९ असार,कञ्चन
कञ्चन हरैया लायन्स क्लव अफ इन्टरनेश्नल बर्ष २०२१/०२२ का लागि नयाँ कार्य समितिको तेश्रो पद हस्तान्तरण कार्यक्रम शनिवार सम्पन्न भएको छ। कञ्चन हरैया लायन्स क्लव अफ इन्टरनेश्नल बर्ष २०२०/२०२१ का अध्यक्ष लायन राम बहादुर थापाले बर्ष २०२१/०२२ का अध्यक्ष शसिधर सापकोटालाई पद हस्तान्तरण भएको हो ।
पद हस्तान्तरण कार्यक्रममा आफ्नो प्रतिबद्धता व्यक्त गर्दै नव निर्वाचित अध्यक्ष लायन शसिधर सापकोटाले कञ्चन हरैया लायन्स क्लव अफ इन्टरनेश्नलले लिएको मेगा प्रोजेक्ट कञ्चन लायन्स आंखा अस्पताल निर्माण कार्यको शुभारम्भ गर्ने बताएका छन । यस्तै सापकोटाले धमिनाताल सामुदायिक बन उपभोक्ता समूहसंगको समन्वय र सहकार्यमा उक्त सामुदायिक बन क्षेत्र भित्र स्थापना गरिएको लायन्स पार्कलाई व्यबस्थित गर्न धमिनाताल सामुदायिक बन उपभोक्ता समूह, लायन्स सदस्यहरु,स्थानिय र स्थानिय सरकारको सहयोगमा व्यबस्थित र पर्यटकिय क्षेत्रको रुपमा बिकास गर्न आफु र आफ्नो टिम प्रतिबद्ध भई कार्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।
पद हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि तथा कञ्चन गाउपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले सामाजिक सेवामा योगदान गर्ने समाजका अगुवा व्यक्तिहरुलाई गाउपालिकाले सम्मान गर्ने गाउपालिकाले नीति अख्तियार गरेको बताए । कञ्चनका बिभिन्न संघ संस्थामा रहेर समृद्ध कञ्चन निर्माण गर्नमा सहयोग पु¥याउने व्यक्तिहरुलाई सम्मान गरी समाजमा पु¥याएको योगदानको कदर गर्ने बताउदै अध्यक्ष क्षेत्रीले कञ्चन हरैया लायन्स कलव अफ इन्टरनेश्नलले निर्माण गर्ने लायन्स आंखा अस्पताल निर्माण गर्नका लागि गाउपालिकाबाट आवस्यक आर्थिक सहयोग गर्ने बताए ।
बिशिष्ट अतिथि लायन्स क्लव अफ इन्टरनेश्नल डिस्ट्रिक ३२५ बि २ का डिस्ट्रिक चिफ एडभाइजर पुरुषोत्तम भक्त प्रधानाङ्गले लायन्स क्लव अन्तराष्ट्रिय संस्था भएको भएपनि उनिहरुको सहयोगमा संचालन हुने संस्था नभएको बताए । लायन्सहरुबाटै सहयोग संकलन गरी वातावरण संरक्षण, आखां उपचार, डाईवेटिज, क्यान्सर लगायतको क्षेत्रमा सचेतना तथा पहिचान गरी आवस्यक उपचार प्रबन्ध गर्दै आइरहेको पुरुषोत्तम भक्त प्रधानाङ्गले बताए ।
कार्यक्रममा डिस्ट्रिक चिफ जि.एम.टी एडभाइजर दिपक कुमार श्रेष्ठ, रिजन ६४ जोन १२९ का चियर प्रसन सुरेन्द्र घिमिरे, बुटवल वेष्ट लायन्स क्लव अफ इन्टरनेश्नलका प्रेसिडेन्ट तथा बुटवल उपमहानगर पालिका वडा नं. १३ का वडाल सदस्य बेद प्रसाद गैरे, कञ्चन जेसिज बर्ष २०२१ का अध्यक्ष जेसि राधिका चौधरी, लियो क्लव अफ कञ्चनका प्रसिडेन्ट प्रदिप गिरी लगायतले शुभकमना व्यक्त गरेका थिए ।
कञ्चन हरैया लायन्स क्लव अफ इन्टरनेश्नल बर्ष २०२०/०२१ का अध्यक्ष लायन राम बहादुर थापाको अध्यक्षता तथा सचिव थम बहादुर सिंजालीको संचालनमा भएको कार्यक्रममा रिजन ६४ का चियर प्रसन तथा कञ्चन हरैया लायन्स क्लव अफ इन्टरनेश्नलका संस्थापक अध्यक्ष लायन ओमकार आचार्यले स्वागत गरेका थिए भने कञ्चन हरैया लायन्स क्लव अफ इन्टरनेश्नलका संस्थापक सचिव लायन जगिलाल थापाले कञ्चन हरैया लायन्स क्लव अफ इन्टरनेश्नल बर्ष २०२०/०२१ का अध्यक्ष लायन राम बहादुर थापा र बर्ष २०२१/०२२ का अध्यक्ष शसिधर सापकोटाको संक्षिप्त जिवनीमाथी चर्चा गरेका थिए ।कार्यक्रममा बर्ष २०२१०/२२ का अध्यक्ष लायन राम बहादुर थापाले आफ्नो कार्यकालमा बिभिन्न क्षेत्रमा सहयोग गर्ने संघ संस्थाका प्रतिनीधि तथा नेतृत्वहरुलाई सम्मान समेत गरेका थिए ।