१६ असोज, कञ्चन
बिभिन्न सामाजिक कृयाकालप सञ्चालन गर्दै आइरहेको कञ्चन जेसिजले विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ। कञ्चन जेसिज बर्ष २०२२ को आयोजनामा सम्पन्न शुभाकमना आदान प्रदान कार्यक्रममा शुभकामना दिदै कञ्चन गाउपालिकाका उपाध्यक्ष मौसमी थापा मगरले सम्पुर्ण कञ्चनवासीमा सुख शान्ती, समृद्धि र सु स्वास्थ्यको कामना व्यक्त गर्नु भयो। शुभकामना सन्देशकै रुपमा मन्तव्य व्यक्त गर्दै उपाध्यक्ष थापा मगरले कञ्चन गाउपालिकालाई हरेक पक्षबाट सवल र समृद्धि बनाउने गाउपालिकाको अभियानलाई सफल बनाउन सम्पुर्ण कञ्चनवासीको सहयोग, सल्लाह र आपसी समन्वय नै महत्वपुर्ण हुने उल्लेख गर्नु भयो।
यसैगरी कञ्चन गाउपालिकाका कार्यपालिका सदस्य तथा गाउपालिकाका प्रवक्ता चित्र तुलाचनले शुभकामना व्यक्त गर्दै कञ्चन गाउपालिकाको समृद्धि त्यतिवेला हुनेछ जतिबेला हरेक कञ्चनवासी आत्म निर्भरताका लागि जिवन निर्वाहका आधारहरु तयार हुनेछन। गाउपालिका सवल र सक्षमताको आधार भनेकै कञ्चनको कृषि, पर्यटन र उत्पादनसंगै शिक्षा स्वास्थ्यमा कञ्चनवासीको सहज पहुंच भएकोले यसका लागि हरेक पक्षको साथ र सहयोग आवस्यक पर्ने बताउदै प्रबक्ता तुलाचनले विजया दशमी, दीपावली र छठ पर्वले एक अर्कामा सहयोग र सहकार्यको भावनाको बिकास होस भन्ने शुभकामना व्यक्त गर्नु भयो।
कार्यक्रममा कञ्चन जेसिज बर्ष २०२१ का अध्यक्ष राधिका चौधरी, भुतपुर्व अध्यक्ष बावुराम पौडेल लगायत कञ्चन जेसजिका बिषयगत संयोजक तथा पदाधिकारीहरुले हिन्दुहरुको महान पर्व विजया दशमी, शुभ दीपाली तथा छठ पर्वले समाज रुपान्तरणको दिशामा आपसी एकता, समन्वय र सहकार्यसंगै हरेक युवाहरुमा उधमशिलता, व्यक्तित्व तथा नेतृत्व र बिश्व बन्धुत्वको भावनाको बिकास संगै समृद्धि, सुख शान्ती र सु स्वास्थ्यको कामना व्यक्त गर्नु भएको थियो।
कञ्चन जेसिज बर्ष २०२२ का अध्यक्ष राजन शर्मा पौडेलले कञ्चन जेसिज १८ बर्ष देखि ४० बर्ष सम्मका युवाहरुको व्यक्तित्व, नेतृत्व, बिश्व बन्धुत्व र उधमशिलताको बिकास गर्ने साझा संस्था भएको बताउनु भयो। हिन्दुहरुको महान पर्व विजया दशमी, शुभ दीपाली तथा छठ पर्वले कञ्चनका युवा तथा देश बिदेशमा रहने युवाहरुमा मैत्रीपुर्ण एकता, बिश्व बन्धुत्वको बिकास संगै समाज रुपान्तरणका लागि युवाहरुको सवल नेतृत्व र असल व्यक्तित्व निर्माण गर्नमा प्रेरणा शुभेच्छा सहित शुभकामना व्यःत्र गर्नु भभो।