Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • राजनीति
  • कृषि
  • आर्थिक
  • शिक्षा
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • अन्य
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरञ्जन
    • पत्रपत्रिकाबाट
    • शुभकामना
    • साहित्य
    • आजको राशीफल
  • विज्ञान तथा प्रबृद्धि
  • समसामयिक बिचार/लेख
सोमवार, असार २०, २०७९ ०९:२०:५५ युनिकोड
  • गृहपृष्ठ
  • समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • राजनीति
  • कृषि
  • आर्थिक
  • शिक्षा
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • अन्य
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरञ्जन
    • पत्रपत्रिकाबाट
    • शुभकामना
    • साहित्य
    • आजको राशीफल
  • विज्ञान तथा प्रबृद्धि
  • समसामयिक बिचार/लेख
पत्रपत्रिकाबाट
  • Home
  • पत्रपत्रिकाबाट
  • महिला आन्दोलनलाई वर्गीय मुक्ति आन्दोलनसँग जोडौँ
महिला आन्दोलनलाई वर्गीय मुक्ति आन्दोलनसँग जोडौँ
64x64
बुधवार, फाल्गुन २८, २०७६ कञ्चन खवर

सृजना
अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस अर्थात् मार्च ८ महिला विद्रोहको मात्र दिन होइन, यो सम्पूर्ण कामदार महिलाको वर्गीय मुक्ति आन्दोलनको महत्वपूर्ण नाम हो । यो वर्गसङ्घर्षको एउटा सिलसिला हो । कारखाना, खेत–खलिहानमा काम गर्ने महिलामाथिको शोषणविरुद्ध उठेका थुप्रै आन्दोलनहरूले जन्माएको दिन हो, मार्च ८ । काम गरिखाने महिलामाथिको उत्पीडनविरुद्ध उठेको सशक्त आवाजको नाम हो, मार्च ८ । त्यसकारण, मार्च ८ को भावना आजको विश्वमा अझ बढी आवश्यक छ ।
सन् १८३० मै दासताविरुद्ध अमेरिकी महिलाहरूको सङ्गठित आन्दोलनसँगै महिला मुक्तिको आवाज उठ्न थालेको बताइन्छ । विश्वमा औद्योगिकीकरणको सुरुआतसँगै श्रम शोषण झन् पैmलियो । अझ कामदार महिलामाथि चरम श्रम शोषण हुनथाल्यो । सन् १८४८ मा कार्ल माक्र्स र एँगेल्सले लेख्नुभएको ‘कम्युनिस्ट घोषणापत्र’ ले श्रम शोषणविरुद्ध उभिन हौस्यायो । यसले कामदार वर्गमाथिको शोषण–उत्पीडनविरुद्धको बाटो वर्गसङ्घर्ष नै हो भन्ने प्रस्ट सिकायो ।

कम्युनिस्ट घोषणापत्रको विचार संसारभर फैलियो । श्रमिक महिलाहरूको सङ्गठित शक्तिले मात्रै शोषणविरुद्ध लड्ने सामथ्र्य मिल्ने महिलाहरूले बुझ्न थाले । कार्यालयमा समान पारिश्रमिक, समान अवसर, निश्चित कार्यघण्टा, मातृत्व संरक्षणलगायत श्रमसम्बन्धी विषय र महिला मताधिकारको माग गर्दै थुप्रै आन्दोलनहरू उठे । तीमध्ये सन् १९०८ को दिन अमेरिकाको म्यानह्याथनमा सिलाइ बुनाइ कारखानाका करिब ३० हजार महिला मजदुरहरूले गरेको विशाल प्रदर्शनी स्मरणीय छ । प्रदर्शनीलाई निर्ममतापूर्वक दमन गरियो ।

थुप्रै महिलाहरूले गिरफ्तारी दिए । सो दिनको स्मरण गर्दै सन् १९१० मा अन्तर्राष्ट्रिय समाजवादी सङ्गठनको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन डेनमार्कको कोपनहेगनमा भयो । सो सम्मेलनमा एक जर्मन नेतृ क्लारा जेट्किनले हरेक वर्षको ८ मार्चलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रूपमा मनाउने प्रस्ताव गरिन् । वर्ग मुक्तिले मात्र महिला मुक्ति हुने विचार उनले राखेकी थिइन् ।
सन् १९१७ मा रुसमा अक्टोबर समाजवादी क्रान्ति सफल भएपछि सोभियत कम्युनिस्ट पार्टीले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउने घोषणा ग¥यो । अक्टोबर क्रान्तिबाटै सिकेर विश्वका कम्युनिस्टहरूले महिला मुक्तिलाई वर्गीय मुक्तिसँग जोडे । सोभियत रुसले वर्गीय मुक्तिबाट मात्रै महिला मुक्ति सम्भव हुने सन्देश विश्वमा प्रवाह ग¥यो । समाजवादी व्यवस्थामा मात्रै महिलाहरूको स्वतन्त्रता र समानता सम्भव हुने शिक्षा दियो ।

लेनिनले मार्च ८ अर्थात् महिला आन्दोलनको आवश्यकताबारे थुप्रै लेखहरू लेख्नुभएको थियो । अक्टोबर क्रान्ति महिलाहरूको पनि क्रान्ति थियो । उहाँ भन्नुहुन्थ्यो, “महिलाहरू अहिलेसम्म घरको चारभित्ताभित्र कैद भएर दासी जीवन बिताउँदै थिए । समाजवादले तिनलाई नयाँ जीवन दियो । ती पूर्णतः स्वतन्त्र छन् । व्यक्तिगत कार्यबाट सामूहिक कार्य, कृषि र जमिनको समाजवादी नीतिले महिला उत्पीडनमाथि जीत हासिल ग¥यो ।”
सन् १९४९ को चिनियाँ क्रान्ति, सन् १९४५ को प्रजग कोरियाली समाजवादी क्रान्ति, सन् १९५९ को क्युवाली क्रान्तिले पनि महिला आन्दोलनलाई समाजवादी क्रान्तिसँग जोड्यो । समाजवादी क्रान्तिले मात्र महिलाहरूले समान आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक अधिकार पाउँछन् । क्युवाली क्रान्तिको सन्दर्भमा फिडेल क्यास्ट्रो भन्नुहुन्छ, “क्रान्तिमा महिला सहभागिता क्रान्तिभित्रको पनि क्रान्ति हो । क्युवाली क्रान्तिले क्युवामा गरिरहेको महत्वपूर्ण क्रान्तिकारी काम भनेकै महिला मुक्ति अर्थात् महिला क्रान्ति हो ।”
यसरी समाजवादी मुलुकलगायत कम्युनिस्ट विचार बोक्ने संसारका सम्पूर्ण जनता मार्च ८ लाई समाजवादी आन्दोलनको श्रृङ्खला र वर्गसङ्घर्षको सिलसिलाको रूपमा अगाडि बढाउँछन् ।
पुँजीवादी देश र बुर्जुवा वर्ग भने अन्तर्राष्ट्रिय नारी दिवस मनाउँछन् । संयुक्त राष्ट्र सङ्घले सन् १९७५ मा ‘श्रमिक’ शब्द हटाई ‘अन्तर्राष्ट्रिय महिला दिवस’ मनाउन थालेको बताइन्छ । यो विचार थुप्रै आइएनजीओको माध्यमबाट संसारभर फैलाइयो । नेपालमा पनि पुँजीवादी विचार बोक्ने दलका महिला सङ्गठनहरू, आइएनजीओको डलरले बाँचेका महिला सङ्गठनहरू ‘नारी दिवस’ मनाउँछन्, अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउँदैनन् ।
महिला आन्दोलनलाई वर्गीय चेतना दिनु आजको आवश्यकता हो । महिला आन्दोलनलाई वर्गसङ्घर्षको भावना दिन सकिएन भने त्यसले बुर्जुवा महिला र पुँजीवादी व्यवस्थाकै मलजल गर्नेछ । त्यसकारण अहिलेको श्रमिक महिला आन्दोलनलाई शोषणमा आधारित पुँजीवादी व्यवस्थाविरुद्ध केन्द्रित बनाइनुपर्छ ।
पुँजीवादी व्यवस्थाले महिला मुद्दालाई लैङ्गिक मुद्दाको रूपमा मात्रै व्याख्या गर्ने गर्छ । पुँजीवादी व्यवस्था र केही महिलावादीहरू महिलाको शत्रु पुरुष हो पुँजीवादी व्यवस्था होइन भन्ने भ्रम सृजना गर्छन् । महिला उत्पीडनको जन्म परिवार, निजी सम्पत्ति र राज्यसत्तामाथि आधारित वर्ग समाजको बाटो हुँदै भएको हो भन्नुहुन्छ, एँगेल्स । पुँजीवादी व्यवस्थाले व्यक्तिवाद, निजीकरण र राज्य सत्तालाई बलियो बनाउँछ । ‘महिलालाई सम्पत्ति र लैङ्गिक समानता’ जस्ता नारा पुँजीवादी व्यवस्थाकै उपज हुन् । महिलालाई छुट्टै राज्य, छुट्टै भाषा, छुट्टै सञ्चारगृह आदि महिलाभन्दा महिलावादी नारा पुँजीपति वर्गले दिन्छ । पितृसत्तात्मक समाज नै महिला असमानताको एकमात्र कारणको रूपमा पुँजीपतिहरू होहल्ला गर्छन् ।
मानव समाजको इतिहास भन्छ, महिला उत्पीडन उत्पादन सम्बन्धसँग पनि जोडिएको हुन्छ । आदिम समाजमा महिलाहरू पुरुषसरह बाँच्थे । समाज मातृसत्तात्मक थियो । पितृसत्तात्मक समाज र ‘परिवार, निजी सम्पत्ति र राज्यसत्ता’ एकअर्कोसँग जोडियो । जङ्गली युगमा शिकार गर्र्ने, खानेकुरा जोहो गर्ने पुरुषले गर्नथाले । सामन्तवादी अर्थ व्यवस्थामा कृषि, पशुपालन तथा घरेलु उद्यमको विकाससँगै श्रमशक्तिको महत्व बढ्यो ।

पुरुषहरूले आफ्नो अतिरिक्त श्रमलाई निजी सम्पत्तिको रूपमा जम्मा गर्नथाले । परिवारको आवश्यकता बोध गरी विवाह प्रथाको विकास गरियो । पुरुषको तखतमा महिलाहरू बस्नुपर्ने समाजको विकास भयो । महिलाहरू घरभित्र भान्सा र बच्चा हेर्ने काममा बाँधिए । धर्मले महिलाहरूलाई बाँध्ने सामाजिक सिक्रीहरू बनायो । समाज विकासक्रम सँगै महिलाहरूलाई अत्यन्त न्यून स्तरमा राख्ने र महिला उत्पीडनको मूलभूत कारण पुँजीवादी व्यवस्था बन्यो । शोषणमा आधारित व्यवस्थामा सर्वहारा महिलामाथि दोहोरो शोषण हुने गर्दछ । पहिलो, बुर्जुवा वर्ग अर्थात् व्यवस्थाले गर्ने शोषण । दोस्रो, सामाजिक मूल्य–मान्यताबाट हुने दमन । त्यसकारण कामदार महिलामाथिको दोहोरो शोषणविरुद्ध सशक्त आन्दोलन तथा सङ्घर्ष आवश्यक रहन्छ ।
पँुजीवादी व्यवस्था कामदार महिलामाथि चरम श्रम शोषण हुने व्यवस्था हो । पुँजीवादी समाजमा महिला सस्तो ज्यामीको रूपमा प्रयोग हुन्छन् । पुँजी र नाफाको व्यवस्थामा महिलाहरू नाफाको निमित्त वस्तुसरह प्रयोग गरिन्छन् । बेरोजगारी पुँजीवादी व्यवस्थाको रोग हो । पुँजीवादी व्यवस्थाले मुठ्ठीभर धनी वर्गको हित गर्ने हुँदा बहुसङ्ख्यक कामदार वर्ग काम, माम र कपडाको लागि रगत–पसिना बगाउन बाध्य हुन्छन् । नेपाली समाजमा त्यही वर्गका महिलाहरूलाई कामको लोभ देखाई सहर ल्याइन्छन् र बेचिन्छन् । वैदेशिक रोजगारीको नाममा विदेशमा बेचिन्छन् । पहिला भारतमा मात्रै नेपाली चेली बेचिन्थे अहिले त खाडी मुलुक, दक्षिण कोरिया हुँदै अफ्रिकी मुलुकहरूमा समेत बेचिने गरेको समाचार प्रकाशित भइरहेको छ ।

पुँजीवादी व्यवस्थाले मानव तस्करीलाई पनि कानुनी मान्यता दिन्छ । यसर्थ अहिलेसम्मका नेपालका शासक दलहरू सामन्तवादी चिन्तन र पुँजीवादी विचारका हिमायती हुन् ।
पुँजीवादी व्यवस्थामा सबैभन्दा बढी महिला हिंसा हुन्छ भन्ने प्रमाण अहिलको सिङ्गो विश्व हो । पुँजीवादले महिलालाई दबाउनकै निमित्त सम्पूर्णखाले कुसंस्कार, अन्धविश्वास, कुरीति र कुप्रथाहरूलाई मान्यता दिने र हुर्काउने गर्दछ । आज पनि नेपाली महिलाहरू बोक्सीको आरोपमा पिटिन्छन्, समाजबाट बहिष्कृत गरिन्छन् । छाउपडी प्रथालाई संस्कार र भगवानको देनको रूपमा स्वीकारिन्छ । पश्चिम नेपालमा छाउपडी प्रथा, महिनावारीलाई पापको संज्ञा दिने परम्पराको रूपमा अगाडि बढ्दै छ । छाउपडी प्रथा र महिला स्वास्थ्यलाई सँगै जोडेर चेतना जगाउने कार्य गरिएको छैन । दैनिक ६ वटा बलात्कारका घटना घट्छन् ।

दाइजो प्रथाले झन् झन् विकराल रूप लिँदैै छ । गएको माघ १३ गते सिराहाको औरही गाउँपालिका २ मा श्रीमान् विनोद यादवले श्रीमती अनिताकुमारी यादवलाई लेनदेन नमिलेको भन्दै पेट्रोल छर्केर जिउँदै आगो लगाए । अनाहकमा प्राण त्याग्न बाध्य श्रीमती, बुहारीहरूका समाचारहरू यसअघि कति आए, आए । दाइजो प्रथा पुँजीवादी व्यवस्थाकै उपजको रूपमा विकराल बन्दै छ । तेजाब आक्रमणहरूले निरन्तरता पाउँदै छन् । मार्च ८ कै दिन कपिलवस्तुको महाराजगञ्ज नगरपालिका — १ का ५१ वर्षीया बेदमतीदेवी गुप्तामाथि तेजाब प्रहार गरियो । यी सम्पूर्ण बेथिति केलाउँदा र महिलामाथिको शोषण नियाल्दा नेपालबाट पञ्चायती व्यवस्था, सामन्तवादी व्यवस्था अर्थात् पुरानो सोच नहटेको भान मिल्छ । पुँजीवादी प्रजातन्त्रको वकालत गर्ने अहिलेको शासक दलका महिला सङ्गठनहरू परिवर्तनको निम्ति राजनीतिमा महिला सहभागिताको नारा दिन्छन् । त्यही सिलसिलामा आरक्षण र महिला कोटाको प्रावधान भित्रियो । आरक्षण र कोटा प्रणालीले महिला आन्दोलनमा कुनै योगदान गर्दैन बरु आन्दोलन नै कमजोर बन्छ भन्ने प्रमाण वर्तमान समय नै हो । आरक्षण प्रणाली विशुद्ध पुँजीवादी नारा हो भन्नेमा अब दुविधा छैन । महिला पदमा पुग्नु र महिला प्रतिनिधित्व बढ्नुलाई बुर्जुवा महिलाहरू क्रान्ति मान्छन् । राष्ट्रपति महिला भएकै बेला महिला हिंसाले पराकाष्ठा नाघेको छ । हाल सङ्घ, प्रदेश र स्थानीय गरी १०४६ जना (स्थानीय तहका महिला सदस्यबाहेक) जनप्रतिनिधि छन् । यद्यपि महिला हिंसा रोक्ने, हटाउने, महिलामाथिको श्रम शोषण, सामाजिक शोषण हटाउने कानुन बन्न सकेका छैनन्, भएका कानुनको कार्यान्वयन हुन सकेको छैन ।

विश्वकै राजनीतिमा महिला सहभागिताको सवालमा विश्वव्यापी औसत २३.८ प्रतिशत, एसियाली देशको औसत १९.८ प्रतिशत भएको अवस्थामा नेपालको ३३ प्रतिशत छ । विश्वका १९३ देशमा नेपाल ३७ औँ स्थानमा पर्छ । त्यसकारण महिला सहभागिताभन्दा पनि कस्ता महिला भन्ने सवाल महत्वपूर्ण हुन्छ । कामदार वर्गका सक्षम महिलाहरूको सहभागिताले मात्रै सकारात्मक परिवर्तन सम्भव छ । तबमात्रै कामदार वर्गीय आन्दोलन अगाडि बढ्नेछ ।
महिलाहरूलाई शिक्षित बनाउनु, सङ्गठित गर्नु र वर्गीय चेतना दिनु आजको आवश्यकता हो । हरेक क्षेत्रमा महिलालाई अगाडि बढाउने र स्वदेशमै योग्यताअनुसारको काम र कामअनुसारको ज्याला, सुरक्षित मातृत्वको व्यवस्था तत्कालीन आवश्यकता हो । महिला शोषण अन्त्यका लागि पुँजीवादी अर्थराजनीतिको अन्त्य गर्नु आवश्यक छ । पुँजीवादको मृत्युशैय्यामा मात्रै कामदार महिलाले मुक्तिको श्वास फेर्न पाउनेछन् । महिला मुक्तिले मात्रै पुरुष र महिलाबीच समानताको उद्घोष गर्छ । फेडरिक एँगेल्सले भन्नुभएको थियो, “महिला र पुरुषबीचको साँचो समानता तब सम्भव छ, जब पुँजीले गर्ने शोषणको अन्त्य हुन्छ ।

घरको व्यक्तिगत काम सामाजिक उद्योगमा परिणत हुने समाजमा मात्र यी दुईको समानता सम्भव छ ।” यसर्थ समाजवादी व्यवस्थामा मात्र महिला र पुरुषबीचको समानता सम्भव हुनेछ । जहाँ सम्पूर्णतः उत्पादन संयन्त्र नै सामूहिकीकरण गरिन्छ । जहाँ निःशुल्क स्वास्थ्य र शिक्षाको बन्दोबस्त हुनेछ, जहाँ शिशुदेखि ज्येष्ठ नागरिकसम्मको दायित्व राज्यले लिनेछ, त्यो समाजमा आधा आकाश ढाकेका महिलाले मुक्तिको श्वास फेर्नेछन् ।
यसरी मार्च ८ लाई वर्गसङ्घर्षको एउटा महत्वपूर्ण श्रृङ्खलाको रूपमा मनाउन आवश्यक छ । ११० औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसमा साम्राज्यवाद–पुँजीवादविरुद्ध समाजवादको निम्ति सङ्घर्ष गर्ने ऊर्जा प्राप्त गरौँ ।


प्रकाशित मिति: बुधवार, फाल्गुन २८, २०७६, ०७:१२:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अचम्मको कुरा डोल्पामा अझै पनि जेठो दाइले बिहे गरेपछि सबै भाइको पनि साझा श्रीमती
समाजवादी व्यवस्थाको अपरिहार्यता पुष्टि हुँदै
जतिबेला चीन काेराेना महामारीसँग लडिरहेको थियो, तेस्बेला युरोप र अमेरिका ठट्टा गर्दैथिए
MMC बिरुद्ध बिधार्थीहरुको आन्दोलन
ताजा समाचार
दोश्रो कञ्चन व्यापार तथा सांस्कृतिक महोत्सव समापन हुदै सोमवार, असार २०, २०७९
लुम्बिनीस्थित मायादेवी मन्दिरको दानपेटिका खोलियो, ४ दिन सम्म पैसा गनिने
२४ घण्टामा ५३ जनामा कोरोना सङ्क्रमण
अब सूचना विभागका सम्पूर्ण सेवा अनलाइनबाटै
श्रीलंकामा इन्धन भण्डारण खालि भयो
बिहारमा गुडिरहेको रेलमा लाग्यो आगो
दाँत कोट्याउने सिन्कामा नेपालीले सके २ करोड ५३ लाख रुपैयाँ
नेपालमा ओमिक्रोन भेरियन्ट पुष्टि
कपिल शर्माविरुद्ध अमेरिकी कोर्टमा उजुरी
स्वास्थ्य
अव हरेक महिना टाईफाइड बिरुद्धको खोप स्थानीय स्वास्थ्य केन्द्रहरुबाट कञ्चन खवर
थप ३३ जनामा कोरोना सङ्क्रमण, ८९ जना निको कञ्चन खवर
कोरोनाभाइरसको नयाँ ‘रिकम्बिनेन्ट’ भेरियन्ट फेला : डब्लूएचओ कञ्चन खवर
पत्रपत्रिकाबाट
अचम्मको कुरा डोल्पामा अझै पनि जेठो दाइले बिहे गरेपछि सबै भाइको पनि साझा श्रीमती बुधवार, भदौ १०, २०७७
समाजवादी व्यवस्थाको अपरिहार्यता पुष्टि हुँदै आइतवार, चैत्र २३, २०७६
जतिबेला चीन काेराेना महामारीसँग लडिरहेको थियो, तेस्बेला युरोप र अमेरिका ठट्टा गर्दैथिए बुधवार, चैत्र १२, २०७६
शुभकामना
जसपा नेपाल लुम्बिनी प्रदेशद्वारा दशैं, शुभ दिपावली तथा छठ पर्वको शुभकामना व्यक्त शुक्रवार, आश्विन २९, २०७८
विजयनगर गाउपालिकाका अध्यक्ष गोपाल थापाद्धारा शुभकामना ब्यक्त शुक्रवार, आश्विन २९, २०७८
कञ्चन गाउपालिकाका उपाध्यक्ष तरामुद्धारा शुभकामना शुक्रवार, आश्विन २९, २०७८
साहित्य
तिम्रो साथ पाईयो जिन्दगीको.......................
कविता
यो दिलबाट मैले तिमीलाई....
सम्पर्क ठेगाना

डिजिटल अनलाइन पत्रिका कञ्चन खवरका लागि

प्रधान कार्यालय
कञ्चन सूचना तथा संचार केन्द्र
कञ्चन-४,अस्नैया,रुपन्देही
द्धारा संचालित
कञ्चन खवर

प्रधान सम्पादक :

जगिलाल थापा

सम्पादक :

तारा पौडेल

ठेगाना:

कञ्चन-४,अस्नैया,रुपन्देही

सम्पर्क:

+९७७-९८५७०३११२० र ९८०४४१४४०८

कम्पनी दर्ता :

२२७७८२/०७६/०७७

सूचना विभाग दर्ता :

२८७९/२०७८/७९

ईमेल:

[email protected]
हाम्रो बारेमा समृद्ध नेपाल,खुशी नेपालीका लागि सूचना र संचारको पहुच हरेक नागरिकमा पुर्याई सामाजिक, आर्थिक, नैतिक, राजनैतिक, शैक्षिक, सांस्कृतिक शसक्तिकरण गर्न,देश र जनता प्रति उत्तरदायी बनाई देशभक्त नागरिक बनाउन कञ्चन सूचना तथा संचार केन्द्र द्वारा संचालित अनलाइन डिजिटल पत्रिका कञ्चन खवर डटकम (Kanchankhabar.com) हो। यस अनलाईन पत्रिका मार्फत राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका राजनैतिक, आर्थिक, खेलकुद, कृषि, शिक्षा, उत्पादन, सामाजिक र बिज्ञान , प्रबृद्धि लगायतका खोजमुलक समाचार प्रकाशन र प्रसारण हुनेछ।
मेनु
  • समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • राजनीति
  • कृषि
  • आर्थिक
  • शिक्षा
  • अन्य
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • हाम्रो टीम
फेसबुक पेज
Nagarik Online Patrika
©Kanchan Khabar-2022 All rights reserved.
Site by: SoftNEP
Notifications
New
एक सय भेडा चराउने दस वर्षीय यमराज भन्छन्-अब पढ्न जादिनँ 2 mins ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago
Earlier
सिन्डिकेटको समर्थनमा ट्याङ्कर व्यवसायी, इन्धन ढुवानी ठप्प पार्ने चेतावनी 40 mins ago
सिन्डिकेट हटाएको विरोधमा यातायात व्यवसायीले देशव्यापी आन्दोलन गर्ने 1hr ago
चौथो खेलबाट मुम्बई इन्डियन्सको पहिलो जित, बैंलोर पराजित 2hrs ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago