३० असार,कञ्चन
रुपन्देहीको गैडहवा गाउपालिका वडा नं. ३ कर्महवामा रहेको बिष्णुपुरा माध्यमिक बिधालयमा बिधालय व्यबस्थापन समितिले मनोमानी रुपमा बिधालयको किर्ते लेटरप्याड, छाप र निर्णय पुस्तिका तयार गरी बिधालयको शैक्षिक वातावरणमा हस्तक्षेप गरेको पाइएको छ।
नेपाल शिक्षक महासंघ,गैडहवाको तर्फबाट ज्ञापन पत्र बुझाउदै किर्ते निर्णय पुस्तिका बनाई बिधालयका प्रधानाध्यापक तथा सदस्य सचिवको उपस्थिति बिना बैठक बसी मौजुदा प्रधानाध्यापकलाई हटाई नयाँ प्रधानाधयापक नियुक्ती गर्ने, किर्ते लेटर प्याड र छाप प्रयोग गरी नयाँ प्रधानाध्यापक र कार्यलय सहायकको नाममा बिधालयको बैंक खाता संचलान गर्ने जस्ता निर्णय गरी गाउपालिकालाई जानकारी दिने जस्ता निर्णय गरेको बिधालयका प्रधानाध्यापक हरिशचन्द्र कोहांरले बुधवार गैडहवा गाउपालिकाको कार्यलय परिसरमा आरोप लगाएका छन। ज्ञापन पत्रमा म के कति कारणले बिधालयको प्रधानाध्यापक पदबाट हटाउने निर्णय भएको हो, बिधालयको सम्पुर्ण लेटर प्याड,छाप र बि.व्य.स.को निर्णय पुस्तिका प्रधानाध्यापकको कार्यकक्षमा रहेको अवस्थामा अबैध निर्णय पुस्तिका र लेटरप्याडमा गाउपालिकालाई सिफारिस पत्र लेख्नुले बिधालयको गरिमामा आंच पुराएको आरोप लगाउदै बि.व्य.स.को नाममा अबैध कृयाकलाप गर्ने माथी आवस्यक छानबिन गरी कार्वाही गर्नुको साटो गाउपालिकाले तिनै व्यक्तिहरुलाई प्रशय दिदै आइरहेको समेत प्रधानाधयापक कोहांरले आरोप लगाए । बि.ब्य.स.को नामबाट गाउपालिकामा पठाइएको भनिएको निर्णय पुस्तिकामा बैठक बसेको न मिति छ न त गाउपालिकालाई लेखिएको पत्रमा चलानी नम्वर छ भन्दै प्रधानाध्यापक कोहांरले बि.व्य.स.का अध्यक्षको मनोमानी र स्वेच्छाचारी कृयाकलापको अन्त्य गरी बिधालय भित्र हुने अराजक गतिबिधी तुरुन्त रोक्न समेत गाउपालिका समक्ष आग्रह गरे ।
यस्तै नेपाल शिक्षक संघ,गैडहवाका सूर्य नारायण धवलले गैडहवा गाउपालिकाले शैक्षिक क्षेत्रलाई स्वतन्त्र र सम्बेदनशिल क्षेत्रको रुपमा बिकास गर्नुको साटो बिधालय भित्र हुने र भइरहेको कृयाकलापलाई सुक्ष्म ढंगले अध्धयननै नगरी बिधालयलाई अघोषित रुपमा राजनैतिक प्रतिशोधले हेर्न थालिएको आरोप लगाए । यसैगरी नेपाल राष्ट्रिय शिक्षक संगठन,गैडहवाका अध्यक्ष संजय कुमार यादवले बिधालय व्यबस्थापन समितिका अध्यक्षलाई प्रधानाध्यापक मन परेन भन्दै बिधालयको प्रधानाध्यापक फेर्दै जाने हो भने बिधालयको शैक्षिक गुणस्तरमा कहिले सुधार ल्याउन सकिन्छ भन्दै प्रश्न गरे । यदि बिधालयबाट कुनै शिक्षक वा प्रधानाध्यापक हटाउने नै भए हटाउनु पर्ने के कति कारण छन? गल्ती नै गरेको भए सफाईको समय पाउने कि नपाउने? या बिधालयको शैक्षिक स्तर बढाउने शिक्षक तथा प्रधानाध्यापक आवस्यक हो कि बि.व्य.स.को अध्यक्षलाई मन पर्ने वा उनिहरुको तजविजमा चल्ने प्रधानाध्यापकको व्यबस्था गर्ने हो भन्दै बिष्णुपुरा माध्यमिक बिधालय र मुक्तीधाम आधारभुत बिधालयमा भएको अबैध गतिबिधीको नियन्त्रणका लागि गाउपालिकाले तत्काल पहलकदमी चाल्न आग्रह गरे ।
पछिल्लो पटक गैडहवा गाउपालिकाको शैक्षिक क्षेत्रहरुमा बि.व्य.स. र प्रधानाध्यापक बिच भइरहेको द्वण्डको समाधान गर्ने तर्फ गाउपालिका प्रतिबद्ध भइरहेको गाउपालिकाका अध्यक्ष बच्चुलाल केवटले बताए । बि.व्य.स.को पत्र आउदैमा प्रधानाध्यापक परिबर्तन हुने नभई उक्त पत्रहरुमाथी आवस्यक अध्ययन र छलफलबाट समाधान निकाल्न सकिने अध्यक्ष केवटले बताए । बिधालयको प्रधानाध्यापक नियुक्त गर्ने अधिकार गाउपालिकालाई नभई बि.व्य.स.लाई हुने समेत जानकारी गराए ।
यसैगरी गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत चिरञ्जिवी घिमिरेले गाउपालिकामा प्रमुख प्रशासकिय अधिकृतलाई सम्बोधन गरी आउने हरेक पत्र वा निवेदनमाथी आवस्यक कार्वाही वा अध्ययन र छलफलका लागि सम्बन्धित शाखाहरु पठाइने बताए । गाउपालिकामा आउने पत्र वा निवेदनहरुको प्रकृया सही वा गलत, मापदण्ड पुगेको वा नपुगेको भन्नेबारे सम्बन्धित शाखाले आवस्यक अध्ययन गरी आवस्यकता अनुसार छलफल गराउने र आवस्यक कार्वाहीका लागि सिफारिस आउने प्रमुख प्रशासकिय अधिकृत घिमिरेले बताए ।
शिक्षा शाखाका कृष्ण नारायण चौधरीले बिष्णुपुरा माधयमिक बिधालयबारे गाउपालिकामा आएको निवेदन उपर आवस्यक अध्ययन तथा अनुसन्धान भइरहेको र शिक्षा समितिको बैठकमा आवस्यक छलफलका लागि पेश हुने जानकारी गराए ।
बिधालय ब्यबस्थापन समितिका अध्यक्ष कृष्ण केवटको अध्यक्षतामा बसेको बैठकमा साल र महिना उल्लेख गरेको भएपनि गते नै उल्लेख गरिएको छैन ।मिति उल्लेखै नगरी भएको बैठकको निर्णय नं. २ मा बिधालयको जिम्मेवारी बहन गर्न नसकेको भन्दै प्रधानाधयापक हरिशचन्द्र कोंहारलाई प्रधानाध्यापक पदबाट हटाई बिधालयका सहायक प्रधानाध्यापक राम किशोर आरखलाई प्रधानाध्यापक पदमा नियुक्त गर्ने निर्णय गरेको छ। समितिका पदेन सदस्यको रुपमा रहेका वडा नं. ३ का वडा अध्यक्ष राम ओजर यादव, वडा सदस्य चरनजित गुप्ता र सदस्य सचिव तथा प्रधानाध्यापक हरिश चन्द्र कोहाँर समेतको उपस्थिति बिना भएको बैठकको निर्णय नं. ३ मा प्रधानाध्यापक हरिशचन्द्र कोहांर र कार्यलय सहायक रविलाल यादवको संयुक्त हस्ताक्षरमा संचालित बैंक खाता नव नियुक्त भनिएका राम किसोर आरख र का.स. रविलाल यादवको संयुक्त हस्ताक्षरबाट खाता संचालन गर्ने समेत निर्णय गरेको छ।
बिधालयको लेटरप्याडमा बि.व्य.स.को अध्यक्षले हस्ताक्षर गरी पत्र लेख्न पाइदैन।तर बिष्णुपुरा माध्यमिक बिधालयको लेटरप्याडमा सो बिधालय व्यबस्थापन समितिका अध्यक्ष कृष्ण केवटले हस्ताक्षर गरी बिधालयको प्रधानाध्यापक परिबर्तन गरी नयाँ प्रधानाध्यापक नियुक्त गरिएको जानकारी पत्र गाउपालिकामा पठाएका छन। जसमा चलानी नं. उल्लेख समेत गरिएको छ।