Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • राजनीति
  • कृषि
  • आर्थिक
  • शिक्षा
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • अन्य
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरञ्जन
    • पत्रपत्रिकाबाट
    • शुभकामना
    • साहित्य
    • आजको राशीफल
  • विज्ञान तथा प्रबृद्धि
  • समसामयिक बिचार/लेख
मंगलबार, श्रावण २४, २०७९ ०५:११:५१ युनिकोड
  • गृहपृष्ठ
  • समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • राजनीति
  • कृषि
  • आर्थिक
  • शिक्षा
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • अन्य
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरञ्जन
    • पत्रपत्रिकाबाट
    • शुभकामना
    • साहित्य
    • आजको राशीफल
  • विज्ञान तथा प्रबृद्धि
  • समसामयिक बिचार/लेख
समाचार
  • Home
  • समाचार
  • पोखरामा नेमकिपाका अध्यक्ष रोहितको भेटघाट तथा पत्रकार सम्मेलन
पोखरामा नेमकिपाका अध्यक्ष रोहितको भेटघाट तथा पत्रकार सम्मेलन
64x64
शुक्रवार, श्रावण २०, २०७९ कञ्चन खवर

२२ साउन,पोखरा
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे "रोहित" राजनैतिक भेटघाटको क्रममा पोखरा पुग्नु भएको छ। पोखरा पुगेर अध्यक्ष रोहितले स्थानीय पत्रकारहरुसंग भेटघाट गगर्नु भएको छ। पत्रकार भेटघाटमा अध्यक्ष रोहितले युद्धविरोधी जनमत बिस्तार गर्न सञ्चारकर्मीहरूले महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिनुभएको छ ।
पत्रकारहरुसंग कुराकानी गर्दै एक चीन नीति र चीनको चेतावनी लत्याउँदै चीनको अभिन्न अंग थाइवानमा संरा अमेरिकी सभामुख न्यान्सी पेलोसीको भ्रमणबाट उत्पन्न पछिल्लो तनावबीच नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ९रोहित० ले सो कुरा आग्रह गर्नु भएको हो।
शुक्रबार पोखरामा पत्रकार समाज नेपालको आयोजनामा सम्पन्न पत्रकार भेटघाटमा अध्यक्ष बिजुक्छेँले अन्तर्राष्ट्रिय परिस्थितिप्रति नेपालका शासक दलहरू गम्भीर र जिम्मेवार नहुँदा नेपाली जनताबीच युद्धविरोधी मत प्रचार गरेर नेमकिपाले आफ्नो कर्तव्य पुरा गरिरहेको बताउनुभयो ।
संरा अमेरिकाले ‘चिनियाँ उपनिवेशवाद’ भन्दै चीनविरुद्ध अफ्रिकी र ल्याटिन अमेरिकी देशहरूलाई भड्काउन नसके पछि संरा अमेरिका चीनलाई युद्धमा फसाउन खोजिरहेको भन्नुहुँदै उहाँले युद्ध भए संसारको विकासको गति रोकिने बताउनुभयो । उहाँले भन्नुभयो,“संरा अमेरिकी धम्की र आक्रामकतासामु चीन कदापि डराउने छैन ।”
कम्युनिस्ट देशको पक्ष लिने कि पुँजीवादी देशको पक्ष लिने भन्ने अलमलमा पर्नुभन्दा हाम्रो देश र दक्षिण एसियाको सुरक्षा र एसियामा युद्ध हुन नदिन नेपाली जनता सचेत हुनुपर्ने धारणा राख्दै अध्यक्ष बिजुक्छेँले तेस्रो विश्वयुद्ध एसिया महादेशमा थोपर्ने चालबाजीको विरोध हुन आवश्यक आवस्यक रहेको बताउनु भयो। युक्रेन लडाईमा चीनले पश्चिमा मोर्चालाई साथ नदिएको रिसमा संरा अमेरिकाले चीनसँग बद्ला लिन खोजेको चर्चा गर्दै उहाँले चीनलाई थाइवानमा फसाएर संरा अमेरिकाले युक्रेन युद्ध जित्न खोजिरहेको बताउनुभयो ।
चिनियाँ जनवादी क्रान्तिको सफलतापछि सन् १९४९ मा च्याङ काई शेकको नेतृत्वमा प्रतिक्रियावादी वर्ग चीनकै अभिन्न अंग थाइवानमा भागेको ऐतिहासिक सन्दर्भको चर्चा गर्दै उहाँले सन् १९७१ मा साङ्घाई विज्ञप्तिमा संरा अमेरिकाले एक चीन नीतिको पक्षमा हस्ताक्षर गरेको बताउनुभयो । संरा अमेरिकाले चीनविरुद्ध घेराबन्दी गर्न बहुपक्षीय गठबन्धन बनाए पनि हिन्द प्रशान्त क्षेत्रमा संरा अमेरिका आफ्नो लक्ष्यमा सफल नहुने उहाँको भनाइ थियो ।
श्रीलंका र बंगलादेशमा आर्थिक संकटको मूल कारण भारतीय एकाधिकार पुँजी भएको प्रस्ट पार्नुहुँदै बिजुक्छेँले नेपालले भारत र चीन दुवै छिमेकी देशसँग समदुरी कायम गर्न सके नेपालमा आर्थिक संकटको जोखिम कम हुने समेत बताउनुभयो । समसामयिक राष्ट्रिय राजनीतिबारे चर्चा गर्दै अध्यक्ष बिजुक्छेँले नेपालका शासक दलहरू सरकार बनाउन दिल्ली धाउन होइन, नेपाली जनताबीच जानुपर्ने धारणा राख्नुभयो । नेपालको सरकार नेपाली जनताले बनाउने हो, दिल्लीले होइन अध्यक्ष रोहितले बताउनु भयो।
निर्वाचनमा भाग लिनु पूर्व राजनीतिक दलले आफ्नो चुनावी घोषणा पत्र जारी गर्नुपर्ने र जारी घोषणा पत्रको भावनाविपरीत सत्ताको लागि फरक राजनीतिक विचारका दलसँग गठबन्धन गर्न नहुनेमा अध्यक्ष बिजुक्छेँले जोड दिनुभयो । “दक्षिणपन्थी र वामपन्थी दल मिलेर सत्ता गठबन्धन गर्नु भनेको हिन्दु भएर गाईको मासु खानु जस्तै गलत हो”, उहाँले भन्नुभयो ।
उहाँले निर्वाचन आयोगले सरकारको अंगको रूपमा काम गर्न नहुने बताउँदै आयोगले निर्वाचनको मिति संसद विघटन भएकै दिन घोषणा गर्नुपर्ने बताउनुभयो । नेमकिपाका केन्द्रीय सदस्य तथा बागमती प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाईले चीनलाई घेराबन्दी गर्न खोजेर संरा अमेरिकाले संसारमा युद्ध र अशान्ति थोपर्न खोजेको बताउनुभयो ।
उहाँले प्रदेश तहलाई शासक दलले भ्रष्टाचार, अनियमितता र राजनीतिक विकृतिको केन्द्र बनाएको भन्नुहुँदै शासक दल नसच्चिए देश र नेपाली जनताले अझ ठुलो दुःख पाउने बताउनुभयो । पत्रकार भेटघाटमा पत्रकार समाजका नीरज लवजूले पनि बोल्नुभएको थियो ।


प्रकाशित मिति: शुक्रवार, श्रावण २०, २०७९, ०८:१९:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दोश्रो दिन कञ्चनमा ८ सय १५ जनाले फाइजरको दोश्रो डोज लगाए
नागरिकता दिने नीति खुकुलो भए देशको सार्वभौमिकता कमजोर हुने
सरकारले आदिवासी, जनजातिको हितका लागि महत्वपूर्ण काम गर्दै आएको प्रधानमन्त्री देउवाको भनाई
दक्षिण कोरियामा कोरोना सङ्क्रमित घटे
ताजा समाचार
दोश्रो दिन कञ्चनमा ८ सय १५ जनाले फाइजरको दोश्रो डोज लगाए सोमवार, श्रावण २३, २०७९
नागरिकता दिने नीति खुकुलो भए देशको सार्वभौमिकता कमजोर हुने
सरकारले आदिवासी, जनजातिको हितका लागि महत्वपूर्ण काम गर्दै आएको प्रधानमन्त्री देउवाको भनाई
दक्षिण कोरियामा कोरोना सङ्क्रमित घटे
फिल्म ‘मासूम सवाल’विरुद्ध उजुरी दर्ता
कञ्चनमा एस ई ई नतिजामाथी समिक्षा
हेटौंडामा ४ वटा सवारी साधन एकआपसमा ठोक्किए, एक दर्जन बढी घाइते
कोभिडका कारण चीनको हवाइमा ८० हजार पर्यटक फसे
थप ९३४ जनामा कोरोना संक्रमण, १ को मृत्यु
स्वास्थ्य
अव हरेक महिना टाईफाइड बिरुद्धको खोप स्थानीय स्वास्थ्य केन्द्रहरुबाट कञ्चन खवर
थप ३३ जनामा कोरोना सङ्क्रमण, ८९ जना निको कञ्चन खवर
कोरोनाभाइरसको नयाँ ‘रिकम्बिनेन्ट’ भेरियन्ट फेला : डब्लूएचओ कञ्चन खवर
पत्रपत्रिकाबाट
अचम्मको कुरा डोल्पामा अझै पनि जेठो दाइले बिहे गरेपछि सबै भाइको पनि साझा श्रीमती बुधवार, भदौ १०, २०७७
समाजवादी व्यवस्थाको अपरिहार्यता पुष्टि हुँदै आइतवार, चैत्र २३, २०७६
जतिबेला चीन काेराेना महामारीसँग लडिरहेको थियो, तेस्बेला युरोप र अमेरिका ठट्टा गर्दैथिए बुधवार, चैत्र १२, २०७६
शुभकामना
जसपा नेपाल लुम्बिनी प्रदेशद्वारा दशैं, शुभ दिपावली तथा छठ पर्वको शुभकामना व्यक्त शुक्रवार, आश्विन २९, २०७८
विजयनगर गाउपालिकाका अध्यक्ष गोपाल थापाद्धारा शुभकामना ब्यक्त शुक्रवार, आश्विन २९, २०७८
कञ्चन गाउपालिकाका उपाध्यक्ष तरामुद्धारा शुभकामना शुक्रवार, आश्विन २९, २०७८
साहित्य
तिम्रो साथ पाईयो जिन्दगीको.......................
कविता
यो दिलबाट मैले तिमीलाई....
सम्पर्क ठेगाना

डिजिटल अनलाइन पत्रिका कञ्चन खवरका लागि

प्रधान कार्यालय
कञ्चन सूचना तथा संचार केन्द्र
कञ्चन-४,अस्नैया,रुपन्देही
द्धारा संचालित
कञ्चन खवर

प्रधान सम्पादक :

जगिलाल थापा

सम्पादक :

तारा पौडेल

ठेगाना:

कञ्चन-४,अस्नैया,रुपन्देही

सम्पर्क:

+९७७-९८५७०३११२० र ९८०४४१४४०८

कम्पनी दर्ता :

२२७७८२/०७६/०७७

सूचना विभाग दर्ता :

२८७९/२०७८/७९

ईमेल:

[email protected]
हाम्रो बारेमा समृद्ध नेपाल,खुशी नेपालीका लागि सूचना र संचारको पहुच हरेक नागरिकमा पुर्याई सामाजिक, आर्थिक, नैतिक, राजनैतिक, शैक्षिक, सांस्कृतिक शसक्तिकरण गर्न,देश र जनता प्रति उत्तरदायी बनाई देशभक्त नागरिक बनाउन कञ्चन सूचना तथा संचार केन्द्र द्वारा संचालित अनलाइन डिजिटल पत्रिका कञ्चन खवर डटकम (Kanchankhabar.com) हो। यस अनलाईन पत्रिका मार्फत राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका राजनैतिक, आर्थिक, खेलकुद, कृषि, शिक्षा, उत्पादन, सामाजिक र बिज्ञान , प्रबृद्धि लगायतका खोजमुलक समाचार प्रकाशन र प्रसारण हुनेछ।
मेनु
  • समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • राजनीति
  • कृषि
  • आर्थिक
  • शिक्षा
  • अन्य
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • हाम्रो टीम
फेसबुक पेज
Nagarik Online Patrika
©Kanchan Khabar-2022 All rights reserved.
Site by: SoftNEP
Notifications
New
एक सय भेडा चराउने दस वर्षीय यमराज भन्छन्-अब पढ्न जादिनँ 2 mins ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago
Earlier
सिन्डिकेटको समर्थनमा ट्याङ्कर व्यवसायी, इन्धन ढुवानी ठप्प पार्ने चेतावनी 40 mins ago
सिन्डिकेट हटाएको विरोधमा यातायात व्यवसायीले देशव्यापी आन्दोलन गर्ने 1hr ago
चौथो खेलबाट मुम्बई इन्डियन्सको पहिलो जित, बैंलोर पराजित 2hrs ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago