Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • राजनीति
  • कृषि
  • आर्थिक
  • शिक्षा
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • अन्य
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरञ्जन
    • पत्रपत्रिकाबाट
    • शुभकामना
    • साहित्य
    • आजको राशीफल
  • विज्ञान तथा प्रबृद्धि
  • समसामयिक बिचार/लेख
मंगलबार, श्रावण २४, २०७९ ०४:०७:५१ युनिकोड
  • गृहपृष्ठ
  • समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • राजनीति
  • कृषि
  • आर्थिक
  • शिक्षा
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • अन्य
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरञ्जन
    • पत्रपत्रिकाबाट
    • शुभकामना
    • साहित्य
    • आजको राशीफल
  • विज्ञान तथा प्रबृद्धि
  • समसामयिक बिचार/लेख
समाचार
  • Home
  • समाचार
  • सालझण्डीमा युवतीको नग्न फोटो खिचेर ब्लाकमेलिङ गरी जबर्जस्ती गर्न खोज्ने २ पक्राउ
सालझण्डीमा युवतीको नग्न फोटो खिचेर ब्लाकमेलिङ गरी जबर्जस्ती गर्न खोज्ने २ पक्राउ
64x64
सोमवार, श्रावण ९, २०७९ कञ्चन खवर

९ साउन, सैनामैना ।

सालझण्डीमा युवतीको नग्न फोटो खिचेर ब्लाकमेलिङ गरी जबर्जस्ती गर्न खोज्ने २ जना पक्राउ परेका छन । एक किशोरीको नग्न तस्बिर देखाउदै ति युवतीलाई ब्लाकमेलिङ गर्दै शारिरीक सम्बन्ध राख्न जबर्जस्ती गरेको भन्दै २ जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय सालझण्डीले जनाएको छ । सैनामैना नगरपालिका सालझण्डीकी युवतीको नग्न फोटो खिचेर सोही फोटो भाईरल बनाईदिने धम्की दिँदै जबर्जस्ती गर्न खोज्ने १ किशोरसहित २ जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय सालझण्डीले जनाएको हो । पक्राउ पर्नेमा १ जना १७ बर्षिय किशोर सहित गैडहवा ९ का जगन्नाथ मल्लाह रहेको प्रहरीले जनाएको छ ।


यस्तो छ घटनाक्रम.......

साउन ७  रातको १०:३० बजेको समयमा सालझण्डी प्रहरीका इन्सपेक्टर जगन्नाथ मरासिनीसहितको प्रहरी गस्ति टोलिले सैनामैना नगरपालिका स्थितको एकान्त ठाउँमा एक १९ वर्षिया युवती हकान्निएर रुँदै गरेको अवस्थामा फेला पार्दछ। रातको साढे दश बजिसकेको समयमा एकान्त ठाउँमा यसरी युवति रुनुलाई प्रहरीले अलि गम्भिर रुपमा लिएर सोधपुछ गर्दछ।
प्रहरीले  सोधपुछ गर्ने क्रममा ति युवतिले आफू व्ल्याकमेलिङमा परेको कुरा प्रहरीलाई बताउँछिन्। एक डेढ बर्ष पहिला आफ्नो मोबाईलमा खिचेका निजि तस्विरहरु Ki NG नामको फेसबुक आईडि चलाउने अपरिचित व्यक्तिले फेला पार्दछन्। ति अपरिचित व्यक्तिले उक्त फोटोहरु युवतिको बहिनी नाता पर्नेलाई केहि दिन अघिदेखी नै पठाएर तेरो दिदीको बेईज्जत गरिदिन्छु फोटो भाईरल गराईदिन्छु छ यदि ईज्जत बचाउने हो भने मैले भनेजस्तो गर्न भनिदे भन्छन्। त्यसपछि ति युवति आफ्नो ईज्जत जाने डरले ति अपरिचित व्यक्तिलाई आफ्नो नम्बर दिएकोमा ति व्यक्तिले पटकपटक फोन गरी भेट्न आउने भए आउ नत्र फोटो भाईरल गराईदिन्छु भनि डर देखाई धम्कि दिएपछि ति युवति साउन ७ गते साँझ भेट्न जान बाध्य हुन्छिन।

यहिँबिचमा हाल प्रहरीले पक्राउ गरेका दुवैजनाले सैनामैना कलौनिमा रहेको मेडिकलबाट करिब साढे ६ बजेतिर नै ३ प्याकेट(१२ पिस) कण्डम  किनेर युवतिको प्रतिक्षामा सैनामैना नगरपालिकाको कलौनि भन्ने ठाउँमा बस्छन्। साँझको पौने आठ बजेको आसपासमा बारम्बार ब्याकमेल गर्ने उनै अपरिचित अनुहारका दुईवटा मानिसहरु भेटिन्छन् र फोटो डिलिट गरिदिन युवतिले बारम्बार अनुरोध गर्छिन तर उनिहरुले यहाँभन्दा केहि तल आमी भन्ने ठाउँमा एउटा खालि घर छ त्यहिँ जाउँ अनि त्यहिँ बसेर तिम्रा फोटोहरु डिलिट गरिदिउँला भनि करिब रातको नौ बज्नै लागेको समयमा अटोमा चढाई डेढ दुई कि.मी तल लिएर कञ्चन गाउँपालिकाको हात्तिबजार भन्ने ठाउँमा लैजान्छन्  ,  त्यहाँ पुग्ने बित्तिकै हाल पक्राउ परेका युवकहरुले हामीलाई यौन सम्पर्क गर्न नदिएसम्म हामिले तिम्रा फोटोहरु डिलिट गर्दिदैनौँ आफ्नो ईज्जत बचाउने भए हामिसँग यौन सम्पर्क गर्नुपर्छ भनि बाध्य पारेपछि ति युवति त्यहिँ डाँको छोडेर रुन थाल्छिन ।

यतिकैमा उनिहरुले निज युवतिलाई करणीको प्रयास समेत गर्दछन्। तुरुन्तै युवति बलजफ्ति रुँदै होहल्ला गर्दै भागेर त्यहिँको कलौनि-लुम्बिनी मुलबाटोमा निस्किन्छिन्। युवति भागेर घर जान लाग्दा पुन: उनै व्यक्तिले फोन गरी आउनेभए आईज नत्र भोलि बिहान फेसबुक हेर्नु भनि तर्साएपछि जिउनु न मर्नुको अवस्थामा पुगेकि युवति एकान्त ठाउँमा आई रुँदै बसिरहेकि हुन्छिन्। यतिबेला घडिले रातको पौने एघार बजाईसकेको हुन्छ। यत्तिकैमा  ति युवतिको भेट ईलाका प्रहरी कार्यालय सालझण्डीको प्रहरी टोलिसँग भेट हुन्छ। तत्कालै उनले प्रहरी निरीक्षक जगन्नाथ मरासिनीलाई आफू ब्ल्याकमेलिङमा परेकोले आफूलाई बचाउन अनुरोध गरिन्। लगत्तै प्रहरी ति युवतिलाई बलात्कार उद्योग गर्ने युवाहरुको खोजिमा लाग्दछ यति बेलासम्म रातको करिब ११ बजिसकेको हुन्छ। त्यसपछि प्रहरीले अनुसन्धानको क्रममा भागिरहेका गैडहवा गाउँपालिकाका  बर्ष १७ का गैडहवा १ (परिवर्तित नाम) र गैँडहवा गाउँपालिक वडा नं ९ वस्ने बर्ष २० को जगन्नाथ मल्लाहलाई रातको १ बजे सैनामैना नगरपालिका वडा नं ७ देउवापार स्थितबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।


प्रकाशित मिति: सोमवार, श्रावण ९, २०७९, ०५:२४:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दोश्रो दिन कञ्चनमा ८ सय १५ जनाले फाइजरको दोश्रो डोज लगाए
नागरिकता दिने नीति खुकुलो भए देशको सार्वभौमिकता कमजोर हुने
सरकारले आदिवासी, जनजातिको हितका लागि महत्वपूर्ण काम गर्दै आएको प्रधानमन्त्री देउवाको भनाई
दक्षिण कोरियामा कोरोना सङ्क्रमित घटे
ताजा समाचार
दोश्रो दिन कञ्चनमा ८ सय १५ जनाले फाइजरको दोश्रो डोज लगाए सोमवार, श्रावण २३, २०७९
नागरिकता दिने नीति खुकुलो भए देशको सार्वभौमिकता कमजोर हुने
सरकारले आदिवासी, जनजातिको हितका लागि महत्वपूर्ण काम गर्दै आएको प्रधानमन्त्री देउवाको भनाई
दक्षिण कोरियामा कोरोना सङ्क्रमित घटे
फिल्म ‘मासूम सवाल’विरुद्ध उजुरी दर्ता
कञ्चनमा एस ई ई नतिजामाथी समिक्षा
हेटौंडामा ४ वटा सवारी साधन एकआपसमा ठोक्किए, एक दर्जन बढी घाइते
कोभिडका कारण चीनको हवाइमा ८० हजार पर्यटक फसे
थप ९३४ जनामा कोरोना संक्रमण, १ को मृत्यु
स्वास्थ्य
अव हरेक महिना टाईफाइड बिरुद्धको खोप स्थानीय स्वास्थ्य केन्द्रहरुबाट कञ्चन खवर
थप ३३ जनामा कोरोना सङ्क्रमण, ८९ जना निको कञ्चन खवर
कोरोनाभाइरसको नयाँ ‘रिकम्बिनेन्ट’ भेरियन्ट फेला : डब्लूएचओ कञ्चन खवर
पत्रपत्रिकाबाट
अचम्मको कुरा डोल्पामा अझै पनि जेठो दाइले बिहे गरेपछि सबै भाइको पनि साझा श्रीमती बुधवार, भदौ १०, २०७७
समाजवादी व्यवस्थाको अपरिहार्यता पुष्टि हुँदै आइतवार, चैत्र २३, २०७६
जतिबेला चीन काेराेना महामारीसँग लडिरहेको थियो, तेस्बेला युरोप र अमेरिका ठट्टा गर्दैथिए बुधवार, चैत्र १२, २०७६
शुभकामना
जसपा नेपाल लुम्बिनी प्रदेशद्वारा दशैं, शुभ दिपावली तथा छठ पर्वको शुभकामना व्यक्त शुक्रवार, आश्विन २९, २०७८
विजयनगर गाउपालिकाका अध्यक्ष गोपाल थापाद्धारा शुभकामना ब्यक्त शुक्रवार, आश्विन २९, २०७८
कञ्चन गाउपालिकाका उपाध्यक्ष तरामुद्धारा शुभकामना शुक्रवार, आश्विन २९, २०७८
साहित्य
तिम्रो साथ पाईयो जिन्दगीको.......................
कविता
यो दिलबाट मैले तिमीलाई....
सम्पर्क ठेगाना

डिजिटल अनलाइन पत्रिका कञ्चन खवरका लागि

प्रधान कार्यालय
कञ्चन सूचना तथा संचार केन्द्र
कञ्चन-४,अस्नैया,रुपन्देही
द्धारा संचालित
कञ्चन खवर

प्रधान सम्पादक :

जगिलाल थापा

सम्पादक :

तारा पौडेल

ठेगाना:

कञ्चन-४,अस्नैया,रुपन्देही

सम्पर्क:

+९७७-९८५७०३११२० र ९८०४४१४४०८

कम्पनी दर्ता :

२२७७८२/०७६/०७७

सूचना विभाग दर्ता :

२८७९/२०७८/७९

ईमेल:

[email protected]
हाम्रो बारेमा समृद्ध नेपाल,खुशी नेपालीका लागि सूचना र संचारको पहुच हरेक नागरिकमा पुर्याई सामाजिक, आर्थिक, नैतिक, राजनैतिक, शैक्षिक, सांस्कृतिक शसक्तिकरण गर्न,देश र जनता प्रति उत्तरदायी बनाई देशभक्त नागरिक बनाउन कञ्चन सूचना तथा संचार केन्द्र द्वारा संचालित अनलाइन डिजिटल पत्रिका कञ्चन खवर डटकम (Kanchankhabar.com) हो। यस अनलाईन पत्रिका मार्फत राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका राजनैतिक, आर्थिक, खेलकुद, कृषि, शिक्षा, उत्पादन, सामाजिक र बिज्ञान , प्रबृद्धि लगायतका खोजमुलक समाचार प्रकाशन र प्रसारण हुनेछ।
मेनु
  • समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • राजनीति
  • कृषि
  • आर्थिक
  • शिक्षा
  • अन्य
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • हाम्रो टीम
फेसबुक पेज
Nagarik Online Patrika
©Kanchan Khabar-2022 All rights reserved.
Site by: SoftNEP
Notifications
New
एक सय भेडा चराउने दस वर्षीय यमराज भन्छन्-अब पढ्न जादिनँ 2 mins ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago
Earlier
सिन्डिकेटको समर्थनमा ट्याङ्कर व्यवसायी, इन्धन ढुवानी ठप्प पार्ने चेतावनी 40 mins ago
सिन्डिकेट हटाएको विरोधमा यातायात व्यवसायीले देशव्यापी आन्दोलन गर्ने 1hr ago
चौथो खेलबाट मुम्बई इन्डियन्सको पहिलो जित, बैंलोर पराजित 2hrs ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago