क–कसलाई राहत दिनुपर्ने हो ? कुनै अभिलेख छैन । यो समस्या हाम्रो देश नेपालको मात्र होइन, पुँजीवादी देशहरूको भाग्य नै हो । भारतको राजधानी दिल्लीमै पहिलाभन्दा राशन डेढ गुणा र निःशुल्क नै दिने भने पनि, राशन कार्ड नभएका निर्माण क्षेत्रमा काम गर्ने मजदुरहरूलाई पाँच हजार राहत दिने भने पनि भोकभोकै बस्नु परेको समाचार आउन छोकेको छैन । कति नेपाली काखमा बालबच्चा च्यापेर दिल्लीबाट सात सय किलोमिटर टाढा कन्चनपुरसम्म हिँडेर आउनुपरेको हृदयविदारक समाचार बन्द भएको छैन । गोरखपुरदेखि ९० किलोमिटर हिँडेर सुनौली आउने नेपालीलाई भारतीय प्रहरीले कुनै मानवीयता देखाएन । महामारीको यो सङ्कटमा दिल्लीको सडकमा मजदुरहरू भनिरहेका छन्, ‘कोरोना रोग लागेर होइन, भोकभोकै मर्न लागियो ।’ भोकाहरूलाई मोदीको ‘सोसियल डिस्टेन्सिङ’को के अर्थ ? राज्य जब जनताप्रति जिम्मेवार हुँदैन, लकडाउन आफ्नै लागि हो भन्ने सत्य पनि मान्छेहरूले अस्वीकार गर्न सक्छन् । त्यतिबेला कस्तो भयावह रूप आउने होला ? लाठी देखाएर पनि लक डाउनमा राख्न सकिँदैन ¤
जनता झन् भयावह समस्यामा कुँजिनेछन् भन्दै पाकिस्तानले लक डाउन लगाएको छैन । चीनमा जस्तै जनतालाई घर – घर खानेकुरा पु¥याउन नसक्ने भन्दै पाकिस्तानी प्रधानमन्त्री इमरान खानले २५ प्रतिशतभन्दा बढी गरिबीको रेखामुनि जनता रहेको देशमा लकडाउन लगाउँदा तिनीहरू भोकभोकै मर्ने बताए । भारतमा भन्दा पाकिस्तानमा कोरोनाबाट मृत्यु सङ्ख्या कम भए पनि सङ्क्रमितको सङ्ख्या पाकिस्तानमै बढी छन् । कोरोनाको कारण मृत्यु भए पनि सङ्क्रमितको सङ्ख्या बढे पनि बेलारुसले पनि लकडाउन गरेको छैन । आर्थिक कारोबारलाई नियमितता दिन उद्दत देश संरा अमेरिका पनि हो । न्युयोर्क सिटीका मेयर बिल दि ब्लाजिओले समस्या नियन्त्रण बाहिर जाने भनी पटक –पटक याचना गर्दा पनि कोरोना ‘सामान्य स्वास्थ्य’ समस्या मात्र हो भन्ने ट्रम्प प्रशासनको कारण संरा अमेरिकामा एक लाखभन्दा बढी सङ्क्रमितको सङ्ख्या पुगिसकेको छ । कोरोना सङ्क्रमणको महामारी ट्रम्प प्रशासनको नियन्त्रणबाहिर गएकैले होला ट्रम्पले चिनियाँ राष्ट्रपति सी चिङ फिङलाई फोन गरेका छन् ।
लकडाउन नै कोरोना सङ्क्रमण रोक्ने अचुक औषधी हो । कोरोना सङ्क्रमितहरूलाई आइसोलेसनमा राखेर नै उपचार गर्नु पर्छ । यी सबै व्यवस्थापन गर्न पुँजीवादी व्यवस्था असफल भइसकेको छ । यसमानेमा कोरोना महामारीले फेरि एक पटक समाजवादी व्यवस्थाको अपरिहार्यता पुष्टि गरेको छ । शिक्षा, स्वास्थ्य जस्तो व्यक्तिको नैसर्गिक अधिकार पुर्ति गर्न उत्पादनका मुख्य – मुख्य साधानहरू राज्यको हुनुपर्छ भन्ने आवश्यकता बोध गराएको छ ।

                                                                                               अनलाइन मजदुरबाट


प्रकाशित मिति: आइतवार, चैत्र २३, २०७६, ०५:३९:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अचम्मको कुरा डोल्पामा अझै पनि जेठो दाइले बिहे गरेपछि सबै भाइको पनि साझा श्रीमती
जतिबेला चीन काेराेना महामारीसँग लडिरहेको थियो, तेस्बेला युरोप र अमेरिका ठट्टा गर्दैथिए
महिला आन्दोलनलाई वर्गीय मुक्ति आन्दोलनसँग जोडौँ
MMC बिरुद्ध बिधार्थीहरुको आन्दोलन
ताजा समाचार
लुम्बिनीस्थित मायादेवी मन्दिरको दानपेटिका खोलियो, ४ दिन सम्म पैसा गनिने आइतवार, असार १९, २०७९
२४ घण्टामा ५३ जनामा कोरोना सङ्क्रमण
अब सूचना विभागका सम्पूर्ण सेवा अनलाइनबाटै
श्रीलंकामा इन्धन भण्डारण खालि भयो
बिहारमा गुडिरहेको रेलमा लाग्यो आगो
दाँत कोट्याउने सिन्कामा नेपालीले सके २ करोड ५३ लाख रुपैयाँ
नेपालमा ओमिक्रोन भेरियन्ट पुष्टि
कपिल शर्माविरुद्ध अमेरिकी कोर्टमा उजुरी
चिलीको संविधानसभाले एक वर्षमा लेख्यो संविधान, सेप्टेम्बर ४ मा संविधानलाई लिएर जनमतसंग्रह हुने
स्वास्थ्य
अव हरेक महिना टाईफाइड बिरुद्धको खोप स्थानीय स्वास्थ्य केन्द्रहरुबाट कञ्चन खवर
थप ३३ जनामा कोरोना सङ्क्रमण, ८९ जना निको कञ्चन खवर
कोरोनाभाइरसको नयाँ ‘रिकम्बिनेन्ट’ भेरियन्ट फेला : डब्लूएचओ कञ्चन खवर
पत्रपत्रिकाबाट
अचम्मको कुरा डोल्पामा अझै पनि जेठो दाइले बिहे गरेपछि सबै भाइको पनि साझा श्रीमती बुधवार, भदौ १०, २०७७
समाजवादी व्यवस्थाको अपरिहार्यता पुष्टि हुँदै आइतवार, चैत्र २३, २०७६
जतिबेला चीन काेराेना महामारीसँग लडिरहेको थियो, तेस्बेला युरोप र अमेरिका ठट्टा गर्दैथिए बुधवार, चैत्र १२, २०७६
शुभकामना
जसपा नेपाल लुम्बिनी प्रदेशद्वारा दशैं, शुभ दिपावली तथा छठ पर्वको शुभकामना व्यक्त शुक्रवार, आश्विन २९, २०७८
विजयनगर गाउपालिकाका अध्यक्ष गोपाल थापाद्धारा शुभकामना ब्यक्त शुक्रवार, आश्विन २९, २०७८
कञ्चन गाउपालिकाका उपाध्यक्ष तरामुद्धारा शुभकामना शुक्रवार, आश्विन २९, २०७८
साहित्य
तिम्रो साथ पाईयो जिन्दगीको.......................
कविता
यो दिलबाट मैले तिमीलाई....
सम्पर्क ठेगाना

डिजिटल अनलाइन पत्रिका कञ्चन खवरका लागि

प्रधान कार्यालय
कञ्चन सूचना तथा संचार केन्द्र
कञ्चन-४,अस्नैया,रुपन्देही
द्धारा संचालित
कञ्चन खवर

प्रधान सम्पादक :

जगिलाल थापा

सम्पादक :

तारा पौडेल

ठेगाना:

कञ्चन-४,अस्नैया,रुपन्देही

सम्पर्क:

+९७७-९८५७०३११२० र ९८०४४१४४०८

कम्पनी दर्ता :

२२७७८२/०७६/०७७

सूचना विभाग दर्ता :

२८७९/२०७८/७९

ईमेल:

[email protected]
हाम्रो बारेमा समृद्ध नेपाल,खुशी नेपालीका लागि सूचना र संचारको पहुच हरेक नागरिकमा पुर्याई सामाजिक, आर्थिक, नैतिक, राजनैतिक, शैक्षिक, सांस्कृतिक शसक्तिकरण गर्न,देश र जनता प्रति उत्तरदायी बनाई देशभक्त नागरिक बनाउन कञ्चन सूचना तथा संचार केन्द्र द्वारा संचालित अनलाइन डिजिटल पत्रिका कञ्चन खवर डटकम (Kanchankhabar.com) हो। यस अनलाईन पत्रिका मार्फत राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका राजनैतिक, आर्थिक, खेलकुद, कृषि, शिक्षा, उत्पादन, सामाजिक र बिज्ञान , प्रबृद्धि लगायतका खोजमुलक समाचार प्रकाशन र प्रसारण हुनेछ।
मेनु
  • समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • राजनीति
  • कृषि
  • आर्थिक
  • शिक्षा
  • अन्य
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • हाम्रो टीम
फेसबुक पेज
Nagarik Online Patrika
©Kanchan Khabar-2022 All rights reserved.
Site by: SoftNEP
Notifications
New
एक सय भेडा चराउने दस वर्षीय यमराज भन्छन्-अब पढ्न जादिनँ 2 mins ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago
Earlier
सिन्डिकेटको समर्थनमा ट्याङ्कर व्यवसायी, इन्धन ढुवानी ठप्प पार्ने चेतावनी 40 mins ago
सिन्डिकेट हटाएको विरोधमा यातायात व्यवसायीले देशव्यापी आन्दोलन गर्ने 1hr ago
चौथो खेलबाट मुम्बई इन्डियन्सको पहिलो जित, बैंलोर पराजित 2hrs ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago