Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • राजनीति
  • कृषि
  • आर्थिक
  • शिक्षा
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • अन्य
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरञ्जन
    • पत्रपत्रिकाबाट
    • शुभकामना
    • साहित्य
    • आजको राशीफल
  • विज्ञान तथा प्रबृद्धि
  • समसामयिक बिचार/लेख
सोमवार, चैत्र १३, २०७९ १०:२२:२९ युनिकोड
  • गृहपृष्ठ
  • समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • राजनीति
  • कृषि
  • आर्थिक
  • शिक्षा
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • अन्य
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरञ्जन
    • पत्रपत्रिकाबाट
    • शुभकामना
    • साहित्य
    • आजको राशीफल
  • विज्ञान तथा प्रबृद्धि
  • समसामयिक बिचार/लेख
समाचार
  • Home
  • समाचार
  • बुटवल उपमहानगरपालिकाद्वारा स्वास्थ्य संस्थाका अगुवाहरुसँग छलफल
बुटवल उपमहानगरपालिकाद्वारा स्वास्थ्य संस्थाका अगुवाहरुसँग छलफल
64x64
शनिवार, चैत्र ४, २०७९ कञ्चन खवर

४ चैत, बुटवल।

बुटवल उपमहानगरपालिकाले सेवाप्रवाह तथा विकासबारे आगामी रणनीति तय गर्न शनिबार बुटवलभित्रका अस्पताल तथा स्वास्थ्य संस्थाका अगुवाहरुसँग छलफल गरेको छ । छलफल कार्यक्रमका बोल्दै सहभागीहरुले स्वास्थ्य संस्थाहरुबाट उत्पादन हुने फोहोर व्यवस्थापनमा उपमहानगरपालिकाले अगुवाई गर्न सुझाव दिएका छन् । स्वास्थ्य संस्थाका अध्यक्ष तथा कार्यकारी निर्देशकहरुले बुटवललाई स्वास्थ्यमा अगुवा सहर बनाउनका लागि विशिष्ट र आधुनिक सुविधासम्पन्न अस्पताल बनाउनुपर्ने र त्यसका लागि उपमहानगरपालिकाले समन्वयकारी भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् । सरकारी नीति निर्माणमा संघीय सरकारले निजी क्षेत्रलाई नियन्त्रणमुखी नीति बनाउन प्रयास गरेकोले खुला नीति अवलम्बन गर्न उनीहरुले सुझाव दिए । स्तरीय स्वास्थ्य सुविधा प्रदानका लागि सरकारी नीतिले साथ दिएमा सरकारी र निजी क्षेत्रको समन्वयमा विशिष्टीकृत सुविधा घरघरमा पुर्‍याउन तयार रहेको उनीहरुले बताएका छन् ।

कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवललाई स्वास्थ्य क्षेत्रमा अग्रणी सहर बनाउनका लागि निजी क्षेत्रले समेत स्तरीय सेवासुविधा प्रदान गर्नुपर्ने बताउनुभयो । उहाँले संख्यात्मक भन्दा बढी गुणात्मक हिसाबले अस्पतालहरु स्थापना तथा सञ्चालन गर्नुपर्ने बताउँदै सहजीकरण तथा समन्वयका लागि बुटवल उपमहानगरपालिका तयार रहेको बताउनुभयो । उहाँले नीतिगत हिसाबले बुटवल उपमहानगरपालिकाले संघ र प्रदेशसँग समन्वय गरी बुटवललाई स्वास्थ्य क्षेत्रमा सुविधासम्पन्न बनाउनका लागि अगुवाई गर्ने बताउनुभयो । उहाँले चितवन स्वास्थ्यकै कारण अगाडि बढिरहेको भन्दै बुटवललाई शिक्षा र स्वास्थ्यमा अगुवा बनाउनका लागि निजी क्षेत्रको समेत चासो र लगानी बढ्नुपर्ने बताउनुभयो । बुटवलमा स्वास्थ्य क्षेत्रमा लगानी भएपनि पर्याप्त र अत्याधुनिक सुविधा प्रदान गर्नका लागि थप लगानी आवश्यक देखिएको बताउनुभयो ।

बुटवल उपमहानगरपालिकाले बुटवललाई देशकै अगुवा शहर बनाउनका लागि योजना निर्माण गर्दै सेवाप्रवाहलगायतका विषयमा विज्ञहरुको रायसुझाव लिने अभियानको थालनी गरेको हो । सोमबारदेखि आगामी चैत ८ गते बुधबारसम्म नियमित रुपमा सञ्चालन हुने क्षेत्रगत सुझाव संकलन तथा समन्वयसम्बन्धि कार्यक्रममा बुटवलभित्रका विभिन्न क्षेत्रका विज्ञ तथा सरोकारवालाहरुसँग छलफल गरिने निमित्त प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले बताउनुभयो ।

चैत ५ गते संस्थागत विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु, सामुदायिक विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समितिका अध्यक्षहरु, ६ गते टोलविकास संस्थाका अध्यक्षहरुसँग छलफल गर्ने कार्यक्रम रहेको सामाजिक विकास महाशाखा प्रमुख तथा सूचना अधिकारी तुलसा अर्यालले बताउनुभयो । यस्तै, चैत ७ गते खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष, लायन्स, लियो, लायनेस, जेसिजलगायतका गैरसरकारी संस्थाहरुसँग र ८ गते सरकारी तथा निजी क्याम्पसका अध्यक्ष र क्याम्पस प्रमुखहरुसँग छलफल गर्ने कार्यक्रम रहेको नगरप्रवक्ता शिव रानाले जानकारी दिनुभयो। सार्वजनिक सरोकार राख्ने संघसंस्था तथा सरोकारवालाहरुसँग छलफल गरेपछि जनताका समस्या बुझ्ने गरी जनस्तरसम्म पुग्ने र सुझाव लिने कार्यक्रम रहेको उहाँले बताउनुभयो ।

 


प्रकाशित मिति: शनिवार, चैत्र ४, २०७९, ०७:५०:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भारतीय पाइलटलाई नेपाल उडानमा प्रतिबन्ध
भोजपुरी नायिका आकांक्षा दुबे होटलमा मृत फेला
रक्सी खाने मान्छे एमाले हुन नसक्ने अध्यक्ष ओलीको भनाई
भैरहवामा नयाँ वर्षको अवसरमा सडक खाना महोत्सव हुँदै
ताजा समाचार
भारतीय पाइलटलाई नेपाल उडानमा प्रतिबन्ध आइतवार, चैत्र १२, २०७९
स्पेनको भ्यालेन्सिया क्षेत्रमा भीषण आगलागी, ३ हजार हेक्टर क्षेत्रफल जङ्गल नष्ट
३ खेलाडीलाई तिलोत्तमामा नगदसहित सम्मान
भोजपुरी नायिका आकांक्षा दुबे होटलमा मृत फेला
उत्तराखण्डमा चट्याङमा परेर ३५० भेडा बाख्राको मृत्यु
आईपीएलमा नयाँ नियम : टसपछि सुरुवाती ११ चुन्न सकिने, इम्प्याक्ट प्लेयरलाई साट्न सकिने
रक्सी खाने मान्छे एमाले हुन नसक्ने अध्यक्ष ओलीको भनाई
भैरहवामा नयाँ वर्षको अवसरमा सडक खाना महोत्सव हुँदै
माओवादीसहित ६ दलद्धारा लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता
स्वास्थ्य
युवापुस्ता विवाह गर्न र बच्चा जन्माउन अनिच्छुक हुँदा दक्षिण कोरियाको प्रजनन दर घट्दै कञ्चन खवर
मेस्सीको फ्रिकिकमा पीएसजी विजयी, नेयमार घाइते कञ्चन खवर
अब चीनमा ईच्छा अनुसार सन्तान जन्माउने अधिकार दिइयो कञ्चन खवर
पत्रपत्रिकाबाट
अचम्मको कुरा डोल्पामा अझै पनि जेठो दाइले बिहे गरेपछि सबै भाइको पनि साझा श्रीमती बुधवार, भदौ १०, २०७७
समाजवादी व्यवस्थाको अपरिहार्यता पुष्टि हुँदै आइतवार, चैत्र २३, २०७६
जतिबेला चीन काेराेना महामारीसँग लडिरहेको थियो, तेस्बेला युरोप र अमेरिका ठट्टा गर्दैथिए बुधवार, चैत्र १२, २०७६
शुभकामना
नेमकिपाद्वारा चिनियाँ कम्युनिस्ट पार्टीको बीसौँ अधिवेशनलाई शुभकामना सन्देश बुधवार, आश्विन २६, २०७९
जसपा नेपाल लुम्बिनी प्रदेशद्वारा दशैं, शुभ दिपावली तथा छठ पर्वको शुभकामना व्यक्त शुक्रवार, आश्विन २९, २०७८
विजयनगर गाउपालिकाका अध्यक्ष गोपाल थापाद्धारा शुभकामना ब्यक्त शुक्रवार, आश्विन २९, २०७८
साहित्य
तिम्रो सुन्दरताको बयान गर्न...............
तिम्रो मायामा मन.........
गोबिन्द राज ओझा (राजन)को "रिस सबै त्याग गरेर"
सम्पर्क ठेगाना

डिजिटल अनलाइन पत्रिका कञ्चन खवरका लागि

प्रधान कार्यालय
कञ्चन सूचना तथा संचार केन्द्र
कञ्चन-४,अस्नैया,रुपन्देही
द्धारा संचालित
कञ्चन खवर

प्रकाशक/प्रधान सम्पादक :

जगिलाल थापा

सम्पादक :

तारा पौडेल

प्रबन्धक:

शेखर अर्याल

ठेगाना:

कञ्चन-४,अस्नैया,रुपन्देही

सम्पर्क:

+९७७-९८५७०३११२०र ९८५७०३७७२५

कम्पनी दर्ता :

२२७७८२/०७६/०७७

सूचना विभाग दर्ता :

२८७९/२०७८/७९

ईमेल:

[email protected]
हाम्रो बारेमा समृद्ध नेपाल,खुशी नेपालीका लागि सूचना र संचारको पहुच हरेक नागरिकमा पुर्याई सामाजिक, आर्थिक, नैतिक, राजनैतिक, शैक्षिक, सांस्कृतिक शसक्तिकरण गर्न,देश र जनता प्रति उत्तरदायी बनाई देशभक्त नागरिक बनाउन कञ्चन सूचना तथा संचार केन्द्र द्वारा संचालित अनलाइन डिजिटल पत्रिका कञ्चन खवर डटकम (Kanchankhabar.com) हो। यस अनलाईन पत्रिका मार्फत राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका राजनैतिक, आर्थिक, खेलकुद, कृषि, शिक्षा, उत्पादन, सामाजिक र बिज्ञान , प्रबृद्धि लगायतका खोजमुलक समाचार प्रकाशन र प्रसारण हुनेछ।
मेनु
  • समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • राजनीति
  • कृषि
  • आर्थिक
  • शिक्षा
  • अन्य
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • हाम्रो टीम
फेसबुक पेज
Nagarik Online Patrika
©Kanchan Khabar-2023 All rights reserved.
Site by: SoftNEP
Notifications
New
एक सय भेडा चराउने दस वर्षीय यमराज भन्छन्-अब पढ्न जादिनँ 2 mins ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago
Earlier
सिन्डिकेटको समर्थनमा ट्याङ्कर व्यवसायी, इन्धन ढुवानी ठप्प पार्ने चेतावनी 40 mins ago
सिन्डिकेट हटाएको विरोधमा यातायात व्यवसायीले देशव्यापी आन्दोलन गर्ने 1hr ago
चौथो खेलबाट मुम्बई इन्डियन्सको पहिलो जित, बैंलोर पराजित 2hrs ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago