९ साउन,कञ्चन
कोभिडको संक्रमणबाट सुरक्षित गराउन र कोभिडको संक्रमण फैलिन नदिन साथी संजालद्वारा एकसाता देखि तपाईको मास्क खै ? नामक सचेतनामुलक कार्यक्रम संचालन गरेको छ। गजेडी साथी संजाल र रुद्रपुर साथी सञ्जालको आयोजनामा संचालित तपाइको मास्क खै ? कार्यक्रममा कञ्चनको हरैया बजार र थकालीचौकमा एक हजार थान मास्क वितरण गरेकोछ ।
सुनगाभा सामुदायिक बिकास केन्द्र,कञ्चन४,रुपन्देही र स्ट्रोम फाउण्डेसन नेपालको सहयोगमा मास्क नलगाई यात्रा तथा बजार गर्ने स्थानियहरुलाई कोभिड १९ बाट सुरक्षित हुन मास्क लगाउन आग्रह गर्दै मास्क लगाउने तरिका समेत सिकाइएको गजेडी साथी संजालका अध्यक्ष सुस्मिता नेपालीले जानकारी दिइन।
कोभिडको संक्रमणमा कुनै कमी नआएको र मानिसहरुले कोभिड संक्रमणको भाइरसबारे चेतना कम भएकै कारण ग्रामिण क्षेत्रमा भुसमा आगो सल्केसरी संक्रमण फैलिरएको सन्दर्भमा संक्रमणलाई न्युनिकरण गर्न तपाईको मास्क खै ? कृपया मास्क लगाउनुहोस अभियान संचालन गरिएको अध्यक्ष नेपालीले बताइन।
यस्तै अघि सूर्यपुरा साथी संजालको आयोजना बुधवार सूर्यपुरा बजारमा र गजेडी साथी ञ्जाल र रुद्रपुर साथी संजालले कञ्चनको बेलभरिया र गजेडी बजारमा तपाईको मास्क खै ? कृपया मास्क लगाउनुस नामक सचेतना कार्यक्रम संचालन गरेको थियो भने । यसैगरी लुम्बिनी साथी सञ्जालले पनि बिश्व शान्तीको अग्रदुत गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा आएका आन्तरिक तथा बाह्य पर्यटकहरुलाई तपाईको मास्क खै ? कृपया मास्क लगाउनुस अभियान संचालन गरेका थिए ।
कार्यक्रममा सुनगाभा साुदायिक बिकास केन्द्रका अध्यक्ष सुमित्रा बुढाथोकी, कार्यकारी निर्देशक गोपाल के.सी., कार्यसमिति सदस्य हिमा बेलवासे लगायत केन्द्रका पदाधिकारीहरुले साथी सञ्जालका भाइबहिनीहरुसंगै मिलेर तपाईको मास्क खै ? कृपया मास्क लगाउनुस जस्ता अनुरोध गरेका थिए ।