Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • राजनीति
  • कृषि
  • आर्थिक
  • शिक्षा
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • अन्य
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरञ्जन
    • पत्रपत्रिकाबाट
    • शुभकामना
    • साहित्य
    • आजको राशीफल
  • विज्ञान तथा प्रबृद्धि
  • समसामयिक बिचार/लेख
मंगलबार, श्रावण २४, २०७९ ०५:१८:०० युनिकोड
  • गृहपृष्ठ
  • समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • राजनीति
  • कृषि
  • आर्थिक
  • शिक्षा
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • अन्य
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरञ्जन
    • पत्रपत्रिकाबाट
    • शुभकामना
    • साहित्य
    • आजको राशीफल
  • विज्ञान तथा प्रबृद्धि
  • समसामयिक बिचार/लेख
विज्ञान तथा प्रबृद्धि
  • Home
  • विज्ञान तथा प्रबृद्धि
  • दैनिक एक फ्लाइट अन्तरिक्षका लागि उडान भर्ने, टिकटको मूल्य करोडौँ
दैनिक एक फ्लाइट अन्तरिक्षका लागि उडान भर्ने, टिकटको मूल्य करोडौँ
64x64
सोमवार, श्रावण २, २०७९ कञ्चन खवर

२ साउन, एजेन्सी ।

छुट्टी हुँदा धेरैजसो घुम्न रुचाउँछन् । आफूसँग पैसा छ र छुट्टी पनि लामै छ भने मानिसहरु टाढा वा विदेशसम्मको सयरमा निस्कन्छन् । तर अब घुम्नका पारखीहरुले विदेशभन्दा पनि परको यात्रामा निस्कने मौका पाउने सम्भावना छ । त्यो दिन टाढा छैन जब वर्षमा ४०० फ्लाइट धर्तीबाट अन्तरिक्षका लागि उडान भर्नेछ अर्थात् औसतमा दैनिक एकभन्दा बढी फ्लाइट । तपाईंलाई लागिरहेको होला, कस्तो वाहियात कुरा गरेको तर तपाईंले यहाँ के थाहा पाउनुपर्छ भने अन्तरिक्षको सयर गर्नका लागि विश्वभरी ८०० भन्दा बढीले अन्तरिक्षको भविष्यको यात्राका लागि टिकटसमेत काटिसकेका छन् । अन्तरिक्ष यात्राका लागि उनीहरुको तालिम पनि जारी छ र उनीहरु चाँडै आफूलाई तयार पार्ने क्रममा छन् ।

स्पेस टुरिजमजस्तो महँगो प्रोजेक्टलाई पूरा गर्नका लागि विश्वका तीन सर्वाधिक धनाढ्य अघि बढेका छन् । रिचर्ड ब्रेनसनको कम्पनी भर्जिन ग्यालेक्टिक, जेफ बेजोसको कम्पनी ब्लु ओरिजिन र एलन मस्कको कम्पनी स्पेस एक्स यो दिशामा सफलता पाउने सुरुवाती कम्पनीमध्ये पर्छन् । यसका साथै, अब चीनको एउटा कम्पनी पनि ठूलो योजनासहित अघि बढेको छ । साथै, अन्य थुप्रै देशमा यस विषयमा प्रोजेक्ट चलिरहेको छ ।

विश्वका सर्वाधिक धनाढ्य व्यक्ति एलन मस्कको कम्पनी स्पेस–एक्सले सन् २०२१ मा चार व्यक्तिलाई अन्तरिक्षको सयर गराएको थियो । करोडौँको यो यात्रालाई अमेरिकी व्यापारी जार्ड आइज्याकम्यानले स्पोन्सर गरेका थिए र अन्य तीन व्यक्तिलाई भिन्न भिन्न विधाबाट आफूसँगै लैजान छानेका थिए । भर्जिन ग्यालेक्टिक र ब्लू ओरिजिनपछि स्पेस–एक्स तेस्रो यस्तो कम्पनी थियो जसले अन्तरिक्ष पर्यटनका लागि यात्रा प्रदान गर्यो ।

के छ भविष्यको तयारी ?

अन्तरिक्षको यात्राका लागि तयारी कुन तहमा जारी छ, यसबारे अन्दाज यो कुरामा लगाउन सकिन्छ कि भर्जिन ग्यालेक्टिक कम्पनीले अन्तरिक्षका लागि सयौँ फ्लाइट लञ्च गर्ने क्षमता हासिल गर्नका लागि यसले दुई एयरक्राफ्ट क्यारियर तयार गरिरहेको छ । भर्जिन ग्यालेक्टिक कम्पनी बेलायती अर्बपति रिचर्ड ब्रान्सनको हो । यी फ्लाइटका लागि मानिसले २ लाख अमेरिकी डलर अर्थात् साढे दुई करोड रुपैयाँमा आफ्नो सिट बुक गरिरहेका छन् । मानिसहरुमाझ उत्साह र बुकिङको मागलाई मध्यनजर गर्दै सन् २०२५ सम्म कम्पनीले उडानलाई नियमित गरेर वार्षिक २०० सम्म पुर्याउने तयारी गरिरहेको छ ।

ब्ल्यु ओरिजिनले अघिल्लो महिनासम्म यस्ता पाँचवटा यात्रा पूरा गरिसकेको छ । स्पेस–एक्स कम्पनी भविष्यमा यस्ता चार थप यात्राको तयारीमा जुटेको छ । जापानका उद्योगपति युसाकु मेइजावाले सन् २०२३ का लागि स्पेस–एक्सबाट एउटा उडान बुक गरेका छन् र ८ अन्य व्यक्तिलाई आफूसँग जान आमन्त्रण गरेका छन् । भर्जिन ग्यालेक्टिकका अनुसार भविष्यको यात्राको तयारी बेजोड छ । ८ सयभन्दा बढी मानिस प्रतीक्षारत छन् । स्पेस–एक्सको योजना भविष्यमा अन्तरिक्षका साथै चन्द्रमा र मंगल ग्रहमा पनि फ्लाइट पठाउने हो । साथै, त्यहाँ मानिसहरुको बसोबासको योजनाबारे पनि एलन मस्कले थुप्रैपटक कुरा गरिसकेका छन् । हाल अन्तरिक्ष यात्राका लागि लगभग ४ करोड रुपैयाँसम्म खर्च लाग्न सक्छ तर कम्पनीले छोटो यात्रा र पुनः प्रयोग गर्न मिल्ने स्पेस यान तयार गरेर यो खर्चलाई लगभग दुई करोडसम्म झार्न सकिने बताइएको छ ।

औसतमा दैनिक एक फ्लाइट अन्तरिक्षका लागि निस्कनेछ

भर्जिन ग्यालेक्टिकको योजना अनुसार सन् २०२५ सम्म हरेक वर्ष ४०० टुरिस्ट फ्लाइट्स अन्तरिक्षमा पठाउन लायक तयारी गर्न सकियोस् । पछिल्लो १५ वर्षदेखि कम्पनी यो मिसनमा लागीपरेको थियो । सन् २०२१ मा पहिलो व्यावसायिक मानवयुक्त फ्लाइटलाई अन्तरिक्षमा पठाउन कम्पनीले सफलता पायो । पहिलो फ्लाइट अन्तरिक्षको सयरमा निस्किँदा भर्जिन ग्रुपका मालिक रिचर्ड ब्रेन्सन पनि त्यसमा सवार थिए । अब यस्तो अर्को फ्लाइट सन् २०२३ मा पठाउने तयारी छ र सन् २०२५ सम्म वार्षिक ४०० भन्दा बढी फ्लाइट पठाउने क्षमता हासिल गर्न कम्पनीले काम गरिरहेको छ ।

विश्वमा हवाई यात्राको तरिका पनि फेरिनेछ

चीनको एक कम्पनी क्यास स्पेसले यस्तो प्रविधिमा काम गरिरहेको छ जसमार्फत् स–साना अन्तरिक्ष यान र रकेट पठाउन सकियोस् र रियुजेबल स्पेस यान तयार गर्न सकियोस् ताकि स–साना पेसेन्जर ट्रिपमार्फत् अन्तरिक्ष यात्राको खर्च कम गर्न सकियोस् । अर्को वर्ष अर्थात् सन् २०२३ मा यो कम्पनीले आफ्नो पहिलो परीक्षण उडान पठाउनेछ । अन्तरिक्ष पर्यटनको यसै प्रविधिको प्रयोग गरेर चीनको एउटा स्टार्टअपले विश्वका ठूला शहर जस्तै बेइजिङ–दुबई आदिलाई एक घण्टाको उडानबाट जोड्ने योजना सुरु गरेको छ ।

कहाँ, कस्तो र के तालिम चलिरहेको छ ?

अमेरिकाको पेन्सिलवेनियामा भर्जिन ग्यालेक्टिक आफ्नो फ्युचर स्पेस टुरिस्टका लागि तालिम दिइरहेको छ । सयौँ मानिस जसले बुकिङ गराएका छन्, उनीहरुको नेशनल एरोस्पेस ट्रेनिङ एण्ड रिसर्च सेन्टरमा तालिम चलिरहेको छ । यसमा मानिसहरुलाई अन्तरिक्ष यात्राका बेला सुरुङ जस्तै बनेको रकेट वा क्याप्सुलमा बस्ने र गुरुत्वाकर्षको प्रभावको सामना गर्ने क्षमता सिकाइँदैछ । साथै, मानिसहरुको रक्त परीक्षण, सासलाई नियन्त्रण गर्ने क्षमता र अन्य शारीरिक परीक्षणमा पनि केन्द्रीत गरिँदैछ ।

१२ अप्रिल सन् १९६१ मा सोभियत एस्ट्रोनट युरी गागरिन अन्तरिक्षमा पुग्ने पहिलो व्यक्ति बनेका थिए । त्यसको करिब ६० वर्षपछि आज मानिस अन्तरिक्ष यात्रा र पर्यटन गर्न सक्षम भएको छ ।

 


प्रकाशित मिति: सोमवार, श्रावण २, २०७९, ०४:३९:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी प्रजातिका सर्प र भ्यागुताले विश्वलाई अर्बौं डलरको हानी गरिररहेकाे अनुसन्धानकाे खुलासा
अनुपम खगोलीय घटना : आकाशमा पाँच ग्रह र चन्द्रमा एउटै लहरमा
अब यस्ता प्रयोगकर्ताले ट्विटर चलाउन पैसा तिर्नुपर्ने
वैज्ञानिकले भेटे विशाल दाँत, के को होला ?
ताजा समाचार
दोश्रो दिन कञ्चनमा ८ सय १५ जनाले फाइजरको दोश्रो डोज लगाए सोमवार, श्रावण २३, २०७९
नागरिकता दिने नीति खुकुलो भए देशको सार्वभौमिकता कमजोर हुने
सरकारले आदिवासी, जनजातिको हितका लागि महत्वपूर्ण काम गर्दै आएको प्रधानमन्त्री देउवाको भनाई
दक्षिण कोरियामा कोरोना सङ्क्रमित घटे
फिल्म ‘मासूम सवाल’विरुद्ध उजुरी दर्ता
कञ्चनमा एस ई ई नतिजामाथी समिक्षा
हेटौंडामा ४ वटा सवारी साधन एकआपसमा ठोक्किए, एक दर्जन बढी घाइते
कोभिडका कारण चीनको हवाइमा ८० हजार पर्यटक फसे
थप ९३४ जनामा कोरोना संक्रमण, १ को मृत्यु
स्वास्थ्य
अव हरेक महिना टाईफाइड बिरुद्धको खोप स्थानीय स्वास्थ्य केन्द्रहरुबाट कञ्चन खवर
थप ३३ जनामा कोरोना सङ्क्रमण, ८९ जना निको कञ्चन खवर
कोरोनाभाइरसको नयाँ ‘रिकम्बिनेन्ट’ भेरियन्ट फेला : डब्लूएचओ कञ्चन खवर
पत्रपत्रिकाबाट
अचम्मको कुरा डोल्पामा अझै पनि जेठो दाइले बिहे गरेपछि सबै भाइको पनि साझा श्रीमती बुधवार, भदौ १०, २०७७
समाजवादी व्यवस्थाको अपरिहार्यता पुष्टि हुँदै आइतवार, चैत्र २३, २०७६
जतिबेला चीन काेराेना महामारीसँग लडिरहेको थियो, तेस्बेला युरोप र अमेरिका ठट्टा गर्दैथिए बुधवार, चैत्र १२, २०७६
शुभकामना
जसपा नेपाल लुम्बिनी प्रदेशद्वारा दशैं, शुभ दिपावली तथा छठ पर्वको शुभकामना व्यक्त शुक्रवार, आश्विन २९, २०७८
विजयनगर गाउपालिकाका अध्यक्ष गोपाल थापाद्धारा शुभकामना ब्यक्त शुक्रवार, आश्विन २९, २०७८
कञ्चन गाउपालिकाका उपाध्यक्ष तरामुद्धारा शुभकामना शुक्रवार, आश्विन २९, २०७८
साहित्य
तिम्रो साथ पाईयो जिन्दगीको.......................
कविता
यो दिलबाट मैले तिमीलाई....
सम्पर्क ठेगाना

डिजिटल अनलाइन पत्रिका कञ्चन खवरका लागि

प्रधान कार्यालय
कञ्चन सूचना तथा संचार केन्द्र
कञ्चन-४,अस्नैया,रुपन्देही
द्धारा संचालित
कञ्चन खवर

प्रधान सम्पादक :

जगिलाल थापा

सम्पादक :

तारा पौडेल

ठेगाना:

कञ्चन-४,अस्नैया,रुपन्देही

सम्पर्क:

+९७७-९८५७०३११२० र ९८०४४१४४०८

कम्पनी दर्ता :

२२७७८२/०७६/०७७

सूचना विभाग दर्ता :

२८७९/२०७८/७९

ईमेल:

[email protected]
हाम्रो बारेमा समृद्ध नेपाल,खुशी नेपालीका लागि सूचना र संचारको पहुच हरेक नागरिकमा पुर्याई सामाजिक, आर्थिक, नैतिक, राजनैतिक, शैक्षिक, सांस्कृतिक शसक्तिकरण गर्न,देश र जनता प्रति उत्तरदायी बनाई देशभक्त नागरिक बनाउन कञ्चन सूचना तथा संचार केन्द्र द्वारा संचालित अनलाइन डिजिटल पत्रिका कञ्चन खवर डटकम (Kanchankhabar.com) हो। यस अनलाईन पत्रिका मार्फत राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका राजनैतिक, आर्थिक, खेलकुद, कृषि, शिक्षा, उत्पादन, सामाजिक र बिज्ञान , प्रबृद्धि लगायतका खोजमुलक समाचार प्रकाशन र प्रसारण हुनेछ।
मेनु
  • समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • राजनीति
  • कृषि
  • आर्थिक
  • शिक्षा
  • अन्य
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • हाम्रो टीम
फेसबुक पेज
Nagarik Online Patrika
©Kanchan Khabar-2022 All rights reserved.
Site by: SoftNEP
Notifications
New
एक सय भेडा चराउने दस वर्षीय यमराज भन्छन्-अब पढ्न जादिनँ 2 mins ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago
Earlier
सिन्डिकेटको समर्थनमा ट्याङ्कर व्यवसायी, इन्धन ढुवानी ठप्प पार्ने चेतावनी 40 mins ago
सिन्डिकेट हटाएको विरोधमा यातायात व्यवसायीले देशव्यापी आन्दोलन गर्ने 1hr ago
चौथो खेलबाट मुम्बई इन्डियन्सको पहिलो जित, बैंलोर पराजित 2hrs ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago