३ साउन, कञ्चन
रुपन्देहीको कञ्चन गाउपालिका वडा नं. ३ हरैयाका ब्लड क्यान्सर भई मृत्यु भएका स्वर्गिय अमृत क्षेत्रीको परिवारलाई हरैया सम्पर्क मञ्च,दक्षिण कोरियाले राहत स्वरुप आर्थिक प्रदान गरेको छ। मञ्चले गत १ महिना अगाडी क्यान्सर रोगबाट मृत्यु भएका अमृत क्षेत्रीको उपचारको लागि बैदेशिक रोजगारको क्रममा दक्षिण कोरियामा रहेका कञ्चनका युवाहरुको समन्वयमा संकलित १७ लाख ६१ हजार ८ सय त्रियासी रुपैयाको चेक स्वर्गिय क्षेत्रीका आमा श्रीदेबी क्षेत्रीलाई रुपन्देही क्षेत्र नं. ५(क) का सभासद तथा नेकपा एमालेका लुम्बिनी प्रदेश सभाका प्रमुख सचेतक भुमिश्वर ढकालले हस्तान्तरण गरिएको हो ।
सभासद ढकालले परिवारको खुशीका लागि बैदेशिक रोजगारको क्रममा दक्षिण कोरियामा गएका कञ्चनका युवाहरुद्वारा क्यान्सर रोगबाट ग्रसित अमृत क्षेत्रीको उपचारको लागि 'अमृत क्षेत्री बचाऔं अभियान' संचालन गरी आर्थिक संकलन गरेका सबै सहयोगीहरुलाई धन्यबाद दिएका छन। सभासद ढकालले अमृत क्षेत्रीलाई बचाउनको लागि संकलित रकम उपचारमा खर्च गर्न नपाउदै मृत्यु बरण गरेका क्षेत्रीको परिवारलाई युवाहरुबाट हस्तान्तरण गर्नु निकै स्रहानिय रहेको समेत व्यक्त गरे ।
यसैगरी कञ्चन गाउपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले जव जव कञ्चनमा बिपद आउछ तव तव कोरियामा रहेका युवाहरुबाट हुदै आएको सहयोग निकै अतुलनिय रहेको उल्लेख गरे । बैदेशिक रोजगारीको क्रममा दक्षिण कोरियामा गएका युवाहरुबाट रुद्रपुर स्वास्थ्यचौकीको लागि करिब ५ लाख बराबरको स्वास्थ्य सामग्री उपलब्ध गराएको समेत स्मरण गरे ।
दक्षिण कोरियामा रहेका किशोर ढकाल,ध्रुव खनाल, राज भण्डारी, लेखनाथ पौडेल, दधिराम भट्टराई, बादल जि.सी. गणेश बस्यौला, सन्तोष सिग्देल, रमेश खडका, गोबिन्द ढकाल, के.बि. थापा, युद्ध सलामी लगायत युवाहरुको समन्वयमा संकलित उक्त सहयोग रकमलाई नेपालमा सुभाष क्षेत्री, किरण सारु, दिपेन पौडेल, बालकृष्ण पौडेलले स्वर्गिय क्षेत्रीको परिवारलाई उपलबध गराउन सहजिकरण गरेका थिए ।
संकलित रकम मध्ये ५ लाख रुपैया स्वर्गिय अमृत क्षेत्रीको छोरीको नाममा बैंकमा, १ लाख रुपैया स्व. क्षेत्रीको नाममा हरैया बहुमुखी क्याम्पसमा अक्षयकोष स्थापना गरि बांकी रकम आमा श्रीदेबी क्षेत्रीलाई हस्चान्तरण गरिएको हरैया सम्पर्क मञ्च,दक्षिण कोरियाका लागि रुद्रपुरका प्रतिनीधि सुभाष क्षेत्रीले जानकारी दिएका छन।
हरैया सम्पर्क मञ्च,दक्षिण कोरियाका लागि रुद्रपुरका प्रतिनीधि बालकृष्ण पौडेलको अध्यक्षता तथा सुभाष क्षेत्रीको संचालनमा आयोजित सहयोग हस्तान्तरण कार्यक्रम सम्पन्न भएको थियो ।
मुसहर बस्तीका अति विपन्न परिवारलाई राहत बितरण
यस्तैगरी हरैया सम्पर्क मञ्च,दक्षिण कोरियाको समन्वयमा संकलित रकमबाट रुपन्देहीको कञ्चन गाउपालिकाका अति विपन्न ५ मुसहर परिवारलाई राहत वितरण गरिएको छ । हरैया सम्पर्क मञ्च,दक्षिण कोरियाका लागि कञ्चनका प्रतिनीधि सुभास क्षेत्री, किरण सारु, दिपेन पौडेल लगायतको सहजिकरणमा राहत स्वरुप ५ किलो चामल,नुन तेल र सोयाबडी वितरण गरिएको हो ।
कञ्चन गाउपालिका वडा नं. २ का वडा सदस्य उमा सुनार र स्थानिय समाजसेवी दुर्गा अर्यालको समन्वयमा घरमा छाक टार्न समेत समस्यामा परेका ५ मुसहर परिवारलाई राहत प्रदान गरिएको रुद्रपुर हरैया सम्पर्क मञ्च,दक्षिण कोरियाका लागि कञ्चनका प्रतिनीधि दिपेन पौडेलले जानकारी दिए ।
माहिला थारुलाई पनि खाट सहयोग
यसैगरी मञ्चले कञ्चन गाउपालिका वडा नं. ५ पिपरीचापा स्थित डांडालाइनमा बस्ने माइला थारुलाई एक थान ग्रिलको खाट उपलब्ध गराइएको छ। स्थानिय शिक्षिका दुर्गा थापाको सहजिकरणमा निकै कष्ट रुपमा जिवन गुजारा गर्दै आएका माहिला थारुको परिवारलाई सत्ने बिस्तराको रुपमा उक्त खाट उपलबध गराइएको सुभाष क्षेत्रीले जानकारी दिए ।