Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • राजनीति
  • कृषि
  • आर्थिक
  • शिक्षा
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • अन्य
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरञ्जन
    • पत्रपत्रिकाबाट
    • शुभकामना
    • साहित्य
    • आजको राशीफल
  • विज्ञान तथा प्रबृद्धि
  • समसामयिक बिचार/लेख
मंगलबार, जेठ २३, २०८० १०:२०:४५ युनिकोड
  • गृहपृष्ठ
  • समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • राजनीति
  • कृषि
  • आर्थिक
  • शिक्षा
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • अन्य
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरञ्जन
    • पत्रपत्रिकाबाट
    • शुभकामना
    • साहित्य
    • आजको राशीफल
  • विज्ञान तथा प्रबृद्धि
  • समसामयिक बिचार/लेख
पत्रपत्रिकाबाट
  • Home
  • पत्रपत्रिकाबाट
  • जतिबेला चीन काेराेना महामारीसँग लडिरहेको थियो, तेस्बेला युरोप र अमेरिका ठट्टा गर्दैथिए
जतिबेला चीन काेराेना महामारीसँग लडिरहेको थियो, तेस्बेला युरोप र अमेरिका ठट्टा गर्दैथिए
64x64
बुधवार, चैत्र १२, २०७६ कञ्चन खवर
प्रा.डा. युवराज संग्राैला

— प्रा.डा. युवराज संग्राैला

हामी सबैले गंभिर चिन्तन गर्नुपर्ने अवस्था आएको छ। हामी एउटा रास्ट्र हौं। तेसैले हामिले एउटा रास्ट्रको जस्तो ब्याबाहार गर्न पनि जान्नु पर्छ। हामी अहिले संसारनै अप्ठ्यारो अवस्थामा आएको समयमा छौँ। धेरै कुराहरु बाहिर प्रकट भएका छन र देख्न सकिन्छ। मन्थन गरौँ, चिन्तन गरौं, फेरि मन्थन गरौँ।

१. जब चीन कोरोना भाइरसका विरुद्ध लंडाइ लडिरहेको थियो। वुहान बन्द गरिएको थियो, चिनियाँ जनता आतंकित थिए, चीन बिश्वलाई सहयोग र सद्भावकालागि आह्वान गरिरेहेको थियो। तर तेस्बेला युरोप र अमेरिका ठट्टा गर्दैथिए। ट्र्म्पले पटक पटक चिनियाँ भाइरस भनी व्यंग्य गरे। युरोपका शहरमा चिनियाँ मानिसहरु कुटिए। नेपालमा एउटा पत्रीकाले मजाक गर्दै माओको मुखमा मास्कलगाएको तस्बिर छाप्यो। नेपाल सरकारले मानवताका आधारमा सिमाना जोडिएको छिमेकीलाई सहयोग गर्नुपर्छ भनेर मैले लेखें। स्वमसेवक, आफ्नो इच्छाले जान चाहाने एउटा चिकित्सकको समूह चिन पठाउनु पर्थ्यो। नेपालले चीन सङ्गको कुटनितिमा ठूलो त्रुटी देखायो, तेस्बला। चीन गएका नेपाली बिद्यार्थीलाई घर आउने अधिकार थियो। तर सरकारले रेस्कु, इभ्याक्युएसन वा उद्धार जस्ता गलत शब्द प्रयोग गर्यो। चिनियाँ जनता प्रती तेसबेला जुन संवेदना हामीले देखाउनु पर्थ्यो, हामिले देखाएनौं। हामिलाई तेस्ले कतै छोएन। तर जब माहामारी पश्चिम पुग्यो, हाम्रा आँखा अचानक खुले।

२. यो भाइरस रोग थियो। यस्को रास्ट्रीयता थिएन। यो मानिसको विरुद्ध थियो रास्ट्रीयताको बिरुद्ध थिएन। तर युरो-अमेरिकन संचारमाध्यमले यसलाइ राजनीति ठट्टामा बदले। साप र चमेरो खाएर तेस्तो भको भनेर लेखे। पस्चिमी संस्थाले जनाबार मारेको पाप कराएको भनेर लेखे। केही नेपाली संचार माध्यामले पनि यहिकुरा दोहोर्याए। अब चिन सकियो भनेर पस्चिमले खुसी देखायो। जब रोगका विरुद्ध लंडाइ शुरु गर्यो चिनले, अधिनायकवादको कुरा उठाए। कुटिकुटी मानिस थुनेको आरोप लगाए। अर्थात रोगलाई राजनितिकरण गरे। तेस्को नक्क्ल गर्ने नेपालमा पनि थिए। पश्चिमी मुलुकले तेसबेला चीनलाई यस माहामारीका विरुद्ध सहयोग गर्नुपर्ने थियो। रोगमा राजनीति गर्नु हुने थिएन।

३. अहिले चीनले बद्ला लिएन। चीनले अन्तरास्ट्रिय दाइत्वलाई राम्रो सङ्ग आगाडी बढाइरहेको छ। उस्ले अहिले संवेदना र मानवीयताका आधारमा युरोपलाई सहयोग गर्नु पर्छ भन्ने ठान्यो। उस्ले सहयोगका हात अगाडि बढायो। अहिले नेपालि पत्राकार माओका मुखमा टांसेको मास्कले युरोपिएन जनताका मुखमा पस्नबाट भाइरस रोकिरहेका छन। यस माहामारीले बिश्वका थुप्रै लुकेका कुराहरुलाई पनि बाहिर ल्याएको छ।

क. युरोप र अमेरिकामा भएको बिज्ञानको बिकास मानिसको जीवन बचाउने क्षमता, प्रबिधि र औषधीको खोज, अनुसन्धान र निर्माण भन्दा हातहतियार र अन्यथा प्रयोगका कुराहरुमा भएको रहेछ। जुन क्षमता चीन, कोरिया र जापानले कोरोना रोक्न देखाए, जस्ता उपकरणहरु प्रयोग गरे, त्यो युरोप र अमेरिकामा देखिएन। यो भ्रष्ट पुंजिबादी उपभोक्ताबादी अर्थतन्त्रको विशेषता रहेछ।

ख. पुजिंबाद र समाजबादको बिचको फरक प्रष्ट देखिएको छ, अहिले। चीनमा जब यो भाइरसका विरुद्ध लंडाइ चलिरहेको थियो, सबैलाइ सरकारले गर्ने सहयोग उस्तै थियो। गरिबले काम गर्न नपाएर मर्नु पर्ने र धानीले अलिसान महलमा आइसोलेसनमा बस्ने स्थिती देखिएन। तर पुजिंबादि अमेरीकामा धनिकालागि महंगा अस्पताल छन, सबै सुबिधा छ्न। तर तल्लो आर्थिक अवस्था भएका जनताको हालत खराब छ। त्यांहाका संचार माध्यामले त्यो कुरा किन बाहिर ल्याउदैनन? किनभने सबै संचार माध्याम कर्पोरेट हाउसका आधिनमा छ्न र उनिहरुको स्वार्थ भ्रष्ट पुंजिबादको सेवा गर्नु हो। यता नेपालमा पनि उन्को प्रभाव छ, तेसैले ट्र्म्पको मुखमा मास्क लगाएको तस्बिर छाप्दैनन। माहामारीको सामाना गर्न पुंजिबाद असफल हुने रहेछ भन्ने कुरा, २० हजार मानिसमा संक्रमण हुदां ६००० मरेका घटनाले पुष्ठि गर्छ्न। नेपालमा पनि धनीहरुको यो माहामारी रोक्ने सहयोग देखिएन। धनिका अस्पतालमा ज्वोरो आएका मानिस छिर्नै नपाउने अवस्था पो आयो।

ग. पस्चिमी पुजिवादी अर्थतन्त्रका लागि यो माहामारी त्रासधीपुर्ण हुने देखियो। एसिया खासै प्रभाबित नहुने पनि देखियो। एसियामा माहामारीलाई रोक्न चीनको सहयोगले भुमिका खेल्ने पनि देखियो। तर पस्चिमी प्रभाबमा रहेको नेपालको राजनीति र कर्मचारीतन्त्रले चीनप्रती माहामारीका समयमा नेपाल हाम्रो असल मित्र हो भन्ने भाव देखाउन सकेन।यो कुरा सरकार र दलहरुलाई अहिले पनि महसुस भएको जस्तो लाग्दैन। यस्ले नेपालको चीन सङ्गको कुट्नितीमा धमिरा लागेको आंशका गरिएको छ।

घ. चीनले अहिले जसरी WHO र UN सङ्ग समन्वय गर्दै सहयोग आगाडि ल्यायो, तेस्बाट कुटनितीमा उस्को परिपक्वता प्रकट भयो। उस्को उत्पादन प्रणाली पुन संचालनमा आयो। उस्को अर्थतन्त्रले क्षेती ब्योहोर्नु पर्ने अवस्था अब रहेन, तर बिकसित देशको अर्थतन्त्रले ठूलो क्षेती ब्यहोर्नु पर्ने देखियो। चीनले एक अर्थमा छंलाङ्ग मार्यो भन्दा हुन्छ।अन्तरास्ट्रिय संबन्धमा चिनको भुमिकालाई बर्खास्त गर्न अब संभब छैन।

४. के हुन्छ नेपालमा चिनको ससक्त उदयको यो अवस्था र पश्चिमको यो संकटले? थुप्रै प्रभाब पर्ने कुरा टडकारो छ। भारत यदि यस माहामारीको प्रकोबमा चीनकै तहमा आयो भने, भारतलाई यो समस्या संबोधन गर्न संभब हुँदैन, पैसा र बिज्ञान नभएर होइन। भारतको जनसंख्या सचेत छैन र नेपालमा जस्तै अनुसासन हिन अल्पज्ञानको सिकार भएको छ। यहाँ पनि कालोबजारी र भ्रष्टाचारको बिग्बिगी छ। भारतमा माहामारी फैलियो भने, नेपाल तहसनहस हुन्छ। के सहयोग माग्ने हक छ हाम्रो चीन सङ्ग अझै? शहयोग त चीनले फरि पनि गर्छ। तर उनिहरु हामीलाई सहयोग दिनु अगाडि एक पट्क हाम्रो प्रवृत्ति देखेर मुस्कुराउने छ्न। के पस्चिमले हामीलाई चिकित्सक र औषधी ल्याउने छ? तेसैले भनेको होला नि, श्रेमती श्रीमान छोडन सकिन्छ छिमेकी बदल्न सकिन्न भनेर। हामिले भुकम्पमा चीनले लगाएको गुन स्मरण सम्म गरेका छौँ ? सरकारमा बस्नेहरुले मुल्यांकन गर्दा राम्रो होला।

५. यो समस्यालाई सरकारले हेलचेक्राइ नगरोस। तत्काल निम्न कुरा गर्नु गर्नु पर्ने देखिन्छ।

क. चीन सङ्ग सहयोग मागोस। चिकित्सक, औषधि र प्रबिधि तत्काल ल्याओस। आइसोलेसन गृह निर्माणमा सेनाको प्रयोग गरोस। बांचे मात्र पछि प्रगति गरिने हो।

ख. कालाबजारी रोक्न र माहामारीका नाममा देखिएको कालाबजारी र स्थानीय तहमा देख्न थालिएको अपब्यय रोक्न आपात्काल घोषणा गरियोस।

ग. सिमाना बन्द गरियोस र तराइका सबै शहरमा उच्चस्तरिय स्वास्थ समुहहरु पठाइयोस। तराइका जनतालाई आतंक बाट जोगाइयोस।

घ. घनी र ठुला मानिस बेइमान हुन्छ्न भन्ने प्रष्ट देखिसकियो। गरिब हरुलाइ रासन बाड्ने धेरैवटा स्टोरहरु शुरु गरियोस।
ङ. गरिबहरु छिर्न पाउने अस्पताल तोकियोस।

६. हरेक समस्याले पाठ सिकांउछ्न। हाम्रो संघियता कति सफल छ भन्ने यसले नै देखाउने छ। सरकारले राम्रो सङ्ग डेलिभेरी गरेन भने, र दलहरुले आफ्नो औचित्यता प्रमाणित गरेनन भने बिद्धुतको तालिमकेन्द्रमा नेताहरुले पुग्नु पर्ने हुन सक्छ। भित्र र बाहिर दुबैतिर घेराबन्दी भएको देख्नु भएकै होला। निरो रोम जल्दा बांसुरीमा आफ्नो गीतको लय बनाउदै थिए। अहिले पो थाह भयो उनी रोम जलोस भन्ने चांहादा रहेछ्न। उनी त्याहां ठुलो महल बनाउन चाहादा रहेछ्न। जति बेला रोम जल्दै थियो, उनले बार्द्लिमा उभिएर हेरेछ्न, रातमा उज्यालो। उनलाई खुब मन परेछ। तेसपछि जुन अराजकता रोममा जन्मियो, तेस्ले रोम नै मासियो। हामिले आँखा खोल्नु अवास्यक छ। भुकम्प पछि मानिसमा अराजकता झन मौलायो। यो माहामारीले अराजक पराबलियनहरुको तांती झन झन बढ्ने छ। अहिलेको मोजमस्ती महङो हुनेछ।

(नाेट: प्रा.डा. युवराज संग्राैलाकाे फेसबुक पेजबाट साभार)


प्रकाशित मिति: बुधवार, चैत्र १२, २०७६, ०८:०७:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अचम्मको कुरा डोल्पामा अझै पनि जेठो दाइले बिहे गरेपछि सबै भाइको पनि साझा श्रीमती
समाजवादी व्यवस्थाको अपरिहार्यता पुष्टि हुँदै
महिला आन्दोलनलाई वर्गीय मुक्ति आन्दोलनसँग जोडौँ
MMC बिरुद्ध बिधार्थीहरुको आन्दोलन
ताजा समाचार
बलिउडकी दिग्गज अभिनेत्री सुलोचनाको ९४ वर्षको उमेरमा निधन मंगलबार, जेठ २३, २०८०
गएको शुक्रवार सुनकोशी नदीमा खसेको जीप संगै २ जनाको शव भेटियो
युक्रेनको काखोभ्का जलविद्युत् बाँधमा विस्फोट, मानववस्ती जोखिममा
२० वर्षमुनिको महिला एसियन कप छनोटको खेलमा नेपाल म्यानमारसँग पराजित
नवनिर्वाचित मगर महिलाहरुलाई मगर संघद्वारा सम्मान
भारतका एउटा बाबा, जो ५० वर्षदेखि दाहिने हात उचालेर बसिरहेका छन् !
स्थानीय तह दलित जनप्रतिनिधि राष्ट्रिय महासंघ गठन
देवदहमा स्थापित लायन्स आँखा अस्पताल भवनको उद्घाटन
बंगलादेशको शरणार्थी शिविर उच्च जोखिममा
स्वास्थ्य
नेपालमा कोरोना सङ्क्रमण दर शून्यमा झर्यो कञ्चन खवर
पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सरको निःशुल्क उपचार कञ्चन खवर
महिलाको प्रजनन स्वास्थ्य समस्या सम्बन्धि शिविर सौनहवामा हुदै कञ्चन खवर
पत्रपत्रिकाबाट
अचम्मको कुरा डोल्पामा अझै पनि जेठो दाइले बिहे गरेपछि सबै भाइको पनि साझा श्रीमती बुधवार, भदौ १०, २०७७
समाजवादी व्यवस्थाको अपरिहार्यता पुष्टि हुँदै आइतवार, चैत्र २३, २०७६
जतिबेला चीन काेराेना महामारीसँग लडिरहेको थियो, तेस्बेला युरोप र अमेरिका ठट्टा गर्दैथिए बुधवार, चैत्र १२, २०७६
शुभकामना
नेमकिपाद्वारा चिनियाँ कम्युनिस्ट पार्टीको बीसौँ अधिवेशनलाई शुभकामना सन्देश बुधवार, आश्विन २६, २०७९
जसपा नेपाल लुम्बिनी प्रदेशद्वारा दशैं, शुभ दिपावली तथा छठ पर्वको शुभकामना व्यक्त शुक्रवार, आश्विन २९, २०७८
विजयनगर गाउपालिकाका अध्यक्ष गोपाल थापाद्धारा शुभकामना ब्यक्त शुक्रवार, आश्विन २९, २०७८
साहित्य
भगवान् सँग के मागूँ मैले
हरैया बहुमुखी क्याम्पसमा साहित्य समाज गठन
तिम्रो सुन्दरताको बयान गर्न...............
सम्पर्क ठेगाना

डिजिटल अनलाइन पत्रिका कञ्चन खवरका लागि

प्रधान कार्यालय
कञ्चन सूचना तथा संचार केन्द्र
कञ्चन-४,अस्नैया,रुपन्देही
द्धारा संचालित
कञ्चन खवर

प्रकाशक/प्रधान सम्पादक :

जगिलाल थापा

सम्पादक :

तारा पौडेल

प्रबन्धक:

शेखर अर्याल

ठेगाना:

कञ्चन-४,अस्नैया,रुपन्देही

सम्पर्क:

+९७७-९८५७०३११२०र ९८५७०३७७२५

कम्पनी दर्ता :

२२७७८२/०७६/०७७

सूचना विभाग दर्ता :

२८७९/२०७८/७९

ईमेल:

[email protected]
हाम्रो बारेमा समृद्ध नेपाल,खुशी नेपालीका लागि सूचना र संचारको पहुच हरेक नागरिकमा पुर्याई सामाजिक, आर्थिक, नैतिक, राजनैतिक, शैक्षिक, सांस्कृतिक शसक्तिकरण गर्न,देश र जनता प्रति उत्तरदायी बनाई देशभक्त नागरिक बनाउन कञ्चन सूचना तथा संचार केन्द्र द्वारा संचालित अनलाइन डिजिटल पत्रिका कञ्चन खवर डटकम (Kanchankhabar.com) हो। यस अनलाईन पत्रिका मार्फत राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका राजनैतिक, आर्थिक, खेलकुद, कृषि, शिक्षा, उत्पादन, सामाजिक र बिज्ञान , प्रबृद्धि लगायतका खोजमुलक समाचार प्रकाशन र प्रसारण हुनेछ।
मेनु
  • समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • राजनीति
  • कृषि
  • आर्थिक
  • शिक्षा
  • अन्य
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • हाम्रो टीम
फेसबुक पेज
Nagarik Online Patrika
©Kanchan Khabar-2023 All rights reserved.
Site by: SoftNEP
Notifications
New
एक सय भेडा चराउने दस वर्षीय यमराज भन्छन्-अब पढ्न जादिनँ 2 mins ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago
Earlier
सिन्डिकेटको समर्थनमा ट्याङ्कर व्यवसायी, इन्धन ढुवानी ठप्प पार्ने चेतावनी 40 mins ago
सिन्डिकेट हटाएको विरोधमा यातायात व्यवसायीले देशव्यापी आन्दोलन गर्ने 1hr ago
चौथो खेलबाट मुम्बई इन्डियन्सको पहिलो जित, बैंलोर पराजित 2hrs ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago