भैरहवा/मोहम्मद हबिब
नजिकिँदै गरेका चार्ड पर्व दशै तिहार र छठलाई लक्षित गरेर प्रहरीले सुरक्षा योजना बनाएर काम अंगाडी बढाएको छ । चाडपर्वका बेला अपराधिक क्रियाकलापहरु चोरी–तस्करी, लुटपाट, जबरजस्ती चन्दा संकलन, झै–झगडा, ठगि, सवारी दुर्घटना र ओभरलोड, हैरानी र अवैध हातहतियार एवं लागूऔषध ओसारपसार गर्ने सम्भावनालई मध्यनजर गर्दै नियन्त्रण गर्नकालागि प्रहरीले विशेष सुरक्षा योजना बनाएको हो ।
सम्भावित अपराधिक गतिबिधि नियन्त्रण तथा दुर्घटना रोक्नकालागि प्रहरीको उपस्थिती र सूचना संकलनको कामलाई प्रभावकारी बनाउन १ हजार २ सय ४८ जना प्रहरी परिचालन सहितको सुरक्षा रणनिति बनाइएको रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरिक्षक रविन्द्र रेग्मीले बताउनु भयो । शान्ति सुरक्षा लगायत ट्राफिक व्यवस्थापनकै लागि जिल्लमा थप ५० प्रहरी ल्याई भएको जनशक्तीको अधिकतम प्रयोग गर्ने गरी योजना बनाएका छौ । यो दौरान नगरिक सुत्दा पनि प्रहरी जागेको हुन्छ एसपी रेग्मीले भन्नु भयो ।
सामान्य अवस्थामा भन्दा अहिले सुरक्षाकर्मी २० प्रतिशतले बढाइएको छ । अवैध गतिविधि गर्नेहरुलाई अन द स्पट कारवाही गर्नेगरी प्रहरी चौबीसैं घण्टा आमनागरिकको सुरक्षामा खट्ने छ । सन्देश मुलक सचेतनाका कायृक्रमहरु पनि भीडभाड हुने ठाउँ र सीमा क्षेत्र राखिने छ । आर्थिक कारोबार बढी हुने सुनचाँदी पसलहरु, बैंक तथा वित्तीय संस्थामाथि सुरक्षा निगरानी बृद्धि गर्ने, स्वदेश फर्कने नेपालीहरुमाथि सीमा नाकामा हुनसक्ने हैरानी, लुटपाटलाई मध्येनजर राखी सुरक्षा सतर्कता बढाउने र नेपाल फर्कन सहजीकरण गर्ने, आवश्यकता अनुसार मुख्य राजमार्गमा रातको समयमा गस्ती र चेकिङ गर्ने कार्य हुनेछ
जिल्लामा यात्रुहरु सहजताका लागि सहजीकरण गर्न जिल्लाको बेलहिया, भैरहवा र बुटवल बसपार्कमा यात्रु सहायता कक्ष बिहीबारबाट स्थापना भइसेको छ ।
बेलहियामा पार्किङ्गलाई व्यवस्थित गरेका छौ, परदेशबाट आ–आफ्नो घर फर्कने क्रममा सीमा क्षेत्रमा ठगिने, लुटपाट हुने, हैरानी खेप्नुपर्ने, जस्ता काम नहोस भन्नका लागि सदिग्द ठाएमा सादा पोशाकका प्रहरीहरु पनि तैनाथ गरिएको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी श्यामु अर्यालले भन्नु भयो ।
पर्वलाई नै लक्षित गर्दै नियमित–आकस्मिक तथा आवश्यकता अनुसार विभिन्न ठाउँमा प्रहरी चेकिङको व्यवस्था गर्ने, सीमा क्षेत्रमा कडा चेकजाँच गर्ने, पैदल, साइकल, मोटरसाइकल र गाडीद्वारा गस्ती गर्ने, पटका, आतिसबाजीको प्रयोग गर्न नदिने र गर्नेलाई पक्राउ गरी कारबाही गर्ने गरी प्रहरी अघि बढेको छ । यस्तै पर्वलाई भन्दै जबरजस्ती चन्दा उठाउने कार्य, जुवाजन्य खेलहरु खेल्ने लगायतका कार्य हुन नदिन, देउसीभैलो खेल्ने क्रममा विवाद, झगडा हुन सक्ने हुँदा सोको सुरक्षा व्यवस्था मिलाउने र देउसीभैलो खेल्ने समय राति १० बजेसम्म निर्धारण गरिएको समेत कार्यालयले सुरक्षा योजनामा राखेको छ ।
बजार अनुगमन गरी कालोबजारी हु्न र कृत्रिम अभाव हुन नदिन र विभिन्न मठमन्दिर, पुजाअर्चना गर्ने स्थान, दुर्गाको मूर्तिहरु ल्याउने र विसर्जन गर्ने समस्यामा सुरक्षा व्यवस्था मिलाउने, सीमा क्षेत्रमा हुने लुटपाट, चोरी–डकैती लगायतका घटनाहरु हुन नदिन नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, भारतीय प्रहरी, एसएसबी, संचारकर्मी, उद्योगी–व्यवसायी, स्थानीय, भारतीय व्यापार मण्डल समेतसँग समन्वय गरी सुरक्षा प्रबन्ध चुस्त बनाउन कार्यालय प्रमुख सहितको टोली सुरक्षार्थ खटिने छ ।
चार्डबार्डमा मात्र नभई सधैभरी शान्ति सुरक्षाको प्रत्याभुती जनताले गर्न सक्नु पर्छ, भन्ने मान्यता प्रहरीको हो । अन्य समयमा भन्दा चाडपर्बमा बढी चोरीचकारी हुने,दुर्घटना बढने,झै झगडा गर्ने बढी हुन्छ, त्यसैले आम सर्बसाधारण पनि अलि सचेत र चनाखो हुनु पर्छ, प्रहरीको कार्यमा जनताको साथ पनि हुन जरुरी छ । नागरीक मात्र होईन कुनै पनि प्रहरीले सर्बसाधारणबाट अनुचित फाईदा लिने काम गरेको पाइए तत्काल उजुरी गर्न समेत एसपी रेग्मीले आग्रह गर्नु भयो ।
नागरिकको शान्ति सुरक्षालाई प्रभावकारी बनाउनकालागि प्रहरीले क्विक रेसपोन्स गर्ने गरी प्रहरीको कन्टोल सेवामा पनि जनशक्ति थप गरेको छ । त्यस्तै जुवा, चन्दा लगायतका गतिविधिहरुको गोप्य रुपमा सूचना संकलन गरि कार्यवाहीको दायरामा ल्याउने प्रहरीले जानकारी दिएको छ । यस अतिरिक्त चाडपर्व लक्षित अपराध बढन् सक्ने भएकोले नागरिकलाई पनि चनाखो हुन प्रहरीले अपिल गरेको छ ।