Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • राजनीति
  • कृषि
  • आर्थिक
  • शिक्षा
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • अन्य
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरञ्जन
    • पत्रपत्रिकाबाट
    • शुभकामना
    • साहित्य
    • आजको राशीफल
  • विज्ञान तथा प्रबृद्धि
  • समसामयिक बिचार/लेख
सोमवार, चैत्र १३, २०७९ ०९:२५:५७ युनिकोड
  • गृहपृष्ठ
  • समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • राजनीति
  • कृषि
  • आर्थिक
  • शिक्षा
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • अन्य
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरञ्जन
    • पत्रपत्रिकाबाट
    • शुभकामना
    • साहित्य
    • आजको राशीफल
  • विज्ञान तथा प्रबृद्धि
  • समसामयिक बिचार/लेख
समाचार
  • Home
  • समाचार
  • रिस उठ्दा किन ढोका ढ्याम्म लगाउँछौँ ? विज्ञानले बतायो कारण !
रिस उठ्दा किन ढोका ढ्याम्म लगाउँछौँ ? विज्ञानले बतायो कारण !
64x64
सोमवार, फाल्गुन २९, २०७९ कञ्चन खवर

२९ फागुन, एजेन्सी ।

के तपाईँ पनि रिस उठ्दा ढोका ढ्याम्म लगाउनुहुन्छ रु यस्तो लगभग सबैलाई हुन्छ । रिस देखाउनका लागि ढोका बेस्सरी लगाउनु वा भाँडा बजार्नु एकाधको बानी नभई यो प्राकृतिक प्रतिक्रिया हो । विज्ञानलाई मान्ने हो भने यो एक प्रकारको ‘भेन्टिङ इफेक्ट’ हो जसले रिस कम गराउँछ । तर रिस कम हुनुको अर्को एउटा कारण पनि छ जस अनुसार हामी कुनै एउटा ढोका पार गरेर अर्को कोठामा पुग्छौँ तब अर्को कोठाको इमोसन्स हल्का हुने गर्छ ।

घरको ढोकाले विश्वमा सबैभन्दा बढी रिस झेलेको हुनुपर्छ । बच्चादेखि बुढासम्मकाले रिस उठ्दा ढोका नै बजार्छन् । त्यसको केही बेरपछि रिस कम हुन थाल्छ । यसको पछाडि ड्याम्म आवाज वा आफ्नो तत्कालीन दुस्मनलाई दुःख दिँदा पाइएको राहत होइन, यसको पछाडि पूरा मनोविज्ञान छ । विज्ञानका अनुसार जब हामी कोठाको ढोकाबाट बाहिर निस्कन्छौँ तब हामी पुरानो कुरा बिर्सन्छौँ । यो निकै थोरै समयका लागि हुन्छ, केही सेकेन्डसम्मका लागि । तर यति थोरै समय पनि हाम्रो रिस कम गर्नका लागि पर्याप्त हुन्छ । मनोवैज्ञानिक यसलाई डोर इफेक्ट वा डोर थ्रेसहोल्ड थ्योरी भन्छन् ।

सन् २००६ मा गेब्रियल ए रेडवेन्स्कीले डोरवे इफेक्टमा सुरुवाती अनुसन्धान गरे । यति बेला लगभग तीन सय मानिसमाथि पहिलो प्रयोग भयो, त्यसपछि थुप्रै चरणमा प्रयोग चलिरह्यो । शोधमा के पत्ता लाग्यो भने जब मानिसहरू एउटा कोठाबाट अर्को कोठामा आउनका लागि ढोका पार गर्छन् तब केही बेरका लागि अघिल्लो कोठाको उनको स्मरण धमिलो हुने गर्छ । उनीहरुले ढोका बेस्सरी लगाएर आए पनि, नआए पनि । डोरवे इफेक्टका कारण नै हामीलाई पुरानो कोठाको इमोसन्स केही कमजोर लाग्छ । रिसबाहेक यही कुरा अन्य भावनामा पनि लागू हुन्छ ।

सन् २०२१ मा अस्ट्रेलियाको बन्ड युनिभर्सिटीले पनि डोरवे इफेक्टमा अध्ययन गर्‍यो । मनोवैज्ञानिक ओलीवर बोम्यानले यसमा वास्तविक कोठाबाहेक भर्चुअल कोठा पनि जोडे । यसमा के पाइयो भने भर्चुअल तरिकाले पनि यदि मानिस एउटाबाट अर्को कोठामा जान्छन् भने उनीहरुले पुराना चिज बिर्सने गर्छन् । यसै कारण कुनै पनि स्ट्रङ इमोसन स्थान फेरिँदा हल्का हुने गर्छन् । त्यसैले तनाव वा डिप्रेसनका बिरामीलाई धेरैजसो हावा पानी फेर्न भनिन्छ ।

ढोका बन्द गर्दा रिस कम भएको जस्तो लाग्नुको अर्को एउटा कारण पनि छ । ढोका बेस्सरी लगाउँदा जुन आवाज निस्कन्छ त्यसले दिमागलाई सन्तुलित बनाउन मद्दत गर्छ । ठुलो आवाज आएपछि अपराध बोध पैदा हुन्छ, जसले याद दिलाउँछ कि सानो तिनो गल्ती हामीबाट पनि हुन्छ । यो पनि एउटा कारण हो जसले डोर स्ल्यामिङ ९ढोका बजारेपछि० पछि रिस नियन्त्रणमा आउन थाल्छ । साधरणतया किशोरावस्थामा यस्तो धेरै देखिन्छ ।

आवाजसँग भावनाको गहिरो सम्बन्ध हुन्छ । विशेष गरी दुःख वा रिसमा आवाज निकाल्दा धेरै हदसम्म राहत पुर्याउन मद्दत गर्छ । वैज्ञानिकका अनुसार यदि एक्सट्रिम इमोसनको स्थितिमा हामी चिच्यायौँ भने। यसले भावना नियन्त्रणमा आउने गर्छ । यसलाई प्राइमल स्क्रिम थेरापी भनिन्छ । साठीको दशकमा सबैभन्दा पहिला मनोवैज्ञानिक आर्थर जेनवले यसबारे कुरा गरेका थिए । उनले बाल्यकालमा मानसिक आघात झेलिसकेका मानिसमा आफ्नो अध्ययनका बेला स्क्रिमिङ थेरापीको सहायता लिए र यसले निकै फाइदा पनि पुर्‍यायो । त्यसपछि लगातार विशेषज्ञले यसमा अध्ययन गरिरहेका छन् । कोभिडका बेला मानिसहरू घरमा बन्द भएका बेला वैज्ञानिकले यो थेरापी अपनाउनेबारे कुरा गरेका थिए । यसले एन्डोर्फिन हर्मोन निस्कन्छ जसका कारण स्ट्रेस कम हुन्छ ।

 


प्रकाशित मिति: सोमवार, फाल्गुन २९, २०७९, १०:१०:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भारतीय पाइलटलाई नेपाल उडानमा प्रतिबन्ध
भोजपुरी नायिका आकांक्षा दुबे होटलमा मृत फेला
रक्सी खाने मान्छे एमाले हुन नसक्ने अध्यक्ष ओलीको भनाई
भैरहवामा नयाँ वर्षको अवसरमा सडक खाना महोत्सव हुँदै
ताजा समाचार
भारतीय पाइलटलाई नेपाल उडानमा प्रतिबन्ध आइतवार, चैत्र १२, २०७९
स्पेनको भ्यालेन्सिया क्षेत्रमा भीषण आगलागी, ३ हजार हेक्टर क्षेत्रफल जङ्गल नष्ट
३ खेलाडीलाई तिलोत्तमामा नगदसहित सम्मान
भोजपुरी नायिका आकांक्षा दुबे होटलमा मृत फेला
उत्तराखण्डमा चट्याङमा परेर ३५० भेडा बाख्राको मृत्यु
आईपीएलमा नयाँ नियम : टसपछि सुरुवाती ११ चुन्न सकिने, इम्प्याक्ट प्लेयरलाई साट्न सकिने
रक्सी खाने मान्छे एमाले हुन नसक्ने अध्यक्ष ओलीको भनाई
भैरहवामा नयाँ वर्षको अवसरमा सडक खाना महोत्सव हुँदै
माओवादीसहित ६ दलद्धारा लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता
स्वास्थ्य
युवापुस्ता विवाह गर्न र बच्चा जन्माउन अनिच्छुक हुँदा दक्षिण कोरियाको प्रजनन दर घट्दै कञ्चन खवर
मेस्सीको फ्रिकिकमा पीएसजी विजयी, नेयमार घाइते कञ्चन खवर
अब चीनमा ईच्छा अनुसार सन्तान जन्माउने अधिकार दिइयो कञ्चन खवर
पत्रपत्रिकाबाट
अचम्मको कुरा डोल्पामा अझै पनि जेठो दाइले बिहे गरेपछि सबै भाइको पनि साझा श्रीमती बुधवार, भदौ १०, २०७७
समाजवादी व्यवस्थाको अपरिहार्यता पुष्टि हुँदै आइतवार, चैत्र २३, २०७६
जतिबेला चीन काेराेना महामारीसँग लडिरहेको थियो, तेस्बेला युरोप र अमेरिका ठट्टा गर्दैथिए बुधवार, चैत्र १२, २०७६
शुभकामना
नेमकिपाद्वारा चिनियाँ कम्युनिस्ट पार्टीको बीसौँ अधिवेशनलाई शुभकामना सन्देश बुधवार, आश्विन २६, २०७९
जसपा नेपाल लुम्बिनी प्रदेशद्वारा दशैं, शुभ दिपावली तथा छठ पर्वको शुभकामना व्यक्त शुक्रवार, आश्विन २९, २०७८
विजयनगर गाउपालिकाका अध्यक्ष गोपाल थापाद्धारा शुभकामना ब्यक्त शुक्रवार, आश्विन २९, २०७८
साहित्य
तिम्रो सुन्दरताको बयान गर्न...............
तिम्रो मायामा मन.........
गोबिन्द राज ओझा (राजन)को "रिस सबै त्याग गरेर"
सम्पर्क ठेगाना

डिजिटल अनलाइन पत्रिका कञ्चन खवरका लागि

प्रधान कार्यालय
कञ्चन सूचना तथा संचार केन्द्र
कञ्चन-४,अस्नैया,रुपन्देही
द्धारा संचालित
कञ्चन खवर

प्रकाशक/प्रधान सम्पादक :

जगिलाल थापा

सम्पादक :

तारा पौडेल

प्रबन्धक:

शेखर अर्याल

ठेगाना:

कञ्चन-४,अस्नैया,रुपन्देही

सम्पर्क:

+९७७-९८५७०३११२०र ९८५७०३७७२५

कम्पनी दर्ता :

२२७७८२/०७६/०७७

सूचना विभाग दर्ता :

२८७९/२०७८/७९

ईमेल:

[email protected]
हाम्रो बारेमा समृद्ध नेपाल,खुशी नेपालीका लागि सूचना र संचारको पहुच हरेक नागरिकमा पुर्याई सामाजिक, आर्थिक, नैतिक, राजनैतिक, शैक्षिक, सांस्कृतिक शसक्तिकरण गर्न,देश र जनता प्रति उत्तरदायी बनाई देशभक्त नागरिक बनाउन कञ्चन सूचना तथा संचार केन्द्र द्वारा संचालित अनलाइन डिजिटल पत्रिका कञ्चन खवर डटकम (Kanchankhabar.com) हो। यस अनलाईन पत्रिका मार्फत राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका राजनैतिक, आर्थिक, खेलकुद, कृषि, शिक्षा, उत्पादन, सामाजिक र बिज्ञान , प्रबृद्धि लगायतका खोजमुलक समाचार प्रकाशन र प्रसारण हुनेछ।
मेनु
  • समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • राजनीति
  • कृषि
  • आर्थिक
  • शिक्षा
  • अन्य
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • हाम्रो टीम
फेसबुक पेज
Nagarik Online Patrika
©Kanchan Khabar-2023 All rights reserved.
Site by: SoftNEP
Notifications
New
एक सय भेडा चराउने दस वर्षीय यमराज भन्छन्-अब पढ्न जादिनँ 2 mins ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago
Earlier
सिन्डिकेटको समर्थनमा ट्याङ्कर व्यवसायी, इन्धन ढुवानी ठप्प पार्ने चेतावनी 40 mins ago
सिन्डिकेट हटाएको विरोधमा यातायात व्यवसायीले देशव्यापी आन्दोलन गर्ने 1hr ago
चौथो खेलबाट मुम्बई इन्डियन्सको पहिलो जित, बैंलोर पराजित 2hrs ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago