Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • राजनीति
  • कृषि
  • आर्थिक
  • शिक्षा
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • अन्य
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरञ्जन
    • पत्रपत्रिकाबाट
    • शुभकामना
    • साहित्य
    • आजको राशीफल
  • विज्ञान तथा प्रबृद्धि
  • समसामयिक बिचार/लेख
सोमवार, चैत्र १३, २०७९ ०९:३६:२३ युनिकोड
  • गृहपृष्ठ
  • समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • राजनीति
  • कृषि
  • आर्थिक
  • शिक्षा
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • अन्य
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरञ्जन
    • पत्रपत्रिकाबाट
    • शुभकामना
    • साहित्य
    • आजको राशीफल
  • विज्ञान तथा प्रबृद्धि
  • समसामयिक बिचार/लेख
समाचार
  • Home
  • समाचार
  • महिला नेतृत्व बिकास तालिम तथा माबि स्तरीय वक्तृत्वकला प्रतियोगिता भुमहीमा सम्पन्न
महिला नेतृत्व बिकास तालिम तथा माबि स्तरीय वक्तृत्वकला प्रतियोगिता भुमहीमा सम्पन्न
64x64
मंगलबार, माघ १७, २०७९ उर्मिला यादव 'यात्री'

१७ माघ, पश्चिम नवलपरासी
सिद्धार्थ बहुउदेश्यीय सहकारी संस्था लिमिटेड सुनवल १२ भुमहीले २५ औ बार्षिकोत्सव तथा रजत जयन्तीको अवसरमा आज महिला नेतृत्व बिकास तालिम भुमहीमा सम्पन्न गरेको छ ।
यस संस्थाको महिला शसक्तिकरणको उपसमिती संयोजक उषा गोम्जारेको अध्यक्षता तथा दुबेको प्रमुख आतिथ्त्यतामा तालिम सम्पन्न भएको हो ।
तालिमको उदघाटन गर्दै सुनवल नगरपालिकाका नगर उपप्रमुख सुर्य प्रसाद दुबेले समाजमा पैसा संकलन गर्ने, बचत गर्ने र ऋण लगानी गर्ने भन्दा पनि समाजमा रचनात्मक कामहरु ल्याउनुपर्ने बताउनु भएको छ । सहकारी मार्फत नगरपालिकाले सहकार्य गरेर महिलाहरुलाइ, अशक्त र बेरोजगार युवाहरुलाई रोजगारीको सिर्जना गर्ने खालको क्रियाकलापमा सहभागी गराउनुपर्ने योजना बनाउनु पर्ने उल्लेख गर्दै उपप्रमुख दुबेले सहकारी र नगरपालिकाको साझेदारीमा वजेट छुटयाएर उद्यमशील उत्पादनमा लाग्ने महिला वा पुरुष बिशेष गरी महिला, अपांग भएका ब्यक्तिलाई बिशेष ग्राह्यकताका दिनुपर्नेमा जोड दिनु भयो। उत्पादनमुलक क्षेत्रमा लगानी गर्ने योजनाका साथ कर्जा माग गर्ने तथा उद्यमशिलताका लागि लगानी गर्न चाहने अशक्त, अपांग महिलाहरुलाई बिशेष अनुदानमा ऋण प्रदान गरी उत्पादनमुलक कार्यमा जोडने उदेश्यले नगरपालिकाले निती तथा कार्यक्रम ल्याएको नगर उपप्रमुख दुबेले बताउनु भयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका उपप्रमुख दुबेले प्रत्येक सहकारीलाई नगरपालिकाको आर्थिक क्षमता अनुसार सहकारीमा लगानी गर्ने बताउदै बिनियोजन गरीएको बजेट सहकारीमा महिला उत्पादन संग जोडेर उत्पादनमुखी र रोजगार सिर्जना गर्नु पर्ने बताउनु भयो ।


यस्तै गरी संस्थाका अध्यक्ष तथा रजत जयन्ती मुल समारोहका संयोजक यमलाल पाण्डेयले माघ १६ गतेदेखि १८ गतेसम्म विशेष उत्सवको रुपमा सहकारीको रजत जयन्ती मनाउन लागेको बताउनु भयो । सिद्धार्थ बहुउद्देश्यीय सहकारी संस्थाले स्थापनाकालमा तदर्थ समिति गठन भएको दिन २०५४ माघ १८ गतेको दिनलाई स्थापना दिवसको रुपमा मनाउँदै आएको बताउदै संयोजक पाण्डेयले यहि माघ १८ गते बुधबार रजत जयन्ती विशेष समारोह (मूख्य कार्यक्रम) उद्घाटन, सम्मान, पुरस्कार तथा सांस्कृतिक कार्यक्रम तय गरिएको जानकारी दिनु भयो ।
सहकारीले अभियानको रुपमा बिभिन्न सामाजिक क्रियाकलाप रक्तदान, न्यानो कपडा बितरण ,जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण, जेष्ठ नागरीकहरुलाई समेत सम्मान गर्दै आएको बताउदै संयोजक पाण्डेयले संस्थाले हरेक क्रियाकलाप पारदर्शीतालाई प्राथमिकता दिदै सहकारीको मुल्यमान्यता र यसको सिद्धान्तमा रहेर सहकारी संचालन गर्दै आइरहेको बताउनु भएको छ। यस संस्थाले बचत र ऋणको कारोबार सहित विगत तीन वर्षदेखि शेयर सदस्यहरुलाई निर्माण सामग्री सुपथ मूल्यमा विक्री वितरण गर्दै आएको छ ।
सामाजिक उत्तरदायित्व अन्तर्गत ८४ वर्ष पुगेका ज्येष्ठ नागरिकलाई चौरासी पुजामा नगदसहित सम्मान, ८० वर्ष पुगेका ज्येष्ठ नागरिकलाई सम्मान, ७० वर्ष पूरा भएका सदस्यलाई तीर्थाटन कार्यक्रम तथा सुत्केरी भेटघाट कार्यक्रम, मृत्यु संस्कार राहत कार्यक्रम, बाल बचत कार्यक्रम प्रोत्साहन, नवविवाहित दम्पतीलाई शुभकामना सम्मान, गरीब तथा, शेयर सदस्यहरुको दुर्घटना बीमा लगायतका कार्यक्रमहरु पनि गर्दै आएको संस्थाका अध्यक्ष तथा रजत जयन्ती मुल समारोहका संयोजक यमलाल पाण्डेयले जानकारी दिनु भयो ।
संस्थाको रजत महोत्सवबारे जानकारी गराउदै संस्थाको कार्यक्षेत्र अन्तर्गतका तीनै तहका जनप्रतिनिधि, राजनीतिक दलहरु तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको विशेष आतिथ्यमा हुने उक्त समारोहमा सहकारी स्थापना कालका २६ जना सदस्यलाई विशेष सम्मान गरिने अध्यक्ष पाण्डेयले बताउनुभयो ।


सहकारीद्धारा गठित महिला सशक्तिकरण उपसमिति अन्तर्गत गठित १६ वटा टोल समितिका सदस्यहरुको सहभागिता रहेको महिला नेतृत्व बिकास तालिमको सहजीकरण नेपाल जेसीजकी राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष रजनी थापाले गर्नु भएको थियो । संंस्थाको संचालक समिती सदस्य मनिषा अधिकारीको स्वागत मन्तब्य रहेको कार्यक्रमको संचालन संस्थाकी ब्यवस्थापक यमुना पाण्डेयले गर्नु भएको थियो ।
यस्तै गरी संस्थाको २५ औ बार्षिकोत्सव तथा रजत जयन्तीको अवसरमा आर्थिक विकासमा सहकारीताको भूमिका विषयक माबि स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । ११ वटा बिद्यालयको सहभागिता रहेको वक्तृत्वकला प्रतियोगितामा लुम्बिनी माबिकी अपेक्षा ढकाल प्रथम, रमवापुर माबिकी स्मृति सापकोटा द्धितिय र जनसेवा माबिकी निशा गौतम तृतीय भएकी छन । यस्तै गरी प्रतियोगितामा साखुरा मेमोरियलकी इच्छा पाठक र रामनगर एकेडेमीकी आयुषा खरेल सान्त्वना स्थान हासिल गरेका छन ।
वक्तृत्वकला प्रतियोगितामा नेत्रलाल न्यौपाने , आनन्दराज अधिकारी ,र चिन्तामणी तिवारीले निर्णायक भुमिका निर्वाह गर्नु भएको थियो ।
संस्थाको अध्यक्ष यमलाल पाण्डेयको अध्यक्षता तथा सुनवल नगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष चुरामणी पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न माबि स्तरीय वक्तृत्वकला प्रतियोगितामा ११ विद्यालयको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन भेषराज न्यौपानले गर्नु भएको थियो ।


यहि माघ १८ गते हुने उदघाटन , सम्मान , पुरस्कार तथा सास्कृतिक कार्यक्रममा सहकारीका सस्थापक अध्यक्ष स्व. नित्यान्द पोखरेल सहित दुई जनालाई मरणोपरान्त सम्मान गरिनेछ । सोही अवसरमा सहकारीको स्थापनादेखि हालसम्म सञ्चालक समिति तथा विभिन्न उपसमितिमा रहेर योगदान गरेका सदस्यहरु, स्थापनादेखि हालसम्मका कर्मचारीहरुलाई सम्मान, वक्तृत्वकला प्रतियोगिताका विजयी विद्यार्थीलाई पुरस्कार वितरण र राष्ट्रिय कलाकार खुमन अधिकारी र रमिला न्यौपाने सहितका कलाकारहरुको उपस्थितिमा सांस्कृतिक कार्यक्रम पनि गरिने संस्थाले जनाएको छ ।
संस्थामा हाल महिला १०४८ र पुरुष ९८९ गरी दुई हजार ३७ जना शेयर सदस्य रहेका छन ।


प्रकाशित मिति: मंगलबार, माघ १७, २०७९, ०९:११:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भारतीय पाइलटलाई नेपाल उडानमा प्रतिबन्ध
भोजपुरी नायिका आकांक्षा दुबे होटलमा मृत फेला
रक्सी खाने मान्छे एमाले हुन नसक्ने अध्यक्ष ओलीको भनाई
भैरहवामा नयाँ वर्षको अवसरमा सडक खाना महोत्सव हुँदै
ताजा समाचार
भारतीय पाइलटलाई नेपाल उडानमा प्रतिबन्ध आइतवार, चैत्र १२, २०७९
स्पेनको भ्यालेन्सिया क्षेत्रमा भीषण आगलागी, ३ हजार हेक्टर क्षेत्रफल जङ्गल नष्ट
३ खेलाडीलाई तिलोत्तमामा नगदसहित सम्मान
भोजपुरी नायिका आकांक्षा दुबे होटलमा मृत फेला
उत्तराखण्डमा चट्याङमा परेर ३५० भेडा बाख्राको मृत्यु
आईपीएलमा नयाँ नियम : टसपछि सुरुवाती ११ चुन्न सकिने, इम्प्याक्ट प्लेयरलाई साट्न सकिने
रक्सी खाने मान्छे एमाले हुन नसक्ने अध्यक्ष ओलीको भनाई
भैरहवामा नयाँ वर्षको अवसरमा सडक खाना महोत्सव हुँदै
माओवादीसहित ६ दलद्धारा लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता
स्वास्थ्य
युवापुस्ता विवाह गर्न र बच्चा जन्माउन अनिच्छुक हुँदा दक्षिण कोरियाको प्रजनन दर घट्दै कञ्चन खवर
मेस्सीको फ्रिकिकमा पीएसजी विजयी, नेयमार घाइते कञ्चन खवर
अब चीनमा ईच्छा अनुसार सन्तान जन्माउने अधिकार दिइयो कञ्चन खवर
पत्रपत्रिकाबाट
अचम्मको कुरा डोल्पामा अझै पनि जेठो दाइले बिहे गरेपछि सबै भाइको पनि साझा श्रीमती बुधवार, भदौ १०, २०७७
समाजवादी व्यवस्थाको अपरिहार्यता पुष्टि हुँदै आइतवार, चैत्र २३, २०७६
जतिबेला चीन काेराेना महामारीसँग लडिरहेको थियो, तेस्बेला युरोप र अमेरिका ठट्टा गर्दैथिए बुधवार, चैत्र १२, २०७६
शुभकामना
नेमकिपाद्वारा चिनियाँ कम्युनिस्ट पार्टीको बीसौँ अधिवेशनलाई शुभकामना सन्देश बुधवार, आश्विन २६, २०७९
जसपा नेपाल लुम्बिनी प्रदेशद्वारा दशैं, शुभ दिपावली तथा छठ पर्वको शुभकामना व्यक्त शुक्रवार, आश्विन २९, २०७८
विजयनगर गाउपालिकाका अध्यक्ष गोपाल थापाद्धारा शुभकामना ब्यक्त शुक्रवार, आश्विन २९, २०७८
साहित्य
तिम्रो सुन्दरताको बयान गर्न...............
तिम्रो मायामा मन.........
गोबिन्द राज ओझा (राजन)को "रिस सबै त्याग गरेर"
सम्पर्क ठेगाना

डिजिटल अनलाइन पत्रिका कञ्चन खवरका लागि

प्रधान कार्यालय
कञ्चन सूचना तथा संचार केन्द्र
कञ्चन-४,अस्नैया,रुपन्देही
द्धारा संचालित
कञ्चन खवर

प्रकाशक/प्रधान सम्पादक :

जगिलाल थापा

सम्पादक :

तारा पौडेल

प्रबन्धक:

शेखर अर्याल

ठेगाना:

कञ्चन-४,अस्नैया,रुपन्देही

सम्पर्क:

+९७७-९८५७०३११२०र ९८५७०३७७२५

कम्पनी दर्ता :

२२७७८२/०७६/०७७

सूचना विभाग दर्ता :

२८७९/२०७८/७९

ईमेल:

[email protected]
हाम्रो बारेमा समृद्ध नेपाल,खुशी नेपालीका लागि सूचना र संचारको पहुच हरेक नागरिकमा पुर्याई सामाजिक, आर्थिक, नैतिक, राजनैतिक, शैक्षिक, सांस्कृतिक शसक्तिकरण गर्न,देश र जनता प्रति उत्तरदायी बनाई देशभक्त नागरिक बनाउन कञ्चन सूचना तथा संचार केन्द्र द्वारा संचालित अनलाइन डिजिटल पत्रिका कञ्चन खवर डटकम (Kanchankhabar.com) हो। यस अनलाईन पत्रिका मार्फत राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका राजनैतिक, आर्थिक, खेलकुद, कृषि, शिक्षा, उत्पादन, सामाजिक र बिज्ञान , प्रबृद्धि लगायतका खोजमुलक समाचार प्रकाशन र प्रसारण हुनेछ।
मेनु
  • समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • राजनीति
  • कृषि
  • आर्थिक
  • शिक्षा
  • अन्य
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • हाम्रो टीम
फेसबुक पेज
Nagarik Online Patrika
©Kanchan Khabar-2023 All rights reserved.
Site by: SoftNEP
Notifications
New
एक सय भेडा चराउने दस वर्षीय यमराज भन्छन्-अब पढ्न जादिनँ 2 mins ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago
Earlier
सिन्डिकेटको समर्थनमा ट्याङ्कर व्यवसायी, इन्धन ढुवानी ठप्प पार्ने चेतावनी 40 mins ago
सिन्डिकेट हटाएको विरोधमा यातायात व्यवसायीले देशव्यापी आन्दोलन गर्ने 1hr ago
चौथो खेलबाट मुम्बई इन्डियन्सको पहिलो जित, बैंलोर पराजित 2hrs ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago