Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • राजनीति
  • कृषि
  • आर्थिक
  • शिक्षा
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • अन्य
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरञ्जन
    • पत्रपत्रिकाबाट
    • शुभकामना
    • साहित्य
    • आजको राशीफल
  • विज्ञान तथा प्रबृद्धि
  • समसामयिक बिचार/लेख
सोमवार, असार २०, २०७९ ०९:४३:५० युनिकोड
  • गृहपृष्ठ
  • समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • राजनीति
  • कृषि
  • आर्थिक
  • शिक्षा
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • अन्य
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरञ्जन
    • पत्रपत्रिकाबाट
    • शुभकामना
    • साहित्य
    • आजको राशीफल
  • विज्ञान तथा प्रबृद्धि
  • समसामयिक बिचार/लेख
पत्रपत्रिकाबाट
  • Home
  • पत्रपत्रिकाबाट
  • गाउँ–गाउँमा सिंहदरबार होइन, भ्रष्टाचार पुगेको छ
गाउँ–गाउँमा सिंहदरबार होइन, भ्रष्टाचार पुगेको छ
64x64
बुधवार, पुष २, २०७६ कञ्चन खवर

डा. भीमार्जुन आचार्य
नेपालमा मैले अत्यन्त श्रद्धा गर्ने नेता हुनुहुन्छ – नारायणमान बिजुक्छेँ । राष्ट्रिय अन्तर्राष्ट्रिय राजनीतिलाई धेरै गहिराइमा बुझेर विश्लेषण गर्नसक्ने क्षमता उहाँ राख्नुहुन्छ । इमानको राजनीति गर्नुभयो । त्यसकारण म उहाँलाई धेरै श्रद्धा गर्छु । उहाँको पार्टीले उहाँलाई फेरि अध्यक्षको जिम्मेवारी दिएको छ । त्यसको लागि म उहाँलाई विशेष बधाई दिन चाहन्छु । उहाँको स्वास्थ्य धेरै लामो समय राम्रो रहोस् । उहाँको योगदान यो मुलुकले पाइरहोस् भनी कामना गर्न चाहन्छु ।
भक्तपुरमा आउँदा मलाई श्रद्धा लाग्छ । मुलुकमा हामीले धेरै कुरा बिगार्दै गइरहेका छौँ । तर, यो नगरीमा यहाँका सम्पदा, कला संस्कृति र साहित्यलाई यहाँहरूले गरिरहनुभएको संरक्षण धेरै सराहनीय काम हो । यहाँ आउँदा नेपाली हुनुको गौरव लाग्छ ।
यो कार्यक्रमलगायत यहाँहरूले आयोजना गर्नुहुने अरू कार्यक्रममा पनि म सहभागी भएको छु । कार्यक्रममा देखिने अनुशासन र व्यवस्थापन पनि अनुकरणीय छ । कतिपय कार्यक्रममा बोलाएका हुन्छन् । ती कार्यक्रममा ताल न बेतालका हुन्छन् । न कुनै सन्देश हुन्छ, न कुनै गहिराइ हुन्छ । ती कार्यक्रमभन्दा यो कार्यक्रम फरक छ । तपाईंहरूसमक्ष मात्र यो कुरा भनेको होइन । मैले जे अनुभूति गरेँ त्यो कुरा बताएको हुँ ।
म संविधान र कानुनको विषयमा काम गर्छु । त्यसो त म गीत साहित्य पनि रचना गर्छु । तर, आज म यो साहित्य सम्मेलनमा संविधानको साहित्यबारे चर्चा गर्न चाहन्छु । हामीले संविधानसभाबाट संविधान बनायौँ । मुलुकको लागि त्यो उपलब्धि हो । त्यो उपलब्धि स्वीकार्न कुनै सङ्कोच मान्नुपर्दैन । पचास–साठी वर्षदेखि नेपालमा संविधानसभा हुनसकेको थिएन । २००७ देखि नेपालमा संविधानसभाको कुरा उठेको थियो । २००७ को अन्तरिम संविधानको प्रस्तावनामै संविधानसभाबाट संविधान बनाउने कुरा उल्लेख थियो । तर, त्यो कुरा त्यत्तिबेला सम्भव भएन । पछि पञ्चायतकालमा, २०४७ को परिवर्तनपछि पनि संविधानसभाको प्रसङ्ग अलि अलि उठ्ने गरेका थिए । २०६२–६३ को आन्दोलनपछि यो विषय ठूलो आकारमा आयो । त्यत्तिबेलाको द्वन्द्वरत पक्षसमेतलाई समेट्ने उद्देश्यले हामीले संविधानसभाबाट संविधान बनायौँ ।
आजसम्म २ सय देशमा संविधान लेखिएको छ । संविधान लेख्न मूलतः दुई विधि प्रयोग भएका छन् । एउटा विज्ञहरूले संविधान बनाउने प्रक्रिया जसलाई एक्सपर्ट कन्स्टिच्युसन मेकिङ भन्छौँ । विज्ञहरू सम्मिलित आयोग गठन गरेर त्यसले संविधान बनाउने र संविधान जारी गर्ने गरिन्छ ।
अर्को जनताको सहभागितामा संविधान बनाउने प्रक्रिया हो, जसलाई अङ्ग्रेजीमा ‘पार्टिसिपेटरी कन्स्टिच्युसन मेकिङ’ भनिन्छ । संविधानसभा भनेको दोस्रो विधिको प्रक्रिया भनिन्छ । त्यसैले सैद्धान्तिकरूपमा यसमा जनताले संविधान बनाउँछन्, जनताले आफूले बनाएको संविधानमा आफ्नो स्वामित्व हुन्छ भनी विश्वास गरिन्छ । दुई पटकको आठ वर्षको संविधान सभाको विधिमा छ सय अर्ब जति पैसा खर्च भएको छ । यो गरिब मुलुकमा यति खर्च गरेर ३०८ को संविधान बनाउनुको एउटै तर्क थियो, यसरी संविधान बनाउँदा जनताको स्वामित्व हुन्छ । सीमान्तकृत वर्ग समुदायले पनि संविधानलाई आफ्नो ठान्नेछ । जनताले त्यसैलाई मानेका थिए । नेताहरूले पनि हामीलाई त्यस्तै कुरा गरेका थिए । यस्तो हुन्छ, उस्तो हुन्छ भनी गफ गर्नुभएको थियो । उहाँहरूले गर्नुभएको गफमा कसैले थेसिस गरे हजारौँ थेसिस बन्नेछन् ।

म संविधान र कानुनको विषयमा काम गर्छु । त्यसो त म गीत साहित्य पनि रचना गर्छु । तर, आज म यो साहित्य सम्मेलनमा संविधानको साहित्यबारे चर्चा गर्न चाहन्छु । हामीले संविधानसभाबाट संविधान बनायौँ । मुलुकको लागि त्यो उपलब्धि हो । त्यो उपलब्धि स्वीकार्न कुनै सङ्कोच मान्नुपर्दैन । पचास–साठी वर्षदेखि नेपालमा संविधानसभा हुनसकेको थिएन । २००७ देखि नेपालमा संविधानसभाको कुरा उठेको थियो । २००७ को अन्तरिम संविधानको प्रस्तावनामै संविधानसभाबाट संविधान बनाउने कुरा उल्लेख थियो । तर, त्यो कुरा त्यत्तिबेला सम्भव भएन । पछि पञ्चायतकालमा, २०४७ को परिवर्तनपछि पनि संविधानसभाको प्रसङ्ग अलि अलि उठ्ने गरेका थिए । २०६२–६३ को आन्दोलनपछि यो विषय ठूलो आकारमा आयो । त्यत्तिबेलाको द्वन्द्वरत पक्षसमेतलाई समेट्ने उद्देश्यले हामीले संविधानसभाबाट संविधान बनायौँ ।

पहिलो संविधानसभाले चार वर्षको अवधि काम ग¥यो । संविधान बनाउन सकेन । दोस्रो संविधानसभाले दुई वर्षको अवधिमा संविधान जारी ग¥यो ।
संविधान जारी भएको चार वर्षपछि संविधान दिवस मनाउन सरकारले उर्दी जारी गर्नुप¥यो । संविधान दिवस मनाउन सरकारले उर्दी जारी गरेको कहीं सुन्नुभएको छ ? संविधानलाई हामी नागरिकको आस्थाको दस्तावेज भनी पढ्छौँ । देशको घोषणापत्रको काम संविधानले गर्छ । त्यसकारण संविधानलाई ‘ल अफ द ल्यान्ड’ अथवा ‘सर्वोच्च कानुन’ भनिएको हो । यसको अर्थ वा दर्शन के हो भने नागरिकले संविधानलाई आफ्नो दस्तावेज मान्ने भएकाले स्वतःस्फुर्त सम्मान त्यसप्रति व्यक्त हुन्छ भन्ने हो । त्यसकारण संविधान दिवस मनाउन सरकारको उर्दी, प्रहरी वा सेनाको शक्तिको आवश्यकता पर्दैन । स्वतःस्फूर्तरूपमा नागरिकले संविधान जारी भएको दिनलाई दिवसको रूपमा मान्नुपर्छ, संविधानलाई महान् ग्रन्थको रूपमा अवलम्बन गर्नुपर्छ ।
बितेका चार वर्षको अवधिमा शासक दलहरूले संविधानमार्फत गरेको वाचा पूरा गर्न लगभग चुके भन्दा हुन्छ । संविधानलाई व्यवहारमा उतार्न नसकेपछि बाहिर देखाउन संविधान दिवस मनाउन सरकारले उर्दी जारी गर्नुपर्ने हुन्छ । संविधान जारी भएको चार वर्षको अवधिको सबभन्दा ठूलो विडम्बना यही हो । किन मानिसहरूले स्वतःस्फूर्तरूपमा संविधानको सम्मान गर्ने अवस्था आएन, किन सरकारले उर्दी जारी गर्नुपर्ने अवस्था आयो भन्नेबारेमा सोच्नु जरुरी छ ।
संविधानप्रति अनास्था होस् भनी मैले यी कुरा गरिरहेको छैन । यो मेरो आलोचनात्मक मत हो । यी कुरा नदोहोरिऊन् भन्ने आग्रह हो । चार वर्षको अवधि त्यत्ति लामो अवधि होइन । आगामी दिनमा संविधानमा गरिएका वाचा पूरा होस् भनी म यी कुरा गरिरहेको छु । यो निराशाको मत होइन, आलोचनात्मक मत हो ।
यसो हुनुका दुई तीन कुरा छन् । एउटा कुरा, नेताहरूले संविधानमा धेरै प्रतिज्ञा गर्नुभएको छ । अघिमात्र एक जना साथीले आफ्नो रचनामा समाजवादउन्मुख समाजबारे चर्चा गर्नुभयो । त्यसलाई हामीले नेपाली समाजको समस्या भनेको सामाजिक न्याय, आर्थिक न्यायको हो भनी बुझ्यौँ । संविधान जारी भएपछि त्यो सामाजिक र आर्थिक न्याय महसुस गर्ने र व्यवहारमा प्रत्याभूत हुने अपेक्षा ग¥यौं । उहाँहरूले संविधानको प्रस्तावनामा नै समाजवादमा आधारित राज्य वा उद्देश्य उल्लेख गर्नुभएको छ ।
आलोचनात्मकरूपमा हेर्दा यो संविधान अलि अनौठो खालको दस्तावेज पनि छ । संविधान बन्दा संविधानसभामा राष्ट्रवादी शक्तिको उपस्थिति थियो । तथापि तीन वटा दल–एमाले, माओवादी र नेपाली काङ्ग्रेसको वर्चस्व थियो । उहाँहरूले संविधानमा यति कुरा काङ्ग्रेसको र यति कुरा कम्युनिष्टको राखेर संविधानलाई उँट जस्तो बनाउनुभयो । संविधानको प्रस्तावनामा ‘समाजवादमा आधारित समाज’ भन्ने शब्दावली प्रयोग भएको छ । संविधानको धारा–४ मा ‘समाजवादउन्मुख’ भन्ने शब्द उल्लेख छ । ‘समाजवादउन्मुख’ र ‘समाजवादमा आधारित’ भनेका फरक कुरा हुन् । संविधानमा लेखिने एउटा अल्पविराम र पूर्णविरामको पनि अर्थ हुन्छ । संविधान जारी भएपछि कम्प्युटरमा यस्तो गल्ती भयो, मानवीय त्रुटि भयो भन्न पाउन हुन्न । त्यसमा जे लेखियो, त्यो प्रावधान मानिनेछ । त्यसलाई बाध्यकारी मानिन्छ । समाजवादमा आधारित, समाजवादउन्मुख हुँदै धारा ५० उपधारा ३ मा नेपाली समाज समाजवादउन्मुख हुने तर स्वतन्त्र र खुला हुने भनी लेखिएको छ । खुला र स्वतन्त्र भन्ने शब्द काङ्गे्रसको लागि राखियो अनि कम्युनिस्टको लागि समाजवाद राखियो । यस्ता खालका परस्परविरोधी कुरा संविधानमा अनगिन्ती छन् । त्यसो हुँदा हुँदै पनि त्यसमा लेखिएका प्रावधानको इमानदारीपूर्वक कार्यान्वयन हुनेमा हामी आशावादी रह्यौँ । त्यो स्वाभाविक थियो । सामाजिक र आर्थिक न्यायको कुरा जुन लेखिएको थियो, त्यो पूरा भएन ।
हामीलाई दिइएको अर्को आश्वासन भनेको आर्थिक समृद्धि थियो । अहिलेको दुइतिहाइ प्राप्त सरकारको चुनावी घोषणापत्रको मुख्य मुद्दा नै राजनीतिक स्थायित्व र आर्थिक समृद्धि थियो । आर्थिक समृद्धिको नारा दिएर दुईतिहात्न्दा बढी मतले सरकार स्थापना भएको ‘कम्युनिस्ट’ सरकार भएको देशमा आज जति आर्थिक विसृङ्खला त इतिहासमा कहिल्यै भएको थिएन । यतिबेला यो मुलुकको ऋण एघार खर्बभन्दा माथि पुगेको छ । के यो ठट्टाको विषय हो ? उनीहरूको लुट र भ्रष्टाचारको लागि त्यो ऋण लिइएको हो । आफूलाई समाजवादी, कम्युनिस्ट भन्ने व्यक्तिहरूको शासन छ, दुईतिहाइको तागत छ । गर्न चाहे गर्न नसकिने कुनै काम छैन ।
चीनका राष्ट्रपति आउँदा रातारात बाटो सफा गरियो । के त्यो काम हिजो अस्ति गर्न सकिन्नथ्यो ? बाटो बनाउन, बाटो सफा गर्न विदेशी नेपालमा आउनैपर्ने ? चीनका राष्ट्रपतिको नेपाल भ्रमणको धेरै सन्देश जान्छ, त्यो कुराको म सम्मान गर्छु । पाहुनाको सत्कार गर्नु हाम्रो संस्कार हो । तर, सड्ढेत सरकारमा बसेका मानिसको प्रवृत्ति र बदमासीको पराकाष्टा कुन हदसम्म छ भन्नेतिर हो । नेपालको कुल बजेट बराबरको राष्ट्रिय ऋण उहाँहरूले थुपारिदिनुभएको छ ।
म सुरुदेखि नै सङ्घात्मक राज्यव्यवस्था नेपालको लागि अफापसिद्ध हुन्छ, दुर्भाग्य हुन्छ भन्ने मान्छे हुँ । आज त्यो शतप्रतिशत प्रमाणित भएको छ । नेमकिपा र नारायणमान बिजुक्छेँले स्थानीय निकायलाई बलियो बनाउनुपर्छ भन्ने मत राख्नुभएको मलाई सम्झना छ ।
सङ्घीयता लागू भएपछि सिंहदरबार गाउँगाउँमा जाने आश्वासन नेताहरूले दिनुभएको तपाईलाई सम्झना हुनुपर्छ । यसको साड्ढेतिक अर्थ काठमाडौँको अधिकार विभाजन हुने, बाँडिनेछ भन्ने थियो । तर, आज सिंहदरबारको अधिकार गाउँगाउँमा होइन, सिंहदरबारको भ्रष्टाचार गाउँगाउँमा गइरहेको छ । सम्पूर्णरूपमा शक्तिको विकेन्द्रीकरण होइन, सम्पूर्णरूपमा भ्रष्टाचारको विकेन्द्रीकरण भइरहेको छ । देशलाई माया गर्ने इमानदार जनप्रतिनिधि भएका केही अपवादबाहेक सिंहदरबारलाई गाउँगाउँमा पु¥याउने भनिएकोमा भ्रष्टाचार घर घरमा पु¥याइएको छ, वडा वडामा पु¥याइएको छ ।
हिजो सबै गरिब नेपालीको लागि आफ्नो गाउँमा एउटा वडा थियो । शासक दलहरूले जान्ने भएर ठूला ठूला गाविस मिलाएर एउटा वडा बनाएका छन् । पहाड–हिमालतिर वडा कार्यालय पुग्न दुई तीन दिन हिँड्नुपर्ने अवस्था छ । के सिंहदरबार गाउँमा पुग्ने भनेको यही हो ? नागरिक दोहोरो तेहोरो करबाट पिल्सिएका छन्, मारमा परेका छन् । हामीले बुझाएको कर विकासको लागि होइन, उनीहरूको तलब र लुटको लागि भएको छ ।
जनताले तलब खुवाउनुपर्ने ८८५ त सांसदमात्र छन् । अरू आसेपासेको त कुरै भएन । के यो नेपालको आवश्यकता थियो ? यदि थियो भने के यो कुरा कार्यान्वयनमा देखाउन पर्दैनथ्यो ?
सरकारले सङ्घीय व्यवस्था सञ्चालनको भनी तीन वटा देशबाट तीन अर्बभन्दा बढी ऋण लिएको छ । संसारमा राज्य व्यवस्था नै सञ्चालन गर्न भनी कुनै देशले ऋण लिएको तपाईलाई थाहा छ ? पुल बाटोको लागि ऋण लिन सकिन्छ । तर, राज्य व्यवस्था सञ्चालनकै लागि भनेर विदेशबाट ऋण लिएपछि त्यो देशको सार्वभौमिकता बाँकी रहन्छ ? त्यो देशको निर्णय क्षमता रहन्छ ? ऋण दिने साहुले बिनाकारण ऋण दिन्छ ? राष्ट्रको स्वाधीनता र सार्वभौमिकतामाथि खेलबाड भइरहेको छ । दुर्भाग्य आफूलाई समाजवादी र क्रान्तिकारी भन्ने व्यक्तिहरू शासनमा भएको समयमा यी सब भइरहेका छन् । आर्थिक समृद्धिको आश्वासन पनि पूरा हुन नसक्दा चार वर्षमा संविधान दिवस मनाउन उर्दी जारी गर्नुप¥यो ।
संविधानको प्रस्तावनामा लोकतान्त्रिक मूल्य मान्यताको संरक्षण गर्ने आदि कुरा उल्लेख छ । संविधानले सरकारमाथि निगरानी राख्न १३ वटा संवैधानिक निकायको व्यवस्था गरेको छ । सात वटा विभिन्न समुदायसँग सम्बन्धित आयोग छन् । १३ वटा आयोगमध्ये चार वटा आयोगमा आजसम्म पनि पदाधिकारी छैनन् । संविधान बनेको चार वर्ष भयो । के यो अर्को बदमासी होइन ? ५–६ वटा आयोगमा आजको दिनमा एक एक जना पदाधिकारीमात्र छन् । संवैधानिक आयोगको एकतिहाइभन्दा बढी पदाधिकारी रिक्त छन् । भागबन्डा नमिल्दा नियुक्ति नै गरिंदैन । यो देशको एक जना सक्षम नागरिकले यदि ठूला दलसँग लसपस छैन भने उसको क्षमताले यहाँ कुनै अवसर पाउँदैन । शासक दलले सम्पूर्णरूपमा नागरिकको अवहेलना गरिरहेको छ । ठूला दलभित्र पनि इमानदारले कुनै अवसर पाउँदैनन् । मुठिभरले मात्र त्यस्तो फाइदा लुटिरहेका छन् । नागरिक भएर बाँच्छु भन्ने व्यक्तिलाई सम्मान गर्ने क्षमता सरकारको छैन । एक्लै लुट्ने एक्लै खाने प्रवृत्ति छ । अनि कसरी नागरिकले संविधानप्रति सम्मान गर्छन् ?
लोकतान्त्रिक मूल्य मान्यताको कुरा गर्दा, कसैले भिन्न मत राख्दा सत्ताले भौतिकरूपमै धुलोपिठो गर्ने गरेको छ । नत्र गाली गर्ने, बदनाम गर्ने, भत्र्सना गर्ने अपमान गर्ने गरिएको छ ।
के यो देश शासक दलको निजी देश हो ? हाम्रो देश होइन यो ? नागरिकको देश होइन यो ? नागरिक भएर देशमा बाँच्न पाउँदैन ? सबभन्दा ठूलो स्थान भनेको नागरिक हुनु हो । मेरो सबभन्दा ठूलो सम्मानको पद भनेको नागरिक हुनु हो । भिन्न मतप्रति सरकारलाई त्रास छ, डर छ ।
अहिलेको संविधानमा ३१ वटा मौलिक अधिकार उल्लेख गरिएको छ । नेपालको संवैधानिक इतिहासमा नेपाली जनतालाई यति धेरै अधिकार कहिल्यै पनि दिइएको थिएन । नेपालमात्र होइन, संसारकै संविधान अध्ययन गर्दा धेरै अधिकार दिने संविधानमा नेपालको संविधान दोस्रोमा पर्दछ । अधिकार दिनु छैन, त्यसकारण पृथ्वीमा सुनेका सबै अधिकार संविधानमा समावेश गरिएको छ । जस्तो, रोजगारीको अधिकार । रोजगारी नपाउनेलाई भत्ता दिने भनियो । संविधानमा कुनै कुरा सजावटको लागि लेखिंदैन, कार्यान्वयनको लागि लेखिन्छ । मौलिक अधिकार भनेको त सुनिश्चित गरिएको अधिकार भनिन्छ । जुन समय संविधान घोषणा हुन्छ, त्यही समयदेखि नै त्यो अधिकार सुनिश्चित गरिएको हुन्छ । शासक दलले निकै मजाक ग¥यो । म उहाँहरूलाई चुनौती दिन चाहन्छु–जे नाम दिए पनि यदि जनताको त्यसमा विश्वास छैन भने त्यो कहिल्यै पनि टिक्दैन । संविधानको आयु भनेको जनताको आस्थामा निर्भर रहन्छ । संविधान बनाउँदा विधिको महत्व हुन्छ । बनिसकेपछि कुन विधिले बन्यो, त्यसको महत्व हुँदैन । संविधानको कार्यान्वयन भयो वा भएन भन्ने कुरा महत्वपूर्ण हुन्छ ।
अहिलेको संविधानमा चार कुराबाहेक सबै कुरा संशोधनीय छन् । नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता, नेपालको स्वाधीनता र जनताको सार्वभौम अधिकारबाहेक सबै कुरा संशोधन गर्न सकिन्छ । कुनै कुरा सकिन्न भने खारेज गरौँ । कानुन व्यवसायीको हिसाबले त सङ्घीय व्यवस्था भनेको स्वर्णिम व्यवस्था हो जहाँ मुद्दै मुद्दा र तनावै तनावमात्र हुन्छ । यो संविधान जारी भएपछि अदालतमा ३५ प्रतिशत मुद्दा वृद्धि भएको छ । त्यसको एउटै कारण हो सङ्घीयता । तर, नागरिकको लागि कस्तो हो, तपाइँ भोगिरहनुभएको छ । यो फालौँ भन्ने मेरो आशय होइन । यसलाई कार्यान्वयन गरेर देखाउनुस्, सक्नुहुन्न भने सच्याउनुस् । जनतालाई ढाँट्ने र छकाउने काम गर्न पाइँदैन । आशा गरौँ, अर्को असोज ३ मा संविधान दिवस मनाउँदा स्वतः स्फूर्त संविधान दिवस मनाउने वातावरण बनोस् ।
अन्तिममा मेरो गीतका दुई पङ्क्ति–
हिमालका कुरा ग¥यौँ, गुराँसका कुरा ग¥यौँ देशभक्ति देखाउन शहिदका कुरा ग¥यौँ ।
बेला भयो आऊ अब इमानका कुरा गरौँ
बिरामी छ देश आज निदानका कुरा गरौँ ।
(लेखक अधिवक्ता हुुनुहुन्छ ।)

 

प्रकाशित मिति: बुधवार, पुष २, २०७६, ०५:१७:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अचम्मको कुरा डोल्पामा अझै पनि जेठो दाइले बिहे गरेपछि सबै भाइको पनि साझा श्रीमती
समाजवादी व्यवस्थाको अपरिहार्यता पुष्टि हुँदै
जतिबेला चीन काेराेना महामारीसँग लडिरहेको थियो, तेस्बेला युरोप र अमेरिका ठट्टा गर्दैथिए
महिला आन्दोलनलाई वर्गीय मुक्ति आन्दोलनसँग जोडौँ
ताजा समाचार
दोश्रो कञ्चन व्यापार तथा सांस्कृतिक महोत्सव समापन हुदै सोमवार, असार २०, २०७९
लुम्बिनीस्थित मायादेवी मन्दिरको दानपेटिका खोलियो, ४ दिन सम्म पैसा गनिने
२४ घण्टामा ५३ जनामा कोरोना सङ्क्रमण
अब सूचना विभागका सम्पूर्ण सेवा अनलाइनबाटै
श्रीलंकामा इन्धन भण्डारण खालि भयो
बिहारमा गुडिरहेको रेलमा लाग्यो आगो
दाँत कोट्याउने सिन्कामा नेपालीले सके २ करोड ५३ लाख रुपैयाँ
नेपालमा ओमिक्रोन भेरियन्ट पुष्टि
कपिल शर्माविरुद्ध अमेरिकी कोर्टमा उजुरी
स्वास्थ्य
अव हरेक महिना टाईफाइड बिरुद्धको खोप स्थानीय स्वास्थ्य केन्द्रहरुबाट कञ्चन खवर
थप ३३ जनामा कोरोना सङ्क्रमण, ८९ जना निको कञ्चन खवर
कोरोनाभाइरसको नयाँ ‘रिकम्बिनेन्ट’ भेरियन्ट फेला : डब्लूएचओ कञ्चन खवर
पत्रपत्रिकाबाट
अचम्मको कुरा डोल्पामा अझै पनि जेठो दाइले बिहे गरेपछि सबै भाइको पनि साझा श्रीमती बुधवार, भदौ १०, २०७७
समाजवादी व्यवस्थाको अपरिहार्यता पुष्टि हुँदै आइतवार, चैत्र २३, २०७६
जतिबेला चीन काेराेना महामारीसँग लडिरहेको थियो, तेस्बेला युरोप र अमेरिका ठट्टा गर्दैथिए बुधवार, चैत्र १२, २०७६
शुभकामना
जसपा नेपाल लुम्बिनी प्रदेशद्वारा दशैं, शुभ दिपावली तथा छठ पर्वको शुभकामना व्यक्त शुक्रवार, आश्विन २९, २०७८
विजयनगर गाउपालिकाका अध्यक्ष गोपाल थापाद्धारा शुभकामना ब्यक्त शुक्रवार, आश्विन २९, २०७८
कञ्चन गाउपालिकाका उपाध्यक्ष तरामुद्धारा शुभकामना शुक्रवार, आश्विन २९, २०७८
साहित्य
तिम्रो साथ पाईयो जिन्दगीको.......................
कविता
यो दिलबाट मैले तिमीलाई....
सम्पर्क ठेगाना

डिजिटल अनलाइन पत्रिका कञ्चन खवरका लागि

प्रधान कार्यालय
कञ्चन सूचना तथा संचार केन्द्र
कञ्चन-४,अस्नैया,रुपन्देही
द्धारा संचालित
कञ्चन खवर

प्रधान सम्पादक :

जगिलाल थापा

सम्पादक :

तारा पौडेल

ठेगाना:

कञ्चन-४,अस्नैया,रुपन्देही

सम्पर्क:

+९७७-९८५७०३११२० र ९८०४४१४४०८

कम्पनी दर्ता :

२२७७८२/०७६/०७७

सूचना विभाग दर्ता :

२८७९/२०७८/७९

ईमेल:

[email protected]
हाम्रो बारेमा समृद्ध नेपाल,खुशी नेपालीका लागि सूचना र संचारको पहुच हरेक नागरिकमा पुर्याई सामाजिक, आर्थिक, नैतिक, राजनैतिक, शैक्षिक, सांस्कृतिक शसक्तिकरण गर्न,देश र जनता प्रति उत्तरदायी बनाई देशभक्त नागरिक बनाउन कञ्चन सूचना तथा संचार केन्द्र द्वारा संचालित अनलाइन डिजिटल पत्रिका कञ्चन खवर डटकम (Kanchankhabar.com) हो। यस अनलाईन पत्रिका मार्फत राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका राजनैतिक, आर्थिक, खेलकुद, कृषि, शिक्षा, उत्पादन, सामाजिक र बिज्ञान , प्रबृद्धि लगायतका खोजमुलक समाचार प्रकाशन र प्रसारण हुनेछ।
मेनु
  • समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • राजनीति
  • कृषि
  • आर्थिक
  • शिक्षा
  • अन्य
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • हाम्रो टीम
फेसबुक पेज
Nagarik Online Patrika
©Kanchan Khabar-2022 All rights reserved.
Site by: SoftNEP
Notifications
New
एक सय भेडा चराउने दस वर्षीय यमराज भन्छन्-अब पढ्न जादिनँ 2 mins ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago
Earlier
सिन्डिकेटको समर्थनमा ट्याङ्कर व्यवसायी, इन्धन ढुवानी ठप्प पार्ने चेतावनी 40 mins ago
सिन्डिकेट हटाएको विरोधमा यातायात व्यवसायीले देशव्यापी आन्दोलन गर्ने 1hr ago
चौथो खेलबाट मुम्बई इन्डियन्सको पहिलो जित, बैंलोर पराजित 2hrs ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago