Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • राजनीति
  • कृषि
  • आर्थिक
  • शिक्षा
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • अन्य
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरञ्जन
    • पत्रपत्रिकाबाट
    • शुभकामना
    • साहित्य
    • आजको राशीफल
  • विज्ञान तथा प्रबृद्धि
  • समसामयिक बिचार/लेख
सोमवार, चैत्र १३, २०७९ १०:१३:१८ युनिकोड
  • गृहपृष्ठ
  • समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • राजनीति
  • कृषि
  • आर्थिक
  • शिक्षा
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • अन्य
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरञ्जन
    • पत्रपत्रिकाबाट
    • शुभकामना
    • साहित्य
    • आजको राशीफल
  • विज्ञान तथा प्रबृद्धि
  • समसामयिक बिचार/लेख
समसामयिक बिचार/लेख
  • Home
  • समसामयिक बिचार/लेख
  • स्ववियुले क्याम्पसमा शैक्षिक वातावरण तयार पार्ने कुरा हो- सभापति पदका उमेद्वार माया थापा
स्ववियुले क्याम्पसमा शैक्षिक वातावरण तयार पार्ने कुरा हो- सभापति पदका उमेद्वार माया थापा
64x64
बुधवार, चैत्र १, २०७९ कञ्चन खवर
यही चैत्र ५ गते त्रिभुवन विश्व विद्यालय र अन्य विश्व विद्यालय अन्तर्गत रहेका देशभरका आंगिक तथा पब्लिक क्याम्पसहरुमा स्वतन्त्र बिधार्थी युनियनको निर्वाचन हुदैछ। रुपन्देही जिल्लाको कञ्चन गाउपालिकामा रहेको हरैया बहुमुखी क्याम्पसमा पनि स्ववियु निर्वाचनका लागि तीन छुट्टा छुट्टै बिधार्थी संगठनहरुले निर्वाचनमा भाग लिदैछन। सो क्याम्पसमा हुने स्ववियु निर्वाचनका लागि केही बामघटक बिधार्थीहरुको साझा संगठन प्रगतीशिल बिधार्थी संगठनको तर्फबाट पनि उमेद्वारी रहेको छ।
यसै अन्तर्गत प्रगतीशिल बिधार्थी संगठनको तर्फबाट सभापति पदका उमेद्वार माया थापासंग क्याम्पसमा स्ववियु निर्वाचनको माहोल के कस्तो छ? बिधार्थीहरुमाझ के कस्ता मुद्धाहरु लिएर मत माग्नु भएको छ भन्नेबारे कञ्चन खवरका जगी लाल थापाले गर्नु भएको संक्षिप्त कुराकानी प्रस्तुत गरिएको छ ।

कञ्चन खवर : सर्ब प्रथम तः स्ववियु निर्वाचनमा प्रगतीशिल बिधार्थी संगठनको तर्फबाट सभापति पदको उमेद्वार हुनु भएकोमा तपाईलाई हार्दिक शुभकामना छ। स्ववियू निर्वाचन के हो? यसलाई बिधार्थीहरुले कुन रुपमा लिनु पर्छ?
माया थापा : स्ववियु संस्था व्यवस्था विरोधी आन्दोलन हो । यो संस्थाले क्याम्पसमा शैक्षिक वातावरण तयार पार्नुका साथै हरेक क्षेत्रमा परिवर्तन चाहन्छ । पञ्चायती व्यवस्थामा व्यवस्था विरुद्ध वोल्ने अधिकार दिइएको थिएन, पार्टीहरु प्रतिबन्धित थिए । विद्यार्थी आन्दोलनले स्ववियु निर्वाचन गर्न बाध्य पारेको थियो । स्ववियु संस्था परिवर्तन चाहने प्रगतिशील विद्यार्थीहरुको साझा संस्था हो । विद्यार्थीहरुले स्ववियु संस्थालाई परिवर्तनको निम्ति संघर्ष गर्ने संस्थाको रुपमा लिनु पर्दछ ।
कञ्चन खवर : निर्वाचनको समयमा बिधार्थीहरुमाझ मत माग्दै गर्दा तपाईको संगठनबाट के कस्ता मुद्धाहरुलाई महत्व दिनु भएको छ?
माया थापा : स्ववियुले क्याम्पसमा शैक्षिक वातावरण तयार पार्ने कुरा हो । भौतिक निर्माण राज्यको दायित्व हो । क्याम्पसमा हुने अनियमितता, भ्रष्टाचार नियन्त्रण गर्न स्ववियुले आवाज उठाउन सक्दछ। क्याम्पस प्रशासनले चाहेमा क्याम्पसमा रहेका समस्याहरुको सुधारका काम हुन सक्दछ, जस्तै शुद्ध खानेपानी, खेल मैदान, नियमित अतिरिक्त क्रियाकलाप, पार्किङको व्यवस्था यस्तै यस्तै यसको निम्ति हाम्रो पहल र प्रयत्न हुनेछ। उल्लेखित सबै कुराको व्यवस्था भएपनि उत्पादित जनशक्तिले देशमा रोजगार पाउन सक्दैनन्, यसको कारण देशको शैक्षिक नीति सही छैन । शैक्षिक समानता र शिक्षालाई श्रम, सीप, उत्पादन र रोजगार संग जोडेर लैजानु पर्दछ। हामीले त्यसको निम्ति संघर्ष गर्नेछौं ।
कञ्चन खवर : हरैया बहुमुखी क्याम्पसको खास समस्या के रहेछ? अनि ती समस्याहरुलाई कसरी समाधान गर्ने भन्नेबारे तपाईको संगठन कत्तिको सम्बेदनशिल छ?
माया थापा : सब‌ै सामुदायिक क्याम्पसको जुन समस्या छ, हरैया क्याम्पसको पनि उस्तै समस्या हो । नीतिगत समस्या समाधान यो व्यवस्थामा सम्भव छैन । उपरी प्रकारको समस्या समाधानले मात्र शैक्षिक समस्या समाधान हुन्न । क्याम्पसमा देखिएको खेलमैदानको समस्या, स्वच्छ खानेपानीको समस्या, पार्किङको समस्या, नियमित अतिरिक्त क्रियाकलापको सामस्या समाधान गर्नेछौं। मुख्य शैक्षिक समस्या समाधान गर्न सशक्त आन्दोलान गर्नु पर्दछ।
कञ्चन खवर : बिधार्थीहरुले राजनिती गर्नु हुन्न भन्ने राजनैतिक दलका बिधार्थी संगठनहरु नै स्ववियु निर्वाचनमा सहभागी भई बिधार्थीहरु र क्याम्पस भित्र रहेको समस्या उठाउने गर्दछन र निर्वाचन जित्छन। निर्वाचन पछि जितेका र पराजित भएका संगठनहरु फेरी सुनसान हुन्छन। यसबारे तपाई के भन्नु हुन्छ?
माया थापा : विद्यार्थीले राजनीति गर्नहुन्न भन्ने भनाइ नै राजनीति हो । राजनीति भनेको समग्र पक्षको अध्ययन र त्यसको समाधान हो। शासक दलहरु विद्यार्थीले राजनीति नगरुन् र यथास्थितिलाई कायम राख्न सहयोग गरुन् भन्ने चाहन्छन् । साशक दलहरु शैक्षिक क्षेत्रमा आम्दानी चाहन्छन् र उनीहरूका विद्यार्थी संगठनलाई सोही अनुसार परिचालन गर्दछन् । विद्यार्थीहरुको कमजोर चेतना स्तरका कारण शासक दलको भ्रममा बाँचेका हुन्छन् । उनीहरुसंग न कुनै योजना हुन्छ, न कुनै संघर्ष गर्ने चाहना हुन्छ । केवल निर्वाचन जित्नको लागि सत्ता शक्तिको दुरुपयोग मात्र गर्छन् । अखिल , नेविसंघले निर्वाचन जितेर शैक्षिक समस्या समाधान हुनेभए अहिलेसम्म शैक्षिक समस्या रहने नै थिएन । हामीले सम्पुर्ण विद्यार्थीलाई सचेत रहन अनुरोध गर्दछौं । हाम्रो संगठनले निर्वाचन जितेपनि नजितेपनि शैक्षिक तथा राजनीतिक आन्दोलन जारी राख्छ।
कञ्चन खवर : यस भन्दा अघि सम्पन्न भएका निर्वाचनहरुमा विजयी भएका संगठन र ती संगठनका सभापतिहरुले निर्वाचनको समयमा उठाएका बिषयहरुमा तै चुप मै चुप भएको इतिहास छ। तपाईहरुको संगठनबाट बिधार्थीहरुले के अपेक्षा गर्ने ?
माया थापा : हाम्रो संगठनले सम्भावना नभएका विषयमा ठुलाकुरा गर्दैन । शैक्षिक समस्या समाधान गर्न यो क्षेत्रसंग सम्वन्धित सबैले प्रयत्न गर्नु पर्दछ । हाम्रो संगठनले प्रयत्न गर्ने मात्र हो । यो व्यवस्था दलालहरुको व्यवस्था हो । यो व्यवस्थामा हामीले चाहेरमात्र शैक्षिक समस्य समाधान गर्न सकिदैन । साशक दलका विद्यार्थी संगठनले उठाउने शैक्षिक मुद्दा विद्यार्थीमा भ्रमछर्न मात्र हो । उनीहरुसंग हामीले ठुलो अपेक्षा गर्नु हुदैन । हाम्रो संगठन सधैभरी विद्यार्थी र विद्यार्थी आन्दोलनको पक्षमा काम गर्ने छ। विद्यार्थीहरुले हामीबाट क्रान्तिकारी विद्यार्थी आन्दोलनको अपेक्षा गर्नुपर्दछ। हामीले त्यसको नेतृत्व सदैब गरिरहने छौं ।
कञ्चन खवर : निर्वाचनमा जित हासिल गरिन्छ भन्ने आधार के के हुन?
माया थापा : निर्वाचनमा जित हार स्वभाविक हो। वास्तविक हार त्यतिबेला हुन्छ। जतिवेला हामीले लड्न छोड्नेछौं । यो व्यवस्था र शैक्षिक विकृति विरुद्ध हाम्रो संघर्ष जितेपनि वा हारे पनि कायम राख्ने छौं । सत्ता र शक्तिको बिरुद्ध हामीले जुन उम्मेदवारी दिएका छौं । त्यो एउटा लडाइको शुरुरुवात हो। त्यसलाई निरन्तरता दिनेछौं । हाम्रो जितको आधार सही राजनीति लाइन हो।
कञ्चन खवर : स्ववियु निर्वाचनमा पनि स्थानीय, प्रदेश र संघको निर्वाचनमा जस्तै झुठा आस्वासन र छलकपट अनि पैसाले मत किनिएको उदाहरण प्रशस्तै छ, यसको अन्त्य वा न्युनिकरणका लागि तपाईहरुको भुमिका कस्तो रहने छ?
माया थापा : हामीले विद्यार्थीको चेतना स्तरमा विकास गर्न जरुरी छ । अहिले नियमित स्ववियु निर्वाचन नहुदा विद्यार्थीमा राजनीतिक चेतना कमजोर देखिन्छ। साशक दलहरुले विद्यार्थीलाई किनबेच गर्ने सम्भावना समेत देखिन्छ। विद्यार्थीलाई दबाब दिने, उम्मेदवारी फिर्ता गर्न लगाउने जस्ता घृणित खेलहरु देखिएकाछन्। राजनीतिक पार्टीको अनावश्यक चलखेल बढेर गएको छ। स्ववियु निर्वाचन विद्यार्थी बिच हुनुपर्नेमा पार्टी विच भएको देखिन्छ । यसलाई हामीले गलत मान्दछौं। भ्रष्ट दल र तिनका विद्यार्थी संगठनले झुठो आश्वासन दिने परम्परा पुरानो हो। विद्यार्थीको सचेतनाले सबै प्रकारका दबाब, प्रलोभन, झुठो आश्वासनलाई काम नलाग्ने बनाइदिनेमा विश्वास गर्दछौं ।
कञ्चन खवर : अन्त्यमा हरैया बहुमुखी क्याम्पस लगायत देशभरका आंगिक तथा पब्लिक क्याम्पसमा हुने स्ववियु निर्वाचनमा प्रगतीशिल बिधार्थी संगठनलाई नै किन मत दिने ?
माया थापा : शिक्षामा आमुल परिवर्तन गरि श्रम, सीप, उत्पादन र रोजगारसंग जोडिएको शिक्षा प्राप्तिको आन्दोलन सफल पार्न प्रगतिशील विद्यार्थी संगठनलाई मत दिनुको कुनै विकल्प छैन । त्यसकारण चैत्र ५ गते हुन लागिरहेको ऐतिहासिक स्ववियु निर्वाचनमा प्रगतीशिल बिधार्थी संगठनलाई नै देशभरका बिधार्थीहरुले आफ्नो अमुल्य मत दिनु हुने छ भन्ने बिश्वास गर्दछौं।


प्रकाशित मिति: बुधवार, चैत्र १, २०७९, ०३:३१:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लघुवित्तको चर्को शोषण र संघर्षको प्रश्न
जेनी वोन वेष्टफालेन (१८१४–१८८१) को सङ्क्षिप्त चर्चा
पार्टीका लागि महिला श्रृङ्गारिन्छन् : यो आधा सत्य हो, श्रीमान्‌काे कुटाइको दाग लुकाउन पनि मेकअप गर्नुपर्छ
अन्तरनगर पुरुष खो खो प्रतियोगिता २०७९ लाई फर्केर हेर्दा
ताजा समाचार
भारतीय पाइलटलाई नेपाल उडानमा प्रतिबन्ध आइतवार, चैत्र १२, २०७९
स्पेनको भ्यालेन्सिया क्षेत्रमा भीषण आगलागी, ३ हजार हेक्टर क्षेत्रफल जङ्गल नष्ट
३ खेलाडीलाई तिलोत्तमामा नगदसहित सम्मान
भोजपुरी नायिका आकांक्षा दुबे होटलमा मृत फेला
उत्तराखण्डमा चट्याङमा परेर ३५० भेडा बाख्राको मृत्यु
आईपीएलमा नयाँ नियम : टसपछि सुरुवाती ११ चुन्न सकिने, इम्प्याक्ट प्लेयरलाई साट्न सकिने
रक्सी खाने मान्छे एमाले हुन नसक्ने अध्यक्ष ओलीको भनाई
भैरहवामा नयाँ वर्षको अवसरमा सडक खाना महोत्सव हुँदै
माओवादीसहित ६ दलद्धारा लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता
स्वास्थ्य
युवापुस्ता विवाह गर्न र बच्चा जन्माउन अनिच्छुक हुँदा दक्षिण कोरियाको प्रजनन दर घट्दै कञ्चन खवर
मेस्सीको फ्रिकिकमा पीएसजी विजयी, नेयमार घाइते कञ्चन खवर
अब चीनमा ईच्छा अनुसार सन्तान जन्माउने अधिकार दिइयो कञ्चन खवर
पत्रपत्रिकाबाट
अचम्मको कुरा डोल्पामा अझै पनि जेठो दाइले बिहे गरेपछि सबै भाइको पनि साझा श्रीमती बुधवार, भदौ १०, २०७७
समाजवादी व्यवस्थाको अपरिहार्यता पुष्टि हुँदै आइतवार, चैत्र २३, २०७६
जतिबेला चीन काेराेना महामारीसँग लडिरहेको थियो, तेस्बेला युरोप र अमेरिका ठट्टा गर्दैथिए बुधवार, चैत्र १२, २०७६
शुभकामना
नेमकिपाद्वारा चिनियाँ कम्युनिस्ट पार्टीको बीसौँ अधिवेशनलाई शुभकामना सन्देश बुधवार, आश्विन २६, २०७९
जसपा नेपाल लुम्बिनी प्रदेशद्वारा दशैं, शुभ दिपावली तथा छठ पर्वको शुभकामना व्यक्त शुक्रवार, आश्विन २९, २०७८
विजयनगर गाउपालिकाका अध्यक्ष गोपाल थापाद्धारा शुभकामना ब्यक्त शुक्रवार, आश्विन २९, २०७८
साहित्य
तिम्रो सुन्दरताको बयान गर्न...............
तिम्रो मायामा मन.........
गोबिन्द राज ओझा (राजन)को "रिस सबै त्याग गरेर"
सम्पर्क ठेगाना

डिजिटल अनलाइन पत्रिका कञ्चन खवरका लागि

प्रधान कार्यालय
कञ्चन सूचना तथा संचार केन्द्र
कञ्चन-४,अस्नैया,रुपन्देही
द्धारा संचालित
कञ्चन खवर

प्रकाशक/प्रधान सम्पादक :

जगिलाल थापा

सम्पादक :

तारा पौडेल

प्रबन्धक:

शेखर अर्याल

ठेगाना:

कञ्चन-४,अस्नैया,रुपन्देही

सम्पर्क:

+९७७-९८५७०३११२०र ९८५७०३७७२५

कम्पनी दर्ता :

२२७७८२/०७६/०७७

सूचना विभाग दर्ता :

२८७९/२०७८/७९

ईमेल:

[email protected]
हाम्रो बारेमा समृद्ध नेपाल,खुशी नेपालीका लागि सूचना र संचारको पहुच हरेक नागरिकमा पुर्याई सामाजिक, आर्थिक, नैतिक, राजनैतिक, शैक्षिक, सांस्कृतिक शसक्तिकरण गर्न,देश र जनता प्रति उत्तरदायी बनाई देशभक्त नागरिक बनाउन कञ्चन सूचना तथा संचार केन्द्र द्वारा संचालित अनलाइन डिजिटल पत्रिका कञ्चन खवर डटकम (Kanchankhabar.com) हो। यस अनलाईन पत्रिका मार्फत राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका राजनैतिक, आर्थिक, खेलकुद, कृषि, शिक्षा, उत्पादन, सामाजिक र बिज्ञान , प्रबृद्धि लगायतका खोजमुलक समाचार प्रकाशन र प्रसारण हुनेछ।
मेनु
  • समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • राजनीति
  • कृषि
  • आर्थिक
  • शिक्षा
  • अन्य
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • हाम्रो टीम
फेसबुक पेज
Nagarik Online Patrika
©Kanchan Khabar-2023 All rights reserved.
Site by: SoftNEP
Notifications
New
एक सय भेडा चराउने दस वर्षीय यमराज भन्छन्-अब पढ्न जादिनँ 2 mins ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago
Earlier
सिन्डिकेटको समर्थनमा ट्याङ्कर व्यवसायी, इन्धन ढुवानी ठप्प पार्ने चेतावनी 40 mins ago
सिन्डिकेट हटाएको विरोधमा यातायात व्यवसायीले देशव्यापी आन्दोलन गर्ने 1hr ago
चौथो खेलबाट मुम्बई इन्डियन्सको पहिलो जित, बैंलोर पराजित 2hrs ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago