५ असार,कञ्चन
रुद्रपुर सामुदायिक बन उपभोक्ता समूह,कञ्चन ४,रुपन्देहीले आफ्नो सामुदायिक बन क्षेत्रमा १ हजार बिरुवा रोपण गरेको छ। रुद्रपुर साथी सञ्जाल,गजेडी साथी सञ्जाल, कञ्चन महिला कृषि उधमी सहकारी संस्था, प्रगतीशिल आमा समूह, गौतम बुद्ध सामुदायिक बिकास केन्द्र,कञ्चन ५, रुपन्देहीको सहयोगमा उक्त बृक्षारोपण गरिएको हो ।
जिल्ला डिभिजन बन कार्यलय,रुपन्देहीका डिभिजन प्रमुख बोधराज सुवेदीले जंगलको सौन्दर्यता बनमा हुने चोरी तस्करी र बन क्षेत्र अतिक्रमणको रोकथाम तथा नियन्त्रणमा निर्भर हुने बताए । बनमा हुने चोरी तस्करी नियन्त्रण र बन क्षेत्रको अतिक्रमण रोक्न सामुदायिक बनका कर्मचारी, पदाधिकारी, प्रहरी प्रशासनले मात्र सम्भव नहुने भएकोले जसरी बृक्षरोपण कार्यमा बिभिन्न आम समूह,साथी सञ्जाल र क्लवहरुको सक्रियता उत्तिकै हुनु पर्नेमा डिभिजन प्रमुख सुवेदीले जोड दिए । चोरी नियन्त्रण तथा अतिक्रमण रोकथाम गर्ने क्लव, आमा समूह तथा व्यक्तिहरुलाई डिभिजन बन कार्यलयबाट पुरस्कार सहितको सम्मान गरिने समेत डिभिजन प्रमुख सुबेदीले जानकारी दिएका छन।
यस्तै कञ्चन गाउपालिका वडा नं. ५ का वडा अध्यक्ष तथा बिशिष्ट अतिथि कृष्ण प्रसाद अधिकारीले बन संरक्षण दिगो बन बिकासका लागि आम उपभोक्ताहरु सचेत हुनु पर्नेमा जोड दिएका छन। बृक्षारोपण गरेर मात्र बनको संरक्षण दिगो बिकास नहुने भएकोले बन क्षेत्र नजिक रहेका उपभोक्ताहरुले रोपण गरिएको बिरुवाको संरक्षण गर्न सकेमात्र बनलाई हराभरा बनाउन सकिने वडा अध्यक्ष अधिकारीले उल्लेख गरे।
यसैगरी सामुदायिक बन उपभोक्ता महासंघ,रुपन्देहीका अध्यक्ष दीननाथ आचार्यले स्थानिय उपभोक्ताहरुले संरक्षण गरेर हुर्काएको बनबाट निस्कने बन पैदावरको उपभोगमा स्थानिय उपभोक्ताहरुको अग्राधिकारलाई सुरक्षित गर्न महासंघ प्रतिबद्ध भई संघर्ष गर्दै आइरहेको बताए ।
रुद्रपुर सामुदायिक बन उपभोक्ता समूह, कञ्चन ४,रुपन्देहीका अध्यक्ष नाम बहादुर के.सी.को अध्यक्षतामा बृक्षारोपण गरिएको कार्यक्रमको सहजिकरण कार्यलय सचिव तुलसी प्रसाद अधिकारीले गरेका थिए ।