Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • राजनीति
  • कृषि
  • आर्थिक
  • शिक्षा
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • अन्य
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरञ्जन
    • पत्रपत्रिकाबाट
    • शुभकामना
    • साहित्य
    • आजको राशीफल
  • विज्ञान तथा प्रबृद्धि
  • समसामयिक बिचार/लेख
मंगलबार, जेठ २३, २०८० १०:३९:२१ युनिकोड
  • गृहपृष्ठ
  • समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • राजनीति
  • कृषि
  • आर्थिक
  • शिक्षा
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • अन्य
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरञ्जन
    • पत्रपत्रिकाबाट
    • शुभकामना
    • साहित्य
    • आजको राशीफल
  • विज्ञान तथा प्रबृद्धि
  • समसामयिक बिचार/लेख
राजनीति
  • Home
  • राजनीति
  • संसदलाई जनताप्रति र सरकारलाई संसदप्रति जिम्मेवार बनाउन जरूरी-नेता सुवाल
संसदलाई जनताप्रति र सरकारलाई संसदप्रति जिम्मेवार बनाउन जरूरी-नेता सुवाल
64x64
शनिवार, पुष २३, २०७९ कञ्चन खवर

प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको बैठक सङ्घीय संसद् भवन बानेश्वरमा शुक्रबार सम्पन्न भयो ।
बैठकमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले संसद्लाई जनताप्रति र सरकारलाई संसदप्रति जिम्मेवार बनाउन जरूरी भएको उल्लेख गर्नुभयो । सांसद सुवालले पन्ध्र दिनमा एक पटक प्रधानमन्त्री र प्रत्येक दिन कुनै न कुनै मन्त्रीलाई संसद्मा सार्वजनिक महत्वको विषयमा बोल्न लगाई सांसदहरूलाई प्रश्न गर्न दिने नियमावलीको व्यवस्था विगतमा कार्यान्वयन नभएकोमा यसपटक कार्यान्वयन गर्नुपर्ने उल्लेख गर्नुभयो । सदस्य सङ्ख्याभन्दा राजनीतिक पार्टीको दृष्टिकोण महत्वपूर्ण हुने उल्लेख गर्दै राजनीतिक पार्टीका प्रतिनिधि सांसदलाई शुन्य समय, विशेष समय र विधेयकको छलफलमा १ मिनेट र ३ मिनेट समय पर्याप्त नभएको तर्फ नेता सुवालले बैठकको ध्यानाकर्षण गराउनुभयो ।

सरकारका नेताहरूबाटै निर्वाचनमा धाँधली भएको विषय सार्वजनिकरूपमा व्यक्त भएको उल्लेख गर्दै सांसद सुवालले निर्वाचनको बेला ५–५ हजार रूपैयाँ बाँड्नेहरूको दृश्यसहित टेलिभिजनमा समाचार प्रसारित भएको, सरकारी हेलिकोप्टर दुरूपयोग गरी प्रचार गरिएको, सरकारी गाडीमा निजी नम्बर प्लेट टाँसी प्रचार गरिएको, भारतीय नम्बर प्लेटको गाडीमा समेत चुनाव प्रचार गरिएको विषयमा संसदीय छानबिन हुनु आवश्यक भएको औँल्याउनुभयो । सांसद सुवालले किसानहरूलाई रासायनिक मल समयमा सुपथमूल्यमा उपलब्ध नहुँदा टीकापुरका किसानहरू जग्गा बेचेर भारतबाट दाल, चामल, तरकारी किनेर खान बाध्य भएको पत्रपत्रिकामा समाचार प्रकाशित भएको हुँदा समयमै रासायनिक मल आपूर्ति गरी कृषि उत्पादन बढाउन संसद्ले सरकारलाई निर्देशन दिनुपर्नेमा जोड दिनुभयो ।

पर्याप्त जलविद्युत् उत्पादन गरी जनतालाई खाना पकाउन सस्तोमा बिजुली दिने र भारतबाट ग्याँस आयात घटाउनुपर्ने विषयमा पनि संसद्ले सरकारलाई निर्देशन दिनुपर्नेमा जोड दिँदै सांसद सुवालले सिंहदरबारलाई भ्रष्टाचारको अखडा बनाएकाहरूलाई कारबाही गर्न संसदीय छानबिन समिति गठन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । सरकारले स्वास्थ्य बीमा र विपन्न जनताको स्वास्थ्य उपचार अनुदान अर्बौँ रूपियाँ भुक्तानी नगर्दा वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको धरान अस्पताललगायतमा बिरामी उपचारमा बाधा पुगेको र गरिबहरू उपचारबिना मरिरहेको बारे सांसद सुवालले बैठकको ध्यानाकर्षण गराउनुभयो ।

सभामुख पद तटस्थ हुनुपर्ने, यसलाई सरकारको रबर छाप हुन दिन नहुने, जनताका प्रतिनिधिहरूलाई आ–आफ्नो भनाइ संसद्मा राख्न लगाई सोअनुरूप कार्यान्वयनको लागि सरकारलाई निर्देशन हुनुपर्ने, यसले मात्र संसद्को औचित्य पुष्टि हुनेतर्फ उहाँले उल्लेख गर्नुभयो । सांसद सुवालले जनआन्दोलनको बेला सरकारको गोली सामना गरेका पार्टीहरूलाई सरकारमा गइसकेपछि शासक दलहरूले बिर्सनु गलत भएको उल्लेख गर्दै निर्वाचनमा धाँधली गरेर धेरै मत ल्याउँदैमा ती पार्टीहरू ‘राष्ट्रिय’ नहुने उल्लेख गर्नुभयो ।
संसद सुरू भएको १५ दिनभित्र सभामुख र उपसभामुख चुनाव गर्ने, सरकार गठन भएको ३० दिनभित्र प्रमले विश्वासको मत लिने, सभा सञ्चालनको लागि आवश्यक पर्ने नियमावली तयार गर्ने विषयबारे बैठकमा छलफल भएको थियो । प्रस्तुत कार्यसूचीअनुसार पुस २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाललाई संसद्को विश्वास हुने नहुनेबारे छलफल हुने र माघ १० गते सभामुखको चुनाव हुने उल्लेख छ । बैठकमा उपप्रम एवम् भौतिक, पूर्वाधारमन्त्री नारायणकाजी श्रेष्ठले माघ ५ देखि ८ भित्र सभामुखको चुनाव हुने कार्यक्रम राख्नु उपयुक्त हुने विचार राखेर बैठकबाट निस्कनुभयो ।

एमालेका उपाध्यक्ष सुवास नेम्वाङले प्रस्तुत कार्यसूचीको समर्थन गर्दै भ्रष्टाचारलगायत कुशासन अन्त्य गर्न संसद्मा बृहत्तर छलफलको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो। नेकाका रमेश लेखक र माओवादी केन्द्रका हितराज पाण्डेले कार्यसूचीको समर्थन गर्नुभयो । जसपाका प्रदीप यादव र जनमतका अनितादेवी साहले सांसदहरूलाई बैठकको प्रकृयाबारे जानकारी दिने कार्यक्रम आवश्यक भएको उल्लेख गर्नुभयो । लोसपाका महन्त ठाकुर, राजमोका चित्रबहादुर केसी, माओवादीकै शक्तिबहादुर बस्नेत, नेकाका जीवन परियार, रास्वपाका सन्तोष परियारले पनि कार्यसूचीको समर्थन गर्नुभयो ।

ज्येष्ठ सदस्य पशुपति राणाको अध्यक्षतामा भएको बैठकमा शासक दलका सांसदहरूले प्रम दाहालको सरकार ६ महिना पनि नटिक्ने, प्रमुख प्रतिपक्षमा बस्नसमेत शासक दलहरूले नचाहेको अनौपचारिक विचार व्यक्त गरेका थिए ।
कार्यसुचीअनुसार पहिलो दिन पुस २५ गते सबै दलका प्रतिनिधिहरूबाट आ–आफ्नो मन्तव्य दिनेछन् भने पुस २६ गते प्रधानमन्त्रीलाई विश्वासको मत दिने नदिनेबारे सबै दलका प्रतिनिधिहरूले मन्तव्य राख्नेछन् । पुस २५ गते दिउँसो १ बजे र पुस २६ गते बिहान ११ बजे बैठक सुरू हुनेछ ।


प्रकाशित मिति: शनिवार, पुष २३, २०७९, ०६:११:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणिकरण गर्नु विधि र विषयवस्तु दुवै असंवैधिनिक-अध्यक्ष बासी
राष्ट्रिय जनमुक्ती पार्टीद्वारा नक्कली शरणार्थी मात्रै नभएर सबैखाले भ्रष्टाचारका फाइल खोल्नुपर्नेमा जोड
जेठ ६ गते देखि १० गते सम्म नेपाल बन्द
"नेपाली काङ्ग्रेस सबैको रोजाईको पार्टी बनाउन रुपान्तरण गर्न आवस्यक"
ताजा समाचार
बलिउडकी दिग्गज अभिनेत्री सुलोचनाको ९४ वर्षको उमेरमा निधन मंगलबार, जेठ २३, २०८०
गएको शुक्रवार सुनकोशी नदीमा खसेको जीप संगै २ जनाको शव भेटियो
युक्रेनको काखोभ्का जलविद्युत् बाँधमा विस्फोट, मानववस्ती जोखिममा
२० वर्षमुनिको महिला एसियन कप छनोटको खेलमा नेपाल म्यानमारसँग पराजित
नवनिर्वाचित मगर महिलाहरुलाई मगर संघद्वारा सम्मान
भारतका एउटा बाबा, जो ५० वर्षदेखि दाहिने हात उचालेर बसिरहेका छन् !
स्थानीय तह दलित जनप्रतिनिधि राष्ट्रिय महासंघ गठन
देवदहमा स्थापित लायन्स आँखा अस्पताल भवनको उद्घाटन
बंगलादेशको शरणार्थी शिविर उच्च जोखिममा
स्वास्थ्य
नेपालमा कोरोना सङ्क्रमण दर शून्यमा झर्यो कञ्चन खवर
पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सरको निःशुल्क उपचार कञ्चन खवर
महिलाको प्रजनन स्वास्थ्य समस्या सम्बन्धि शिविर सौनहवामा हुदै कञ्चन खवर
पत्रपत्रिकाबाट
अचम्मको कुरा डोल्पामा अझै पनि जेठो दाइले बिहे गरेपछि सबै भाइको पनि साझा श्रीमती बुधवार, भदौ १०, २०७७
समाजवादी व्यवस्थाको अपरिहार्यता पुष्टि हुँदै आइतवार, चैत्र २३, २०७६
जतिबेला चीन काेराेना महामारीसँग लडिरहेको थियो, तेस्बेला युरोप र अमेरिका ठट्टा गर्दैथिए बुधवार, चैत्र १२, २०७६
शुभकामना
नेमकिपाद्वारा चिनियाँ कम्युनिस्ट पार्टीको बीसौँ अधिवेशनलाई शुभकामना सन्देश बुधवार, आश्विन २६, २०७९
जसपा नेपाल लुम्बिनी प्रदेशद्वारा दशैं, शुभ दिपावली तथा छठ पर्वको शुभकामना व्यक्त शुक्रवार, आश्विन २९, २०७८
विजयनगर गाउपालिकाका अध्यक्ष गोपाल थापाद्धारा शुभकामना ब्यक्त शुक्रवार, आश्विन २९, २०७८
साहित्य
भगवान् सँग के मागूँ मैले
हरैया बहुमुखी क्याम्पसमा साहित्य समाज गठन
तिम्रो सुन्दरताको बयान गर्न...............
सम्पर्क ठेगाना

डिजिटल अनलाइन पत्रिका कञ्चन खवरका लागि

प्रधान कार्यालय
कञ्चन सूचना तथा संचार केन्द्र
कञ्चन-४,अस्नैया,रुपन्देही
द्धारा संचालित
कञ्चन खवर

प्रकाशक/प्रधान सम्पादक :

जगिलाल थापा

सम्पादक :

तारा पौडेल

प्रबन्धक:

शेखर अर्याल

ठेगाना:

कञ्चन-४,अस्नैया,रुपन्देही

सम्पर्क:

+९७७-९८५७०३११२०र ९८५७०३७७२५

कम्पनी दर्ता :

२२७७८२/०७६/०७७

सूचना विभाग दर्ता :

२८७९/२०७८/७९

ईमेल:

[email protected]
हाम्रो बारेमा समृद्ध नेपाल,खुशी नेपालीका लागि सूचना र संचारको पहुच हरेक नागरिकमा पुर्याई सामाजिक, आर्थिक, नैतिक, राजनैतिक, शैक्षिक, सांस्कृतिक शसक्तिकरण गर्न,देश र जनता प्रति उत्तरदायी बनाई देशभक्त नागरिक बनाउन कञ्चन सूचना तथा संचार केन्द्र द्वारा संचालित अनलाइन डिजिटल पत्रिका कञ्चन खवर डटकम (Kanchankhabar.com) हो। यस अनलाईन पत्रिका मार्फत राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका राजनैतिक, आर्थिक, खेलकुद, कृषि, शिक्षा, उत्पादन, सामाजिक र बिज्ञान , प्रबृद्धि लगायतका खोजमुलक समाचार प्रकाशन र प्रसारण हुनेछ।
मेनु
  • समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • राजनीति
  • कृषि
  • आर्थिक
  • शिक्षा
  • अन्य
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • हाम्रो टीम
फेसबुक पेज
Nagarik Online Patrika
©Kanchan Khabar-2023 All rights reserved.
Site by: SoftNEP
Notifications
New
एक सय भेडा चराउने दस वर्षीय यमराज भन्छन्-अब पढ्न जादिनँ 2 mins ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago
Earlier
सिन्डिकेटको समर्थनमा ट्याङ्कर व्यवसायी, इन्धन ढुवानी ठप्प पार्ने चेतावनी 40 mins ago
सिन्डिकेट हटाएको विरोधमा यातायात व्यवसायीले देशव्यापी आन्दोलन गर्ने 1hr ago
चौथो खेलबाट मुम्बई इन्डियन्सको पहिलो जित, बैंलोर पराजित 2hrs ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago