७ कार्तिक, सियारी ।
तुलसीराम पौडेल
नेकपा एमालेको दशौ महाधिवेशन अन्तरगत रुपन्देहीको नेकपा एमाले सियारी गाउँपालिका वडा नम्बर ६ को अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले अध्यक्षमा सन्तबहादुर कुँवर ,उपाध्यक्षमा कमला सापकोटा ,सचिवमा ऋषिराम न्यौपाने ,उपसचीवमा घनश्याम पराजुली र रेमकला गिरी सर्वसम्मत निर्वाचित भएका छन् ।
त्यसैगरी सदस्यहरुमा देविमाया क्षेत्री ,खेमराज आचार्य ,निराजन भट्टराई ,सुरज घिमिरे ,श्याम कुमारी थापा ,बिष्णु माया गुरुङ ,दलमन भाट, निशा चौधरी,यमकला सुवेदी ,वीर बहादुर कुँवर,रामचन्द्र कार्की ,केशव रायमाझी ,यमबहादुर थापा ,बिक्रम तेलि ,गोपाल सापकोटा ,उपेन्द्र पौडेल ,दिपकराज पौडेल,अशोक शर्मा ,अर्जुन रिजाल ,राधा कुमारी पौडेल ,राम कुमारी थापा ,सुरेन्द्र प्रसाद थारु,उमा चौधरी र दुर्गा कुवर सर्वसम्मत निर्वाचित भएका छन् ।
नेकपा एमाले सियारी वडा नम्बर ६ कमिटी संयोजक बुद्धिमाया क्षेत्रीको अध्यक्षता, पुर्व जिल्ला कमिटी सदस्य दुर्गादत्त सापकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा निर्वाचन मण्डलका अध्यक्ष शेरबहादुर गुरुङ, निर्वाचन मण्डलका सदस्य रामजी सापकोटा ,कृष्ण नेपाल ,चन्द्रबहादुर जिसीबाट शुभकामना मन्तव्य तथा ,नवनिर्वाचित वडा कमिटी अध्यक्ष सन्तबहादुर कुँवरले प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।कार्यक्रमको संचालन प्रकाश रेग्मीले गर्नुभएको थियो।