Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • राजनीति
  • कृषि
  • आर्थिक
  • शिक्षा
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • अन्य
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरञ्जन
    • पत्रपत्रिकाबाट
    • शुभकामना
    • साहित्य
    • आजको राशीफल
  • विज्ञान तथा प्रबृद्धि
  • समसामयिक बिचार/लेख
सोमवार, असार २०, २०७९ ०९:०४:०३ युनिकोड
  • गृहपृष्ठ
  • समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • राजनीति
  • कृषि
  • आर्थिक
  • शिक्षा
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • अन्य
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरञ्जन
    • पत्रपत्रिकाबाट
    • शुभकामना
    • साहित्य
    • आजको राशीफल
  • विज्ञान तथा प्रबृद्धि
  • समसामयिक बिचार/लेख
राजनीति
  • Home
  • राजनीति
  • धर्मेन्द्र समूहको दस्तावेज जैसीको पात्रोजस्तै छ : विप्लव
धर्मेन्द्र समूहको दस्तावेज जैसीको पात्रोजस्तै छ : विप्लव
64x64
बुधवार, असार १, २०७९ कञ्चन खवर

१ असार, बुटवल
नेकपा महासचिव विप्लवले धर्मेन्द्र–सुदर्शन समूहको दस्तावेज जैसीको पात्रोजस्तै भएको बताएका छन् । महासचिव विप्लवले नेकपाद्धारा बुटवलमा आयोजित राजनीतिक वैचारिक प्रशिक्षणलाई सम्बोधन गर्दै धर्मेन्द्र समूहले पार्टी फुटको औचित्य पुष्टि गर्न नसक्ने भन्दै राजनीतिक विचलन आएपछि आवेग र झोकका कारण उनीहरु पार्टीबाट पलायन भएको बताएका छन् ।
महासचिव विप्लवले धर्मेन्द्र समूहको दस्तावेज आवेग र उत्तेजनाको पोको मात्रै भएको भन्दै उक्त समूहमा लागेका इमान्दार कार्यकर्तालाई पार्टीको मूलधारमा फर्किन अपिल गरेका छन् । उनले सिद्धान्त, दर्शन, रणनीति, कार्यदिशा, कार्यनीतिमा कुनै भिन्नता नभएको भन्दै जनतालाई भ्रममा पर्न नहुने बताए । उनले धर्मेन्द्र र सुदर्शनमा गम्भीर वैचारिक विचलन आएपछि पार्टीले कारवाही गरेको भन्दै उनीहरुले भन्दै आएको चुनावको प्रयोग निमित्त कारण मात्र भएको बताए । उनले प्रतिबन्धको बेला आत्मसमर्पण गरेर पार्टीलाई हैरान पारेकाहरुले अहिले अलग पार्टी बनाएको बताए ।
महासचिव विप्लवले आफुहरु संसदवादी भएर नमर्ने भन्दै संसदवाद र अवसरवादका सम्पूर्ण भ्रमहरुलाई च्यात्दै पार्टी अगाडी बढ्ने बताए । धर्मेन्द्र समूहको विश्लेषण मनोगत भएको भन्दै प्रदेश र संघको निर्वाचन प्रयोग नगर्ने स्पष्ट पारे । उनले कम्युनिस्ट भनेको मालिक नभई सेवक र श्रमजीवी भएको भन्दै २० औं शताब्दीमा देखापरेका समस्याहरुको समीक्षा गर्दै क्रान्तिलाई अगाडी बढाउनुपर्ने बताए ।
प्रशिक्षणमा नेकपा सचिवालय सदस्य बिषमले धर्मेन्द्र र सुदर्शनमा वैचारिक विचलन देखापरेपछि पार्टीभित्र समस्या पैदा भएको बताए । उनले कार्यक्रम र कार्यदिशाको आधारमा पार्टी श्रमिक जनताका बीच स्थापित भएको भन्दै गुटवादी र फुटवादीहरुको भ्रममा नपर्न अपिल गरेका थिए । प्रशिक्षणमा केन्द्रीय सदस्यहरु अनिल शर्मा र आदर्शले समेत प्रशिक्षण दिएका थिए । केन्द्रीय सदस्य एवं नवलपुर नवलपरासी इन्चार्ज शरद वलीले १३ औं केन्द्रीय समितिद्धारा पारित दस्तावेज वाचन, स्वागत केन्द्रीय सदस्य एवं गुल्मी पाल्पा इन्चार्ज अपेक्षाले स्वागत र केन्द्रीय सदस्य एवं अर्घाखाँची इन्चार्ज संगमले सञ्चालन गरेका थिए ।
केन्द्रीय सदस्य एवं रुपन्देही इन्चार्ज भीमको अध्यक्षतामा भएको प्रशिक्षण कार्यक्रममा रुपन्देही, गुल्मी, पाल्पा, कपिलवस्तु, नवलपरासी, नवलपुर, अर्घाखाँची जिल्लाका सेक्रेटरी, जिल्ला सल्लाहकार, जिल्ला सदस्य एवं विशेष कमिटीका सदस्यहरु गरी २ सयभन्दा बढीको सहभागिता रहेको थियो । कार्यक्रमको अवसरमा संग्रामी सांस्कृतिक परिवारका कलाकारहरु विहानी र रेश्मीले गीत प्रस्तुत गरेकी थिइन् ।

 


प्रकाशित मिति: बुधवार, असार १, २०७९, ०६:४८:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
चुनावको मौन अवधी शुरु, दल र उमेद्वार घर घरमा भोट माग्दै
सञ्चालनमा आउन नसकेको सर्पदंश अस्पताल तुरुन्तै सञ्चालन गछौं : शर्मा
कोख र शोकमा पनि जनताको साथसाथ रहने प्रतिवद्धता
कञ्चनको कांग्रेसभित्र गएको पहिरो पुरियो कांग्रेसी कार्यकर्ताहरुमा थपियो उत्साह
ताजा समाचार
दोश्रो कञ्चन व्यापार तथा सांस्कृतिक महोत्सव समापन हुदै सोमवार, असार २०, २०७९
लुम्बिनीस्थित मायादेवी मन्दिरको दानपेटिका खोलियो, ४ दिन सम्म पैसा गनिने
२४ घण्टामा ५३ जनामा कोरोना सङ्क्रमण
अब सूचना विभागका सम्पूर्ण सेवा अनलाइनबाटै
श्रीलंकामा इन्धन भण्डारण खालि भयो
बिहारमा गुडिरहेको रेलमा लाग्यो आगो
दाँत कोट्याउने सिन्कामा नेपालीले सके २ करोड ५३ लाख रुपैयाँ
नेपालमा ओमिक्रोन भेरियन्ट पुष्टि
कपिल शर्माविरुद्ध अमेरिकी कोर्टमा उजुरी
स्वास्थ्य
अव हरेक महिना टाईफाइड बिरुद्धको खोप स्थानीय स्वास्थ्य केन्द्रहरुबाट कञ्चन खवर
थप ३३ जनामा कोरोना सङ्क्रमण, ८९ जना निको कञ्चन खवर
कोरोनाभाइरसको नयाँ ‘रिकम्बिनेन्ट’ भेरियन्ट फेला : डब्लूएचओ कञ्चन खवर
पत्रपत्रिकाबाट
अचम्मको कुरा डोल्पामा अझै पनि जेठो दाइले बिहे गरेपछि सबै भाइको पनि साझा श्रीमती बुधवार, भदौ १०, २०७७
समाजवादी व्यवस्थाको अपरिहार्यता पुष्टि हुँदै आइतवार, चैत्र २३, २०७६
जतिबेला चीन काेराेना महामारीसँग लडिरहेको थियो, तेस्बेला युरोप र अमेरिका ठट्टा गर्दैथिए बुधवार, चैत्र १२, २०७६
शुभकामना
जसपा नेपाल लुम्बिनी प्रदेशद्वारा दशैं, शुभ दिपावली तथा छठ पर्वको शुभकामना व्यक्त शुक्रवार, आश्विन २९, २०७८
विजयनगर गाउपालिकाका अध्यक्ष गोपाल थापाद्धारा शुभकामना ब्यक्त शुक्रवार, आश्विन २९, २०७८
कञ्चन गाउपालिकाका उपाध्यक्ष तरामुद्धारा शुभकामना शुक्रवार, आश्विन २९, २०७८
साहित्य
तिम्रो साथ पाईयो जिन्दगीको.......................
कविता
यो दिलबाट मैले तिमीलाई....
सम्पर्क ठेगाना

डिजिटल अनलाइन पत्रिका कञ्चन खवरका लागि

प्रधान कार्यालय
कञ्चन सूचना तथा संचार केन्द्र
कञ्चन-४,अस्नैया,रुपन्देही
द्धारा संचालित
कञ्चन खवर

प्रधान सम्पादक :

जगिलाल थापा

सम्पादक :

तारा पौडेल

ठेगाना:

कञ्चन-४,अस्नैया,रुपन्देही

सम्पर्क:

+९७७-९८५७०३११२० र ९८०४४१४४०८

कम्पनी दर्ता :

२२७७८२/०७६/०७७

सूचना विभाग दर्ता :

२८७९/२०७८/७९

ईमेल:

[email protected]
हाम्रो बारेमा समृद्ध नेपाल,खुशी नेपालीका लागि सूचना र संचारको पहुच हरेक नागरिकमा पुर्याई सामाजिक, आर्थिक, नैतिक, राजनैतिक, शैक्षिक, सांस्कृतिक शसक्तिकरण गर्न,देश र जनता प्रति उत्तरदायी बनाई देशभक्त नागरिक बनाउन कञ्चन सूचना तथा संचार केन्द्र द्वारा संचालित अनलाइन डिजिटल पत्रिका कञ्चन खवर डटकम (Kanchankhabar.com) हो। यस अनलाईन पत्रिका मार्फत राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका राजनैतिक, आर्थिक, खेलकुद, कृषि, शिक्षा, उत्पादन, सामाजिक र बिज्ञान , प्रबृद्धि लगायतका खोजमुलक समाचार प्रकाशन र प्रसारण हुनेछ।
मेनु
  • समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • राजनीति
  • कृषि
  • आर्थिक
  • शिक्षा
  • अन्य
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • हाम्रो टीम
फेसबुक पेज
Nagarik Online Patrika
©Kanchan Khabar-2022 All rights reserved.
Site by: SoftNEP
Notifications
New
एक सय भेडा चराउने दस वर्षीय यमराज भन्छन्-अब पढ्न जादिनँ 2 mins ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago
Earlier
सिन्डिकेटको समर्थनमा ट्याङ्कर व्यवसायी, इन्धन ढुवानी ठप्प पार्ने चेतावनी 40 mins ago
सिन्डिकेट हटाएको विरोधमा यातायात व्यवसायीले देशव्यापी आन्दोलन गर्ने 1hr ago
चौथो खेलबाट मुम्बई इन्डियन्सको पहिलो जित, बैंलोर पराजित 2hrs ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago